बराङ्दीमा अचार बनाउने तालिम चल्दै

0
499

दयाराज न्यौपाने । पाल्पा
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुकालागि ७ दिने अचार बनाउने तालिम बराङ्दीमा बुधवारबाट सुरु भएको छ । सिप सिकौं स्वरोजगार बनौं भन्ने मुल नारा सहित घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आर्थिक सहयोगमा तालिम सुरु संचालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले अचार बनाउने तालिमलाइ सहि सदुपयोग गर्दै ब्यवसायिक बन्नु पर्ने बताउनुभयो । उहाँले बगनासकाली बहुउद्देश्यीय सहकारीले नमुना सहकारीको रुपमा रहेर काम गरेको बताउँदै पालिका सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बजारीकरणमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आर्थिक रूपमा निर्भर बनाउन अचार तलिम सहयोगी बन्ने बिश्वास उहाँले व्यक्त गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले तालिमलाई ब्यवसायिक रुपमा लैजाने योजना अनुरुप लागेको बताउँदै ब्यापारी हैन उद्यमी बन्नु महत्वपूर्ण रहेको बताउनुभयो । खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पा पाल्पाका प्रमुख नरेश श्रेष्ठले उपभोक्ताको हितको लागि अचार बन्नु पर्ने कुरामा जोड दिनुभयो । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरेर उद्धम बनाउन र बिदेश गएकालाई रोक्न सक्ने बनाउन लागि योजना अनुरुप काम गरेको बताउनुभयो ।

स्थापनाको ४ बर्षको समयमा संस्थाले दूध, कुरिलो, तरकारी , अकबरे खुर्सानी लगायतको उत्पादनको क्षेत्रमा पहिचान बनाएको छ । कार्यक्रममा उद्धम बिकास अधिकृत मनोज घिमिरे,नेपाल निजामती कर्मचारी संगठनका पुर्व केन्द्रीय अध्यक्ष गणेश प्रसाद बस्याल, केशवमणी बस्याल, पत्रकार दयाराज न्यौपाने सहजकर्ता तुल्सी घिमिरे लगायतले बोल्दै तालिम सफलताको शुभकामना दिनुभयो । ७ दिन सम्म चल्ने तालिममा सहकारीका ३० जना सेयर सदस्यहरुको सहभागिता रहने तालिमको सहजीकरण तुल्सी घिमिरेले गर्नुभएको छ । संस्थाका उपाध्यक्ष बिमला बस्यालको स्वागत मन्तव्य संस्थाका सचिव कमलराज तिमिल्सिनाको संचालनमा कार्यक्रम चलेको हो थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here