• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

३ सय ७५ जना युवालाई स्वरोजगार बनाउँदै माथागढी

palpasamachar by palpasamachar
June 2, 2023
in अन्य, शीर्ष समाचार
0
३ सय ७५ जना युवालाई स्वरोजगार बनाउँदै माथागढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । माथागढी गाउँपालिकामा कृषि तथा उद्यमशीलतामा आधारित नवप्रवर्तन कार्यक्रम प्रभावकारी रुपमा संचालन हुँदै आएको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत बेरोजगार युवासँग नवप्रवर्तन कार्यक्रम हाल पाल्पा जिल्लामा माथागढी गाउँपालिकामा मात्र संचालन रहेको छ । यो कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा नवप्रवर्तन साझेदारी कोष मार्फत यो कार्यक्रम संचालन हुँदै आएको छ । २०७९ बैशाखबाट सुरू भएको यो कार्यक्रमले पालिका भित्रका ३ सय ७५ जना युवालाई तालिम र प्रविधि हस्तान्तरण सहित उद्यमशील बनाउने उद्देश्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।

यो कार्यक्रम अन्तरगत तालिममा सहभागी युवाहरुलाई तालिममा सहभागी भएवापत प्रमाणपत्र मात्रै नभएर तालिम अनुसारको व्यवसाय गर्नका लागि आवश्यक प्रविधि पनि हस्तान्तरण गरि उनीहरुलाई व्यवसायिक बनाउने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

सम्पन्न कार्यक्रमहरूः
यो कार्यक्रम अन्तरगत गाउँपालिका स्तरीय १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको थियो । जुन कार्यक्रममा १ सय १ जनाको सहभागिता रहेको थियो । त्यस्तै पालिका भित्रका ८ वटै वडाहरुमा ५०० घरहरुमा घरधुरी सर्वेक्षण गरिएको थियो । त्यस्तै पालिकाका सबै वडाका गरि ३ सय ७५ जनालाई ५,५ दिनको उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको
थियो ।

गाउँपालिकाको वडा नं. २ रुप्से, वडा नं. ७ गोठादी र वडा नं. ७ मटेरीमा १५ दिनको व्यवसायिक तरकारी खेती तालिम संचालन गरिएको थियो । जसमा ६० जनाको सहभागिता रहेको थियो । वडा नं. ४ देउगीरमा २५ जना सहभागी रहेको २ महिने कार्यस्थल तालिम सहित ६ महिने सिलाई कटाइृ सम्बन्धी एडभान्स तालिम संचालन गरिएको छ । त्यस्तै सोही तालिमका सहभागीहरुलाई व्यवसायिक सिलाई कटाई संचालनको लागि प्रविधि हस्तान्तरण गरिएको छ । त्यस्तै वडा नं. ३ सराईमा १६ जनाको सहभागितामा ३ महिने व्यवसायिक व्युटिपार्लर सम्वन्धी एड्भान्स तालिम सम्पन्न भएको छ । यो तालिमका सहभागीहरुलाई प्रतिव्यक्ति झण्डै ६० हजार रुपैयाँ बरावरको प्रविधि हस्तान्तरण कार्य पनि सम्पन्न भएको छ ।

प्रक्रियामा रहेका कार्यक्रमहरूः
यो कार्यक्रम अन्तरगत केही कार्यक्रमहरू तय भएर पनि संचालनको पक्रियामा रहेका छन् । करिव ९० जनाको सहभागिता रहनेगरि संचालन गर्न लागिएको मसला प्रशोधन एवम् प्याकेजिङ तालिम संचालनको प्रक्रियामा रहेको छ । त्यस्तै तालिम पश्चात व्यवसायिक मसला उद्योग संचालनको योजना पनि रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो । त्यस्तै ५० जनाको सहभागितामा गर्न लागिएको व्यवसायिक दुनाटपरी तालिमको पनि संचालन तयारी गरिएको छ । यसको लागि आवश्यक प्रविधि ल्याउने कार्य अन्तिम चरणमा रहेको र छिटै तालिम संचालन हुने ज्ञवालीले बताउनुभयो ।

त्यस्तै दुनाटपरी बनाउने तालिम सम्पन्न भएपश्चात सहभागीहरुलाई प्रविधि हस्तान्तरणको कार्यक्रम पनि रहेको छ । त्यस्तै किसानहरुको सबैभन्दा बढी माग रहेको व्यवसायिक मौरी पालन सम्वन्धी तालिम पनि यो कार्यक्रम अन्तरगत संचालनको तयारी गरिएको छ । तालिममा १ सय ३४ जनाको सहभागिता रहने र तालिमका सहभागीहरुलाई तालिम पश्चात प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै यससम्वन्धी रेडियो कार्यक्रम संचालन तानसेन स्थित रेडियो कुटुम्बबाट संचालन हुदै आएको छ । यो कार्यक्रम अन्तरगत हरेक हप्ताको २ दिन सोमवार र बिहीवार यो कार्यक्रमको प्रभाव सहितको रेडियो कार्यक्रम संचालन हुदै आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

 

Previous Post

रम्भा बिशेषः यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम

Next Post

सामुदायिक वनमा चिया बगान बनाउन सम्भाव्यता खोज्दै चापपानी

palpasamachar

palpasamachar

Next Post
सामुदायिक वनमा चिया बगान बनाउन सम्भाव्यता खोज्दै चापपानी

सामुदायिक वनमा चिया बगान बनाउन सम्भाव्यता खोज्दै चापपानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025

Recent News

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version