बगनासकालीमा २ दिने स्थानीय स्रोत परिचालन तथा राजश्व तालिम सुरु

0
335

किरण रसाइली । बगनासकाली
बगनासकाली गाउँपालिकामा स्थानीय स्रोत परिचालन र राजश्व व्यवस्थापन सम्बन्धी २ दिने तालिम शुक्रवारबाट सुरु भएको छ ।

बगनासकाली गाउँपालिकाको आयोजना भएको तालिममा अर्थ विज्ञ तथा गाउँपालिका राष्ट्रिय महासंघका निर्देशक बिमल पोखरेल र बुटवल उपमहानगर पालिकाका बरिष्ठ अधिकृत दामोदर घिमिरेले सहजीकरण गर्नुभएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, प्रवक्ता टीका बहादुर थापाले यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा बगनासकाली गाउँपालिका सम्पूर्ण कर्मचारीहरु वडा अध्यक्ष कार्यपालिका सदस्यहरु लागयतको सहभागिता रहेको छ ।

तालिममा स्थानीय स्रोत साधनको पहिचान गरि ती साधनको अधिकतम प्रयोगवाट आन्तरिक आय कसरी बृद्धी गर्न सकिन्छ लगायतको विषयमा सहजीकरण गरिएको छ । तालिम शनिवार पनि चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here