• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

जातीय विभेद अन्त्य गर्न अभियान चलाउन आवश्यक

palpasamachar by palpasamachar
June 6, 2023
in अन्य, स्थानीय समाचार
0
जातीय विभेद अन्त्य गर्न अभियान चलाउन आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन भएपनि समाजमा छुवाछूतका घटना नरोकिएकोले यसका प्रकारका हिंसा अन्त्य गर्न सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

तानसेन नगरपालिका, दलित महिला केन्द्र र द एसिया फाउण्डेसन लगायतका संस्थाहरुले जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा आयोजित अन्तरक्रियामा जातीय भेदभाव तथा छुवाछूलाई पूर्ण रुपमा अन्त्य गरी दलित समुदायलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्नूपर्नेमा जोडदिनुभएको थियो ।

२०६३ जेष्ठ २१ गते संविधानसभाबाट जातीय भेदभाव तथा छुवाछूत उन्मुलनका लागि छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको थियो । सोही अवसरमा हरेक वर्षको जेष्ठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस मनाइने गरिन्छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले कानूनी राज्यमा जातीय भेदभावका घटनाहरु एकपछि अर्को गरी पटक पटक घटनुले लोकतन्त्रमाथि नै प्रश्नचिन्ह सिर्जना भएको बताउनुभयो ।

उहाँले जातीय भेदभाव तथा छुवाछूतलाई कानूनी मान्यता दिइएको १९१० को राणाकालिन कानून अहिले अवैधानिक भएपनि नेपाली समाजमा छुवाछूतका घटना जस्ताको तेस्तै रहेको बताउनुभयो । ३५ सय वर्ष लामो जातीय विभेद, छुवाछूत र उत्पीडन दलित समुदायले कसरी सहन गरे होला ? अध्ययन र खोजीको विषय बनाएर अगाडि बढ्न स्थानीय तहका सरोकारवालाई उहाँले सुझाव दिनुभयो

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जातीय विभेद अन्त्यका लागि दलित र गैरदलितको आवाज एउटै हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको समयमा दलितको अधिकार समाजमा बस्ने सबैको अधिकार हो भन्ने बुझेर आवाज उठाउन तानसेन नगरपालिका सधै तयार रहेको बताउनुभयो । तानससेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिञ्जालीले जातीय विभेद निकै पुरानो बिषय भए पनि समुदायका मानिसलाई चेतना नआउँदा विभेद कायमै रहेको बताउनुभयो ।

पत्रकार तथा दलितअधिकारकर्मीले कृष्ण दर्नालले विभेद र छुवाछूतकै कारण दलित समुदायको आर्थिक, सामाजिक, राजनैतिक हौसियत राम्रो नभएको बताउनुभयो । उहाँले दलित समुदायको शसक्तिकरणका लागि स्थानीय सरकार र जनप्रतिनिधि नै जिम्मेवार हुन नसकेको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य मन्जु विक, दलित अधिकारकर्मी तीर्थ गौतम, पूर्व नगरप्रमुख अशोककुमार शाही लगायतले दलित समुदायलाई संविधानमा व्यवस्था गरिएका हक अधिकार कार्यान्वयन गर्न सबै पक्षले दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

Previous Post

रामपुर साहित्यिक प्रतिष्ष्ठानको आठौ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

Next Post

तानसेनमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न

palpasamachar

palpasamachar

Next Post
तानसेनमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न

तानसेनमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version