बगनासकालीमा नीति कार्यक्रम र बजेटबारे राय सुझाव संकलन

0
348

पाल्पा । बगनासकाली गाउँपालिकाकाे आर्थिक वर्ष २०८०,०८१ को नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने रायसुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाले राजनीतिक दल, सञ्चारकर्मी, शिक्षक संघ संगठनका प्रतिनिधि लगायत सरोकारवालाहरुसँग सुझाव संकलन गरेको हो । गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमको तयारी गरिरहेको र बजेट समेत बनाउँदै गरेको अवस्थामा कुन कुन विषयहरुलाई समावेश गर्दा थप प्रभावकारी हुन्छ भन्ने विषयमा केन्द्रीत रही यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बताउनुभयो ।

उहाँले गाउँपालिकाले अघिल्ला वर्षहरुमा पनि सरोकारवालाहरुकै सुझाव सल्लाह बमोजिम नीति कार्यक्रम र बजेट बनाउँदै आएको र बजेटको सही कार्यान्वयन हुँदै आएको बताउनुभयो । अध्यक्ष चिदीले नीति कार्यक्रममा के के विषय थप गर्दा राम्रो हुन्छ, बजेटमा कुन कुन विषय थप गर्दा राम्रो हुन्छ भन्ने विषयमा राय सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले असार १० गते अघि नै बजेट ल्याउने तयारी गरिरहेको बताउनुभयो । नीति कार्यक्रम र बजेट बनाउनका लागि सम्पुर्ण समितिका बैठकहरु सम्पन्न र लक्षित समूहका बैठकहरु पनि भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्यालले आवश्यकता र प्राथमिकीकरणको आधारमा बजेट बिनियोजन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका नेताहरु, पत्रकार, शिक्षक संघ संगठनका प्रतिनिधि लगायतले राय सुझाव सल्लाह दिनुभएको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बदीनाथ लम्सालले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here