Site icon PALPA SAMACHAR

तानसेनमा १ दिने बृत्ति विकास तथा रोजगार मेला सम्पन्न

पाल्पा । तानसेनमा शुक्रवार एक दिने बृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । तानसेन नगरपालिका वडा नंं ४ मखनटोल दरवार क्षेत्रमा भएको मेलामा २८ वटा स्टलहरुबाट रोजगारी तथा सिपमुलक तालिमबारे जानकारी गराइएको थियो ।

तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पुर्व उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री एवम प्रदेशसभा सदस्य वीर बहादुर रानाले नगरपालिकाले तानसेन नगर भित्र रहेका बेरोजगार युवाहरुलाई रोजगार मेलाले रोजगारी प्रदान गर्ने,आवश्यक सीप तथा प्रविधिमा सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कर्म गर्न खोज्ने युवा शक्तिलाई स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन मेलाबाट सहयोग पुग्ने बताउनुभयो । तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले क्षमता र सीप भएर बेरोजगार भएका र सिप क्षमता बढाएर रोजगारी गर्न चाहेका दुबै थरी जनशक्तिको लागी रोजगार मेला बाट समेटिने बताउनुभयो ।

हेल्भेटास इनसियोर लुम्विनी प्रदेश संयोजक निर्मला मैनालीले संस्थाले लुम्बिनी प्रदेशमा ५ हजार युवालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य लिएर प्रदेशका ११ वटा नगरपालिकामा काम गर्दै आएको बताउनुभयो । होटल तथा रेष्टुरेन्ट व्यवस्थायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा मेलाले रोजगार लिने र दिने दुवैपक्ष लाई फाईदा पुगेको बताउनुभयो । कार्यक्रम रोजगार मेला उप समितीका संयोजक प्रदिप खनालले मेलाको उद्देश्य, अवधारण, हालको अवस्था बारे जानकारी गराएका थिए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता र विन्दु थापाको संचालनमा भएको थियो ।

मेलाकै अवसरमा ३ जनाले रोजगारी प्राप्त गरेका छन् । सहभागी संस्थाहरुले ३ जनालाई आफ्नो क्षमताको आधारमा रोजगारी प्रदान गरेका हुन् । मेलामा ३ सय बढी रोजगारीका लागि विभिन्न संस्था र प्रतिष्ठानमा सुचिकृत भएका छन् भने तालिमका लागि १ सय ४५ जनाले फर्म भरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताउनुभयो । मेलामा नाटा पाल्पा अन्र्तगत फ्लाई तानसेनले एक जना र पाल्पा टुर एण्ड ट्राभलले २ जनालाई रोजगारी दिएको जनाएको छ ।

Exit mobile version