• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 31, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन सम्पादकीय

बसाइसराई कसरी रोक्ने

palpasamachar by palpasamachar
May 31, 2023
in सम्पादकीय
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय सरकारको रुपमा गाउँपालिका र नगरपालिकाहरू स्थापित भएपछि गाउँमा पनि चहलपहल बढ्छ भन्ने धेरैको बुझाई थियो । स्थानीय सरकारले नीतिगत रुपमा बसाइसराईका लागि कुनै ठोस् पहल गर्लान् भन्ने आशा पनि थियो तर त्यसो हुन सकेन । स्थानीय सरकार कार्यान्वयनको झण्डै ७ वर्ष लागिसक्यो तर बसाइसराईको दर बढ्दै गएको छ । पछिल्लो जनसाङ्खिक विवरणले पनि पाल्पाका गाउँपालिकाहरुको जनसंख्याको घट्दो दरलाई प्रष्ट देखाएको छ । यही अनुपातमा बसाइसराई हुने हो भने गाउ रित्तिन बेर लाग्दैन । हाम्रै जिल्लाको निस्दी गाउँपालिकामा २०६८ सालमा २२ हजार ६ सय ८१ जनसंख्या थियो । जुन २०७८ सालमा घटेर १७ हजार ६२९ आइपुग्यो । यसले वृद्धिदर माइनस २.३९ हो । तथ्याङ्क अनुसार १० वर्षको अवधिमा निस्दी, बगनासकाली, पूर्वखोला, रम्भा, रिब्दीकोट, तिनाउ“, माथागढीमा पनि जनसंख्या घटेको छ ।

यसरी जनसंख्या घट्नुका धेरै कारण छन् । जसमध्ये प्रमुख कारण बसाइसराई नै हो । नेपालमा त्यसमा पनि गाउँमै उद्यमशील बन्ने अवस्था रहेन । युवाहरू कामको खोजीमा विदेश जाने र श्रीमति छोराछोरीलाई अध्ययनका लागि बजार वा मधेश तिर लैजाने क्रम बढ्दो छ । यसकारण पनि ग्रामीण क्षेत्रको जनसंख्या बर्षेनी घट्दै जान्छ । गाउँका अधिकांश घरहरू रित्ता देखिन्छन् । धेरै घर जीर्ण भइसकेका छन् । कतिपय रहेका घरमा बुढाबुढी मात्रै छन् । यो अधिकाशं ग्रामीण क्षेत्रको समस्या हो । बसाइसराई किन बढ्यो भन्ने विषयमा स्थानीय सरकारहरुको खास ध्यान गएको छैन । उनीहरुमा बसाइसराई रोक्ने उपायबारे सोंच र छलफल समेत छैन । भौतिक तथा मानवीय विकास खोज्दै पहाडी क्षेत्र छोडेर तराई झर्नेहरुको संख्या बढ्दो छ । तराईमा मानव बस्ती बाक्लो हुँदै गर्दा पहाडी ग्रामीण क्षेत्रमा बस्ती पातलो भई मानव चहलपहल शून्य हुने अवस्थामा पुग्दैछ ।

नेपालमै रहेर त्यसमा पनि आफ्नै गाउ ठाउमा रहेर उद्यम गर्ने, खेती किसानीबाट जीवनी चलाउने विषयमा धेरै युवाहरुको चासो छैन । बैदेशिक क्षेत्रले उनीहरुलाई आकर्षित गराइरहेको छ । नेपालमै केही गर्छु भन्ने मान्यता राखिरहेकाहरुको पनि छिनछिनमा विचार परिवर्तन हुने गरेको छ । बैदेशिक रोजगारीमा युवाको आकर्षण बढ्नुको कारण पनि यही हो । त्यसकारण पनि बसाइसराईको दर बढेको हो । अर्कोतर्फ गाउँमा बसेर काम गर्ने सहज अवस्था नै छैन । किसानले बैंकबाट सस्तो दरमा ऋण सहज रुपमा ऋण पाएका छैनन् । सरकार गैरसरकारी निकायको सहयोगबाट पनि खास काम गर्नेहरू भन्दा फाइल मिलाउनेहरू बढी लाभान्वित हुन्छन् । जंगली जनावरहरुको उस्तै समस्या छ । त्यसकारण पनि मानिसहरू गाउँ छोड्न बाध्य छन् । उचित शिक्षा र रोजगारीको अवसर पनि बसाइसराईको मुख्य कारण हो । अव साच्चै गाउको विकास गर्ने संकल्प हो भने स्थानीय सरकारले कसरी बसाइसराई न्युनीकरण गर्ने भन्नेबारे ठोस् योजना बनाउनु आवश्यक छ । यस्तै चाल हो भने मान्छे नै नभएपछि कसका लागि राजनीति गर्ने भन्ने दिन नआउला भन्न सकिन्न ।
पाल्पा समाचारपत्र वर्ष १२ अंक ३७ सम्पादकीय

Previous Post

पूरा नहुँदै जीर्ण बन्ने स्थितिमा तानसेन डबली

Next Post

जनतासँग बगनासकालीः यस्ता छन् खानीछापका योजना र प्रगति

palpasamachar

palpasamachar

Next Post
जनतासँग बगनासकालीः यस्ता छन् खानीछापका योजना र प्रगति

जनतासँग बगनासकालीः यस्ता छन् खानीछापका योजना र प्रगति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version