• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

पढ्दै तरकारी फलाउँदै रम्भाका विद्यार्थी

palpasamachar by palpasamachar
May 30, 2023
in शीर्ष समाचार
0
पढ्दै तरकारी फलाउँदै रम्भाका विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । रम्भा गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग करेसावारी कार्यक्रम प्रभावकारी भएको छ । रम्भाको यो अभ्यास जिल्लामै नौलो हो । यो कार्यक्रम अन्तरगत गाउँपालिकाले विद्यालयलाई विभिन्न तरकारी बालीहरुको बिउबिजन उपलब्ध गराउछ र विद्यालय मार्फत विद्यार्थीहरुलाई बिउ वितरण गरिन्छ ।

विद्यार्थीहरुले खाली समयको सदुपयोग गर्दै घरमा करेसाबारी तयार गर्छन् र त्यसको अनुगमन विद्यालय र पालिकाले गरि परीक्षाको प्राक्टिल बापतको नम्वर दिइन्छ । चालु आर्थिक वर्षको विद्यार्थीसँग करेसावारी कार्यक्रममा बिनियोजित बजेटबाट गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बिभिन्न ९ प्रकारका तरकारीहरुको बिउबिजन वितरण गरिएको छ । यो वर्ष गाउँपालिकाले बिद्यार्थीहरुलाई ९ प्रकारका तरकारी बालीको बिउ उपलब्ध गराएको छ । फर्सी, करेला, घिरौला, सिम्ला, लौका, सिमी, काक्रा, भिण्डी, बोडीको बिउ विद्यार्थीहरुलाई उपलब्ध गराइएको हो ।

यस वर्ष गाउँपालिकाबाट उक्त कार्यक्रमका लागि ६ लाख रुपैया बिनियोजन गरिएकोमा प्रक्रियागत रुपमा ५ लाख १० हजार रुपैयाको जम्मा १ सय २७ केजी बिउलाई जम्मा २ हजार ४ प्याकेटमा बनाई बितरण गरिएको गाउँपालिकाका लेखापाल डोलराज बस्यालले बताउनुभयो । बिउ खरिद मालुङ्गा एग्रोभेट मार्फत गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रम रम्भा गाउँपालिकाभित्रका १६ वटा विद्यालयमा सञ्चालन गरिएको छ । गाउँपालिकाले बिउ खरिद गर्नुअघि निर्यातकर्ताले उपलब्ध गराएको सेम्पल बिउ जनकल्याण माविमा रहेको कृषि नर्सरीमा उमारेर हेरेपछि मात्रै खरिद गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो । “यसले एकातिर विद्यार्थी र अभिभावकहरुमा श्रमप्रतिको आस्था बढाउँछ भने अर्को पोषिलो तरकारी सहितको खाना सबै बिद्यार्थी अभिभावकले खाने वातावरण बन्छ ।” अधयक्ष भण्डारीले भन्नुभयो ।
अध्यक्ष भण्डारीले बिद्यार्थीहरुमा पढाईसँगै उद्यमशीलताको मनोविज्ञान बनाउने उद्देश्यले पालिकाले यो कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले अव परीक्षा पछि विद्यार्थीहरुले घरघरमा करेसावारी तयार गर्ने र त्यही करेसावारीको अवलोकन गरिसकेपछि आगामी प्रथम त्रैमासिक परीक्षामा विद्यार्थीहरुले प्राक्टिकल नम्वर पाउने बताउनुभयो ।

गाउँपालिकाले बिउ खरिद गर्नुअघि बिउको उमारशक्तिको परीक्षण गर्नका लागि जनकल्याण माविका कृषि प्रशिक्षक लक्ष्मण पाण्डेलाई जिम्मेवारी दिएको थियो । प्रशिक्षक पाण्डेले बिउको राम्रो उमारशक्ति व्यवहारिक रुपमा हेरेपछि मात्रै खरिदका लागि गाउँपालिकालाई सिफारिस गरिएको बताउनुभयो ।

विद्यार्थीहरुलाई घरमा लगेर नर्सरी राख्ने, तरकारीको बिरुवा लगाउने लगायतको विषयमा कुनै समस्या रहेमा वडा वडामा रहेका कृषि प्राविधिकहरुले सहयोग गर्नेछन् । त्यस्तै जनकल्याण माविमा कृषि सम्वन्धी पनि पढाई हुने भएकोले त्यहाँका प्रशिक्षकहरुले पनि सहयोग गर्नेछन् । रम्भा गाउँपालिकाकी कृषि शाखा प्रमुख पुजा गुरुङले कुनै समस्या भएमा वा प्राविधिक सहयोग गर्नुपरेमा कृषि शाखा र कृषि प्राविधिकहरु जतिबेला पनि विद्यार्थी र अभिभावकहरुलाई सहयोगका लागि तयार रहेको बताउनुभयो ।

रम्भा गाउँपालिकाकी शिक्षा शाखा संयोजक मिनादेवी आचार्यले यो कार्यक्रम अघिल्लो वर्ष पनि प्रभावकारी रहेको बताउनुभयो । उहाँले यो कार्यक्रमबाट विद्यार्थी र अभिभावकहरू दुवै पक्ष लाभान्वित हुने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ रानाले यो कार्यक्रम जिल्लामै नौलो भएको बताउनुभयो । रम्भा गाउँपालिकाले यसअघि गाउँपालिका भित्रका बिद्यालयका विद्यार्थीहरुको दुर्घटना वीमा समेत गरिसकेको छ ।

 

Previous Post

माथागढीका विकास योजना प्रभावकारी रुपमा चल्दै

Next Post

पाल्पामा ४ जनाले पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्यागे

palpasamachar

palpasamachar

Next Post
पाल्पामा ४ जनाले पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्यागे

पाल्पामा ४ जनाले पत्रकार महासंघको सदस्यता स्वेच्छिक रुपमा त्यागे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version