• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home बिचार

कृषि क्षेत्रको प्रवर्धन रिब्दीकोटको प्रमुख प्राथमिकताः कार्की

palpasamachar by palpasamachar
June 2, 2023
in बिचार
0
कृषि क्षेत्रको प्रवर्धन रिब्दीकोटको प्रमुख प्राथमिकताः कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
नारायण बहादुर कार्की
अध्यक्ष रिब्दीकोट गाउँपालिका, पाल्पा
रिब्दीकोट गाउँपालिका आफैमा पनि प्राकृतिक हिसावले सम्पन्न छ । म आफु स्वयम् पनि बिशुद्ध सामाजिक विकासको हेतुले राजनीति र गाउँपालिका अध्यक्षको रुपमा आएको हुँ । यो कार्यकालमा समृद्ध रिब्दीकोटको परिकल्पनालाई साकार पार्न  लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
कृषिमा प्रमुख प्राथमिकताः
रिब्दीकोट गाउँपालिका आफैमा पनि कृषिका लागि सम्भावना रहेको क्षेत्र भएकोले पालिकाले पनि आफ्नो नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यहाको सबैभन्दा ठूलो सम्भावना कृषि नै हो । बजेटको धेरै हिस्सा पनि कृषिमै छ । अकबरे खुर्सानीबाट यहाँका धेरै किसान आत्मनिर्भर भएका छन् । रिब्दीकोट गाउँपालिका भनेर अन्यत्र परिचय जनाउँदा पनि धेरैले अकबरे खुर्सानी हुने ठाउँ भनेर चिन्ने गरेको पाइन्छ ।
अकबरे खुर्सानीको प्रवर्धन गर्दै बेसार खेती गर्न चाहनेहरुका लागि प्रति रोपनीमा बेसार लगाउँदा जति खर्च हुन्छ त्यसको ५० प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने गरि लागिपरेका छौं । अहिलेसम्म ५ सय रोपनी जग्गामा बेसार खेती गर्न चाहने किसानहरुको लिस्ट तयार भएको छ ।  यो वर्ष अकबरे खुर्सानीबाट ढाई करोड र बेसार खेतीबाट देढ करोडसम्म आम्दानी हुने बिश्वास लिइएको छ । रिब्दीकोट गाउँपालिकाका साविकका ७२ वटा वडामा प्रत्येक वडामा एक जना नमुना किसान छनौट गरि उसलाई पालिकाले १ लाख रुपैयाँ दिने र किसानको १ लाख गरि लाभग्राही किसानलाई नमुना कृषकको रुपमा अगाडि बढाउने योजना रहेको छ । यस कार्यक्रममा सहभागी हुन अहिले २ सय जना बढी किसानले निवेदन दिनुभएको छ । एउटा निश्चित मापदण्ड बनाएर किसानको छनौट गरि कार्यान्वयन हुनेछ ।
त्यस्तै अहिले कायम रहेका ८ वडामा एउटा वडामा एक जना नमुना किसान बनाउने कार्यक्रम पनि छ । यसमा किसान र सहकारीहरु पनि सहभागी हुन पाउनेछन् । यस कार्यक्रममा सहभागी हुनका लागि पनि ५० जनाको निवेदन परेको छ । यो बर्ष ७२ हजार केजी आलुको बिउ ५० प्रतिशत अनुदानमा किसानहरुलाई बितरण गरिएको छ । यसको उत्पादन ५ गुणाले बढ्यो । यसबाटै धेरै किसानले राम्रो आम्दानी लिनुभयो । पशुपालनका कार्यक्रममा पनि किसानलाई टेवा दिएका छौं । यस क्षेत्रका किसानले सुन्तला र टमाटरबाट पनि मनग्ये आम्दानी लिदै आउनुभएको छ ।
पालिकाले किसानको साथमा स्थानीय सरकार छ भन्ने कुराको महसुस गराएको छ । समय समयमा बिउबिजन तथा प्राविधिक सामाग्रीहरू बितरण गर्दै आएको छ । कृषिमा आधुनिकीकरणमा बिशेष जोड दिएका छौं । आवश्यक औजार उकरण पनि माग अनुसार वितरण हुदै आएको छ । अकबरे, खुर्सानी, सुन्तलाजातका फलफुल, टमाटर, मासुजन्य पदार्थ, दुध विभिन्न प्रकारका तरकारी लगायतका क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर भई बार्षिक करोडौं रुपैयाँको निर्यात गरेको गाउँपालिकाले कृषिमा युवा प्रोत्साहन, एकल महिला प्रोत्साहन जस्ता, उत्पादनमा आधारित अनुदान जस्ता विभिन्न गतिविधीले गाउँपालिकाको कृषि क्षेत्रको अवस्था दिन प्रतिदिन फष्टाउदै गएको छ । अखबरे खुर्सानीमा ४० लाख र बेसार उत्पादनमा ४० लाख रुपैयाँ विनियोजन भएकोमा उक्त क्षेत्रको विकासमा पनि धमाधम काम भइरहेको छ । नेपालमै रहेर काम गर्न चाहने युवाहरुलाई विशेष प्रोत्साहन गर्दै स्वदेशमै आत्मनिर्भर बनाउनेमा हाम्रो दृढ संकल्प छ ।
शिक्षा, लक्षित वर्ग
रिब्दीकोट गाउँपालिकाले शिक्षा क्षेत्रलाई समय सापेक्ष अगाडि बढाउँदै आएको छ । विद्यालय शिक्षादेखि नै बालबालिकालाई सामाजिक तथा व्यवसायिक बनाउने हेतुले पालिकाले बिशेष कार्यक्रम बनाउदैछ । यसबारे हामीले प्रधानाध्यापकहरुसँग सल्लाह गरिरहेका छौं । लक्षित वर्ग अन्तरगत पनि सबै लक्षित वर्गका लागि बजेट बिनियोजन गरि उनीहरुकै माग बमोजिम कार्यक्रम सञ्चालन गरिएको छ ।
स्वास्थ्यः
म आफै पनि स्वास्थ्य क्षेत्रबाट जनप्रतिनिधिहरुको रुपमा आएकोले पनि यहाँको स्वास्थ्य क्षेत्रको प्रवर्धनमा विशेष जोड नै दिएका छौ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि महत्व दिएको छ । हरेक १५ दिनमा खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको शिविर चल्दै आएको छ । केन्द्रका लागि थप आवश्यक भएका उपकरणहरू समेत बिस्तारै थप गर्दै जाने योजना छ  । केन्द्रमा समयको माग अनुसार डिजिटल एक्सरे, आधुनिक ल्याव सेवा, थाइराइड परीक्षण मेसिन लगायतका उपकरण माग भएको छ, बिस्तारै व्यवस्थापन गर्दै जानेछौं । यो सँगै अन्य स्वास्थ्य चौकी र इकाईहरुलाई पनि समय सापेक्ष थप प्रभावकारी बनाउदै लगिनेछ ।
जनताले अझ प्रभावकारी सेवा गाउघरमै पाउन भन्ने उद्देश्यले रोटरी क्लवसँगको सहकार्यमा गत चैत १८ गते रिब्दीकोट गाउपालिका ७ बतासे स्थित कालिका माविमा विभिन्न विषयसँग सम्वन्धित डाक्टरहरुको साथमा बृहत स्वास्थ्य शिविर संचालन गरिएको थियो । जसबाट झण्डै ६ सय नागरिकले लाभ लिनुभयो । “म बनाउछु मेरो रिब्दीकोट अभियान” हामी जनप्रतिनिधिको रुपमा आएपछि संचालन गरेका छौ । यो कार्यक्रम अन्तरगत शिविर सहित विभिन्न उपयोगी कार्यक्रम हुदै आएका छन् ।
भौतिक प्रगतिः
मोटरबाटोः
मोटरबाटोका हिसावले सबै वडासम्म पुग्न ट्रयाक खन्ने काम भएको छ । सबै टोलसम्म बाटो पुगेको छ । वडा केन्द्रसम्म बाह्रै महिना गाडी चल्न सक्ने वातावरण छ । वर्षात्को समयमा धेरै बाटो बिग्रने र धेरै बजेट खर्च हुने गरेको छ । पालिका र वडाबाट हुने सबै योजनाहरुमा प्राविधिकले स्थलगत रुपबाटै ल्याएको स्टेमेट अनुसार नै काम हुने गरेको छ । यो कार्यकालमा सबै वडा केन्द्रसम्म पुग्ने बाटोलाई सकेसम्म कालोपत्रे गर्ने योजना छ ।
खानेपानी सिंचाई
१ घर १ धारा अभियान ९० प्रतिशत कार्य सम्पन्न भएको छ । अहिदे ४ वटा लिफिटङ योजना चल्दैछन् । यी योजना सम्पन्न भएपश्चात १ घर १ धारा कार्य लगभग पूरा हुन्छ । सिंचाईको लागि पाइप लगायत माग अनुसार स्थलगत अनुगमन गरि आवश्यकताको आधारमा किसानहरुलाई वितरण हुँदै आएको छ ।
चालु वर्षका योजना 
चालु आर्थिक बर्षका लागि छुट्याईएका लभग लभग सबै योजनाहरु सम्झौता भइसकेका छन् । चालु आर्थिक बर्षमा करिब चार सय योजनाहरु छनौट गरिएको छ । योजनाहरु धेरै छन् त्यसमा ठुला अलि धेरै समय लिने योजनाहरु कम रहेका छन् । ति दुई चार वटा ठुला योजना पनि समय मै सकिने खालका छन् । ती ठुला योजनाहरु बाहेक अन्य योजनाहरुमा सबै इमान्दार भएर काम गर्ने हो भने लागातार काम गर्ने हो भने एक महिना भित्र जति ढिलो गरे पनि सकिन्छ । हाल सम्म एक सय २५ वटा योजनाहरू सम्पन्न भई भुक्तानी पनि भैसकेको छ । विकास हाम्रै लागि भएकोले आमउपभोक्ता, ठेकेदार कम्पनीहरु पनि सचेत रुपमा लागेर गुणस्तरीय तथा समयमै कार्यसम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्ने छ । चालु आर्थिक बर्षमा आवश्यकताको आधारमा प्राथमिकता अनुसार योजनाहरू छनौट भई कार्यान्वयनमा ल्याएको छ ।  कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास जस्ता चौतर्फी योजनाहरू समेटिएको छ ।
पर्यटनः रिब्दीकोट अर्को महत्वपूर्ण सम्भावना भनेको यहाँको पर्यटन क्षेत्र पनि हो । पर्यटन क्षेत्रबाट पनि रिब्दीकोटबासीले राम्रो लाभ लिन सक्नेछन् । प्रशिद्ध भैरवस्थान मन्दिर, जलेश्व क्षेत्र, कालिका गढी, लगायत धेरै महत्व रहेका मठमन्दिर रहेका छन् । प्राकृतिक पर्यटनमा सबै वडाबाट हिमाल र धेरै वडाबाट तराईको समथर भुभाग पनि देखिन्छ । अत्याधिक रुपमा यसको प्रयोग गर्न सके यहाँ धेरै पर्यटन भित्र्याउन सक्ने सम्भावना छ ।
यहाँ आएका पर्यटकलाई यहाँ बस्ने वातावरण बनाउन होम स्टे होटल लगायत बनाउन सके पर्यटन क्षेत्र फस्टाउन सक्छ । यसका लागि पालिकाले पनि खास योजना बनाउनेछ । सेल्फीडा“डा, रिङिसङलेक, चुन्थाङडाँडा, ढुस्टुङ, कालिकागढी लगायतका ठाउँलाई थप व्यवस्थित बनाएर यहाँको पर्यटनलाई थप राम्रो बनाउने योजना पालिकाको छ । यहाँ बुटवलबाट आउँदा पनि डुम्रेबाट सिधै आउन सकिन्छ । त्यसैले पनि पर्यटकलाई थप सहज हुनेछ ।
हाम्रो कार्यपालिकामा अहिले ४ वटा राजनीतिक दलबाट निर्वाचनमा सहभागी भएका प्रतिनिधिहरु रहेका छौं । पालिकाको हक हीत र विकासका लागि सबै दल र प्रतिनिधिहरु एक जुट छौं । कर्मचारी जनप्रतिनिधि सम्बन्ध राम्रो छ । अन्तमा रिब्दीकोट गाउँपालिकालाई अझ राम्रो रुपमा अगाडि बढाउन र जनताले चाहे अनुसारको सेवा प्रवाहका लागि हामी प्रतिबद्ध छौं । पालिकालाई अझ कसरी अगाडि बढाउदा थप प्रभावकारी हुन्छ भन्नेबारे यहाँहरुको सुझाव सल्लाहको समेत अपेक्षा राख्दछु ।
(रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीसँगको कुरानकानीमा आधारित)
Previous Post

प्रविधि सहितको व्यवसायिक कृषिमा माथागढीको प्राथमिकता

Next Post

जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन्

palpasamachar

palpasamachar

Next Post
जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन्

जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version