केन्द्रीकृत व्यवस्थापन तथा अनुगमन सूचना प्रणालीबारे तालिम सम्पन्न

0
504

पाल्पा । रुरुक्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको आयोजना र शसक्तिकरण विकास नेपाल पाल्पाको सहजीकरणमा रुरु क्षेत्र गाउँपालिका अन्तरगतका कर्मचारी तथा विद्यालयका शिक्षक कर्मचारीहरुका लागि केन्द्रीकृत व्यवस्थापन तथा अनुगमन सूचना प्रणालीको २ दिने प्रशिक्षक सिकाई तालिम तानसेनमा सम्पन्न भएको छ । नवपवर्तन साझेदारी कोष अन्तरगत प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम एलजिसिडिपि कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गरिएको हो ।

यसअघिको उद्घाटन गर्दै रुरु क्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मीनादेवी गौतमले यसप्रकारको तालिमका सहभागीहरुले उचित ज्ञान लिँदै उक्त ज्ञान आफ्नो कार्यस्थलका अन्य सहकर्मीहरुलाई समेत सिकाउँदै बिद्यालयहरुलाई प्रविधि मैत्री बनाउने गरि लाग्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय हरेक कुरामा प्रविधिको उपयोग हुँदै आएकोमा विद्यालयहरुमा पनि प्रविधिको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले रुरु क्षेत्र गाउँपालिका भित्रका विद्यालयमा अव क्रमशः प्रविधिको उपयोग गर्दै विद्यालयको अवस्था, शैक्षिक उपलब्धी सहित विद्यार्थी र शिक्षकहरुको विवरण समेत सफ्टवेयरमा राख्ने गरि यो कार्यक्रमको परिकल्पना गरिएको बताउनुभयो ।

तालिममा मोहन खरेल र सुविन पियाले सशजीकरण गर्नुभएको थियो । तालिममा गाउँपालिकाका प्राविधिक कर्मचारी, रुरु क्षेत्र गाउँपालिका अन्तरगतका माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा लेखापाल, रुरु क्षेत्र गाउँपालिकाका आइटी सहजकर्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संस्थाका अध्यक्ष एन्जिना खनालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here