• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन साहित्य र संस्कृति

नेतृत्व त्रैमासिकको सार्वजनिक तथा सिर्जनावाचन कार्यक्रम सम्पन्न

palpasamachar by palpasamachar
June 16, 2023
in साहित्य र संस्कृति
0
नेतृत्व त्रैमासिकको सार्वजनिक तथा सिर्जनावाचन कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । नेतृत्व मिडियाद्वारा प्रकाशित नेतृत्व राष्ट्रिय त्रैमासिकको वर्ष २६ अंक १–२ संयुक्त अंकको सार्वजनिक तथा सिर्जना वाचन कार्यक्रम भैरवस्थान पाल्पामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनाल, विशिष्ट अतिथि डा. टंकप्रसाद पन्थ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, मिसन अस्पताल पाल्पाका निर्देशक डा. रचेल कारख, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी केन्द्रीय सदस्य मिलन बिश्वकर्मा, पाल्पा जिपलाइनका निर्देशक देव पचभैया, लेखक सर्जक राजेन्द्रगोपाल सिंह, पुष्करराज रेग्मी, रामप्रसाद अर्याल, सन्तोष खनाल, हरि भट्टराई, गुणवती केसी, सिता गौतम लगायतले उक्त पत्रिका सार्वजनिक गर्नुभयो ।

पत्रिकाका सम्पादक तथा अध्यक्ष गोविन्द भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा नेतृत्व त्रैमासिक पत्रिकामाथि समीक्षात्मक टिप्पणी डा. टंकप्रसाद पन्थले गर्नुभएको थियो । पत्रिकामा विविध प्रकृतिका विषय र सामग्रीहरू सम्प्रेषण गरिएको कुरा, व्यक्तिगत इतिवृत्त, सामाजिक, राजनीतिक, प्रशासनिक, साहित्यिक , सांस्कृतिक तथा पालिकाका विकास अनि योजनाका कुराहरू प्रकाशित गरिएकाले पत्रिकाले बहुआयामिक क्षेत्रलाई समेटेको उहाँले बताउनुभयो ।
जिपलाइन पाल्पाको अवस्थाका बारेमा सञ्चालक तथा निर्देशक देव पचभैयाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि टंकनाथ खनालले नेतृत्वको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भैरवस्थानको महिमाका साथै जिपलाइनको साहसिक खेलले पाल्पाको पर्यटनमा थप आयाम थपेको विचार व्यक्त गर्नुभयो । पत्रकारहरूका आआफ्नै समस्या र व्यथा रहेको कुरा उहाँले संकेत गर्नुभयो । उहाँले पूर्वेली टंकका नामबाट कवितासमेत उहाँले प्रस्तुत गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले यो अंक विशिष्ट प्रकृतिको रहेको विचार व्यक्त गर्नुभयो । उहाँले धार्मिक तथा ऐतिहासिक ठाउँमा कार्यक्रम हुनु अर्थपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले नेतृत्व प्रकाशनमा ल्याएकोमा प्रकाशकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले पत्रकारिताका पीडा र समस्यालाई पनि प्रस्तुत गर्नुभयो ।

लेखक तथा सर्जक राजेन्द्रगोपाल सिंहले नेतृत्वले सबै क्षेत्रका विषयहरुलाई समावेश गर्दै आएको र खोजपूर्ण पत्रिकाको रुपमा रहेको बताउनुभयो । उहाँले चौथो अंग शीर्षकको कविता समेत प्रस्तुत गर्नुभयो । पुष्कर अथक रेग्मीले नेतृत्वको सफलताको शुभकामना व्यक्त गर्नुभयो । ’अस्तित्व’ कृतिभित्र रहेको भैरवनाथमा केन्द्रित अंशलाई वाचन गर्नुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माले रेचल कारखको जीवनीमा आधारित लेख प्रस्तुत गरेकोमा सम्पादकलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै खालका कथाव्यथालाई प्रस्तुत गरेमा नेतृत्व दस्तावेज बन्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

समाजवादी पत्रकार संगठनका अध्यक्ष पदम गरैले नेतृत्व पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । प्रेस सेन्टर पाल्पाका कार्यवाहक अध्यक्ष नवराज ज्ञवालीले पृथक तरिकाबाट ल्याइएको पत्रिकाले विविधतालाई समेटेको विचार व्यक्त गर्नुभयो । गुणवती केसीले भैरवनाथको महिमालाई केन्द्रित गरी रोचक शैलीमा भजन प्रस्तुत गर्नुभयो ।
साहित्यकार रामप्रसाद अर्यालले शुभकामना व्यक्त गरी ’छिन्नभिन्न’ शीर्षकको कविता पाठ गर्नुभयो । सन्तोष खनालले शुभकामना मन्तव्य राख्नुभयो । शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाए पनि उठ्न नसकेको हाम्रो अवस्थालाई उहाँले उजागर गर्नुभयो । “फेरिएका प्रश्न र शैली” शीर्षकको कवितासमेत वाचन गर्नुभयो ।

साहित्यकार हरिप्रसाद भट्टराईलेले नेतृत्वका केही अंक अध्ययन गरेका आधारमा विविधताको खुराकका रूपमा आएको विचार राखी शुभकामना व्यक्त गर्नुभयो । पर्यटनका क्षेत्रमा पाल्पा जिपलाइनले खेलेको भूमिका पनि उहाँले उल्लेख गर्नुभयो । ’पैसा’ शीर्षकको कविता वाचन गर्नुभयो उहाँले गर्नुभयो । डा. रचेल कारखले नेतृत्व पत्रिकाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।सम्पादक तथा कार्यक्रमका अध्यक्ष गोविन्द भट्टराईले पाल्पा जिपलाइनले आतिथ्यता प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेतृत्वको विस्तार मर्चवारदेखि मुस्ताङसम्म पुगेको छ भन्ने कुरा उहाँले उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गर्नुभएको थियो ।

Previous Post

यी हुन् पाल्पाका केही महत्वपूर्ण पर्यटकीय स्थलहरु

Next Post

पाल्पाको जनसंख्या १६ हजार घट्यो, ३० हजार बढी विदेशमा

palpasamachar

palpasamachar

Next Post
पाल्पाको जनसंख्या १६ हजार घट्यो, ३० हजार बढी विदेशमा

पाल्पाको जनसंख्या १६ हजार घट्यो, ३० हजार बढी विदेशमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

May 13, 2025
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version