गर्मी बढेपछि रामपुरका विद्यालय ५ दिनका लागि बन्द

0
276

 

पाल्पा । अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा ५ दिन विदा दिएको छ ।

गर्मीका कारण विद्यालय संचालनमा कठिनाइ भएकोले विदा दिएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाको जेठ २८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दै २०८० जेष्ठ २९ गते देखि असार १ गते सम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको हो ।

रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्ले द्धारा जारी सूचनामा हाल नेपालमा अत्याधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकामा पनि परेकोले विद्यालय सञ्चालनमा कठिनाई संगै विद्यार्थीको स्वास्थ्यमा असर परेको भनी विभिन्न विद्यालय, अभिभवक बाट गुनासो आएको तथा नेपाल विद्यार्थी संघ रामपुर पाल्पा र अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन रामपुर पाल्पाबाट समेत ज्ञापन आएको हँुदा बर्षेरहिउदे विदामा मिलान हुने गरी विदा दिइएको बताईएको छ ।

साथै शिक्षा शाखाले तातो हावा तथा लू बाट बच्न सतर्कताका सुझावहरु सम्प्रेषण गर्न विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here