रम्भा गाउँपालिकाले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृति दियो

0
265

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले पहिलो पटक श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । बिहीवार रम्भा ४ हुमिनका राम बहादुर सुर्यवंशीले मलेसिया जानका लागि पालिकाबाटै श्रम स्वीकृति लिनुभएको छ ।

श्रम स्वीकृतिका लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्छ । पुरानो श्रम स्वीकृति, राहदानी, कार्डलगायत कागजपत्र अनलाइनमा प्रविष्ट गर्नुपर्छ । यसरी श्रम स्वीकृति लिन व्यक्तिको १४ लाखसम्मको साढे दुई वर्षको बीमा पनि हुन्छ ।

पालिकाले स्थानीय तहमै श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । यसले हजारौँ रकम खर्च गरी काठमाडौँ पुगेर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही सुर्यवंशीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले श्रम स्वीकृति फारम सेवाग्राही सुर्यवंशीलाई हस्तान्तरण गर्नुभएको थियो ।

गत चैत १६ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here