बगनासकालीमा सिलाई र फलाम तताउने मेसिन हस्तान्तरण

0
428

किरण रसाइली । बगनासकाली
बगनासकाली गाउँपालिकाको आर्थिक सहयोग र दलित समन्वय समितिको बगनासकालीको आयोजनामा वडा नं २ पोखराथोकका ४ जना साना उद्यमीहरुलाई सिलाई मेसिन र फलाम तताउने मेसिन हस्तान्तरण गरिएको छ ।

स्थानीय उद्यमी मनोजकुमार नेपाली र आशा बिश्वकर्मालाई १, १ थान सिलाई मेसिन र बिष्णु बिश्वकर्मा र बिश्वनाथ बिश्वकर्मालाई १, १ थान आरनमा फलाम तताउने मेसिन वितरण गरिएको दलित समन्वय समिति पोखराथोककी संयोजक कल्पना रामदाम बिकले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले यसरी प्राप्त सामाग्रीहरुको उच्चतम उपयोग गर्दै सीपलाई आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो । उहाँले प्रविधिको विकाससँगै पेशा व्यवसायलाई पनि प्रविधिसँगै जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष हरिप्रसाद पाठक, गाउँपालिकाका प्रवक्ता टीका थापा, प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद लम्साल, कार्यपालिका सदस्य बोमलाल सुनार र दलित समन्वयकी अध्यक्ष सीता बि.क लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here