प्रवासमा स्याङ्जाली साहित्य

0
514
लेखकद्वय पुष्करअथक रेग्मी र राजेन्द्रगोपाल सिंह 
 “नेपाली साहित्यको श्रीबृद्धिका लागि पाल्पा साहित्य समाज” भन्ने मूल नाराका साथ पाल्पा साहित्य समाजले पाल्पाको साहित्यिक गतिविधिहरुलाई व्यापीकरण गर्दै आएको छ । यही क्रममा छिमेकी जिल्लाहरूबाट प्राप्त सादर निमन्त्रणालाई स्वीकार गरी हामी पटक पटक स्याङ्जाको साहित्यिक गतिविधिहरुमा संलग्न भएका छौं । वरिष्ठ अग्रज साहित्यकार देवीप्रसाद वनबासीको गृह जिल्ला स्याङ्जामा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी र प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक त्रैमासिक रजस्थलको सामिप्यतासँगै ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल र प्रकाशित साहित्यिक त्रैमासिक ज्याग्दीखोलाको तरङ्गसँग गाँसिएको साहित्यिक प्रेम झाङ्गिदै गयो ।
प्रतिष्ठान, रजस्थल र ज्याग्दीखोलाको तरङ्गलाई आजको प्रतिस्थापित अवस्थासम्म ल्याई पु¥याउन अहोरात्र सर्मर्पित व्यक्तित्व विश्वप्रेम अधिकारी र देवेन्द्र लम्साल सहित उहाँहरुको प्रतिष्ठान परिवारले पु¥याएको योगदान स्याङ्जामा मात्र सीमित नरही समग्र नेपाल राष्ट्रमै अनुकरणीय एवम् उदाहरणीय रुपमा रहेको छ । यही क्रममा हामी भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको कार्यक्रममा सहभागी हुने अवसर पायौं । अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुंगाना लगायतका साहित्यिक मित्रहरुसँग परिचित हुन पुग्यौं ।
स्याङ्जाको साहित्यिक योगदानमा संस्था तथा व्यक्तिहरूको योगदान रहँदै आएको छ । पटक पटक स्याङ्जाको साहित्यिक भ्रमणको क्रममा जाँदा राजेन्द्रगोपाल सिंहको  मनमा केही कुराहरू खेलिरहेको थियो । त्यहाँबाट प्रकाशित पत्रपत्रिकाहरूमा नभेटिएका र कतै ओझेलमा परेका रचना र पात्रहरुका बारेमा एउटा लेख बनाउन सक्यौ भने सम्मान र उपहार हुन सक्ने थियो भन्ने सोंच पुष्करराज रेग्मीसँग राखेपछि हामी यो लेख बनाउने निष्कर्षमा पुग्यौ र राजेन्द्रगोपाल सिंहसँग भएका सामाग्रीहरुको अध्ययन गरी प्रस्तुत लेख तयार पा¥यौं।
स्याङ्जाको साहित्यिक योगदानमा विगतमा स्याङ्जा बाहिर रहँदा पनि साहित्यिक रूची लिएर के कति प्रयासहरू गर्नुभएको रहेछ र देशभित्र पनि अन्य साहित्यिक पत्रिकाहरुमा लेख रचना लेखी साहित्यिक अभियानलाई बढाउन कति लाग्नुभएको रहेछ भनेर खोजीनीतिको क्रममा प्रँप्त सामाग्रीलाई आधार बनाएर यो लेख तयार गर्ने प्रयास गरेका छौं  ।
निम्तोमा जाँदा भेषजराज शर्मा को हुन् भन्ने खुल्दुली यहाँ पनि लागिरह्यो । संस्थाको तर्फबाट उहाँको परिचय दिँदा उहाँ स्वर्गीय भइसक्नुभएको र उहाँका केही कृतिहरू प्रकाशित भएको र साहित्यमा रूची राख्ने साहित्यिक व्यक्तित्व हुनुभएको जानकारी गराउनुभएको थियो ।
 
कुनै समय शिक्षा हासिल गर्नको निम्ति नेपालबाटै वनारस, ऋषिकेश, हरिद्वार जाने चलन थियो । यही क्रममा स्याङ्जाबाट पनि बनारस, ऋषिकेश हरिद्धार पढ्न जाने गर्दथे । बनारसबाट प्रकाशित मुखपत्र छात्रदुतको सम्पादक सदस्य रहेको साथै लेख रचनाहरू पनि लेख्ने र छाप्ने गरेको भेषजराज शर्मा नाम पढ्दा यी व्यक्ति स्याङ्जाका त होइनन् ? भन्ने हामीलाई लाग्यो । बुझ्दै गएपछि हो भन्ने निष्कर्षमा पुग्यौं । उहाँसँगै अरू पनि त्यस ठाउँतिर पढ्न जाने गर्नुभएको रहेछ । अध्ययनको क्रममा जाने विद्यार्थीहरू मध्ये विशेषतः हरिद्वार, बनारस जानेहरूले शिक्षा आर्जन गर्नुका साथै नेपाली भाषा, कला संस्कृति, साहित्यको विकासको लागि संगठित भई लेख रचना कथा नाटकहरू लेख्ने र छाप्ने गरेको पाइन्छ ।
कतिपयले निरन्तरता दिनुभएको पाइदैन भने कतिपयको निरन्तरता अझैपनि रहेको पाइन्छ तर  स्याङ्जाको साहित्यको एक कालखण्डमा भेषजराजसँगै उहाँका दौतरीहरुले पु¥याउनुभएको योगदानलाई सम्झना गर्नु सान्दर्भिक हुने भएको हुनाले यस लेख मार्फत छात्रदुत र सगरमाथामा प्रकाशित स्रष्टाहरुको नाम र सिर्जना शीर्षकलाई जानकारीमूलक ढंगले प्रस्तुत गरी उठान गरिएको छ ।
(क) छात्रदुत (२०१३)
सम्पादक मण्डलका सदस्य समेत रहनुभएका भेषजराज शर्माको कन्यादान शीर्षकमा कुथुङग्री प्रकाशित भएको छ ।
(ख) छात्रदुत (२०१४)
सम्पादक मण्डलका सदस्य समेत रहनुभएका भेषजराज शर्माको स्पुटनिक र विश्वराजनीति शीर्षकमा लेख प्रकाशित भएको छ । यसका साथै यो अंकमा कृष्णप्रसाद शर्माको पछाडि नहटौं (कविता), थानेश्वर शर्माको वरदान (कविता) र गुणाकर शर्माको रोजेर चुन (कविता) प्रकाशित भएका छन् ।
(ग) सगरमाथा (२०२०)
कृष्णप्रसाद पौड्यालको न्यायमा लड्नैपर्छ (नाटक), टीकाराम ढकालको धन्य गङ्गे (कविता) बुद्धिसागर ज्ञवालीको अनुमति  (कविता) टीकाराम ढकालको बढौं (कविता), पूर्णचन्द्र रेग्मीको मातृपितृ बन्दना (कविता), भानुभक्त सुवेदीको इश्वरसेवा (कविता), तीर्थराज ढकालको वियोग (कविता), मुक्तिप्रसाद सापकोटाको देशसेवा (कविता), रामचन्द्र शर्माको बनाउँ (कविता), सोमनाथ पौड्याल  शास्त्रीको अहो सपना (कविता) र पिताम्वर शर्माको स्वदेश सम्झना (कविता प्रकाशित भएका छन् ।
(च) सगरमाथा (२०२१)
विष्णुप्रसाद शर्मा आचार्यको आर्य जगतकी नारी विशेष लेख हिरामणी पौड्यालको बेदना नै सुखको मूल हो (लेख), पूर्णचन्द्र रेग्मीको चरित्रहीन शिक्षा व्यर्थ छ (कविता), भानुभक्त सुवेदीको विज्ञान के हो ? (लेख), चर्तुभुज शर्मा आत्रेयको मानव जीवन (लेख), गोविन्दमणि शर्मा ढकालको सन्देश (कविता), झलकराज चालिसेको गैगयो (कविता), कृष्णप्रसाद शर्मा पाण्डेको दुःखीको घोषणा (कविता), देवेन्द्रप्रसाद उपाध्यायको बैलायो (कविता) टीकाराम गौतमको अशिक्षित नारीको समस्या  (कविता) र खेमलाल शर्मा आचार्यको आमा बोलाउँछिन् (कविता) प्रकाशित भएका छन् ।
(ङ) सगरमाथा (२०२०–२०२३)
पं टीकारामात्मज पं. भागिरथ सापकोटाको सामन्तवाद प्रगति (कविता), शिवचन्द्र शर्माको सपना (कविता), टीकाराम ढकालको कति भनौं (कविता), विष्णुप्रसाद आचार्यको समस्याको झलक (लेख), नारायण शर्मा रेग्मीको मातृभुमि पुकार (कविता), चेतनाथ शर्मा ढकालको माहेन्द्री प्रभा (कविता), पिताम्वर शर्मा सुवेदीको देश सेवा गरौं न (कविता) र भानुभक्त शर्मा सुवेदीको आमा (कविता) प्रकाशित भएका छन् ।
(च) सगरमाथा (२०२५)
घनश्याम आत्रेयको राम्रो के ले (कविता), टंकनाथ गैरेको प्रगति ल्याउने कसरी (विशेष लेख), खेमनारायण पोरङ्गाको परोपकार (कविता), देवीप्रसाद पाण्डेयको यो दुःखी जीवन (कविता), श्रीधर शर्मा आचार्यको सम्वाद (कविता), रामनाथ शर्माको नेपाल आमा (कविता), ध्रुवराज अर्यालको अघि बढौं (कविता), गोविन्द प्रसाद शर्माको म जस्तो को (कविता), घनश्याम शर्मा आत्रेयको हाय जिवन बित्यो (कविता), जनकलाल रेग्मीको आहा यो के हो ? (कविता), पुरुषोत्तम केसीको स्वदेश फर्क (कविता), छायादत्त शर्मा सुवेदीको बनमा बस्ने चरी (कविता), गीरीधर रेग्मीको गौमाता (कविता), भागिरथ रेग्मीको हरे म कहाँ (कविता), कुलप्रसाद चालिसेको विश्वास राख विचार गरेर (लेख), कुलप्रसाद पौड्यालको अहिंसा नै विश्वशान्तिको उपाय (लेख)र नीलराज शर्मा पौडेलको प्रियतमाको चिट्ठी (कविता) प्रकाशित रहेका छन् ।
छ) सगरमाथा (२०२७)
रामप्रसाद शास्त्रीको मिर्मिरे उषामा (नाटक) दयाराम सुवेदीको के उपकार गर्नुपर्छ (कविता), टीकाराम शास्त्रीको प्रकृति देवी (कविता), घनश्याम पौड्यालको घर चोरियो कुकुर भुकेन (नाटक) गोकुलप्रसाद रेग्मीको दुःख (कविता), ध्रुवराज अर्यालको कता हो (कविता), भानुभक्त रेग्मीको पितृ स्मरण
(कविता), ध्रुवराज शर्मा अज्र्यालको सपना (कविता), युवराज शर्मा पौड्यालको हा हा दैव दैव (लेख), नारायण प्रसाद पौड्यालको विद्या नै जीवनको प्रकाश हो (कविता), कुलप्रसाद चालिसेको मेरो वेदना (कविता) र विष्णु प्रसाद आचार्यको सगरमाथासँग (कविता) प्रकाशित छन् ।
(ज) सगरमाथा (२०२८)
नारायणदत्त शर्माको मानवको (कविता), हेमराज पौड्यालको दर्शन (कविता), कृष्णप्रसाद भट्टराइको मातृभुमिको स्मरण (कविता), शंकर प्रसाद पौड्यालको के नदिने ? कविता), खेमनारायण दोरङ्गको क्रन्दन (कविता), कुलप्रसाद चालिसेको म (लेख), उमाकान्त रेग्मीको हरे म (लेख), दयाराम शर्मा सुवेदीको हाम्रा रँजा (कविता), केशवराज दोरङ्गको हे मानव (कविता), गमाकुमारी तिवारीको झट्ट (कविता), यज्ञप्रसाद भट्टराईको कसरी (कविता), शेषनारायण अज्र्यालको जीवन
(कविता), होमनाथ सुवेदीको कठै बृद्धाबस्था (कविता), होमनाथ तिवारीको विदा देउ (कविता), युवराज पौड्यालको दीपको तालिमा (कविता), घनश्याम शर्माको झुल्कन (कविता), ध्रुवराज अर्यालको फेर्ने छैन (लेख) र रामप्रसाद आचार्यको गीत (कविता), प्रकाशित भएका छन् ।
(झ) सगरमाथा (२०३०)
प्रेमनारायण अधिकारीको आज्ञा कविता, गोविन्द प्रसाद पौड्यालको बुझौला (कविता), दयाराम सुवेदीको हरि भजौं (कविता), रामभानु शर्माको केलादीघाट (कविता), हेमराज पौडेलको क्रोध (लेख), नारायणदत्त आचार्यको युगले झल्किनु भन्दा युगमा झल्किनु शुभ (कविता), इन्द्र प्रसाद तिवारीको नेपालका पहाडि (कविता), रामभानु शर्माको हाम्रो देश नेपाल (कविता), रामप्रसाद पोखरेलको जागुन छिटै (कविता), सूर्यप्रसाद तिवारीको म रोएको किन ? (लेख) इश्वरीप्रसाद भण्डारीको चापाकोटको नहर (कविता) प्रकाशित भएका छन् ।
नेपालीय संस्कृत छात्र परिषद् वाराणासीको वार्षिक मुखपत्र छात्रदुत २०१३ र छात्रदुत २०१४ नेपाली छात्र संघ पञ्चपुरी हरिद्वारको वार्षिक मुखपत्र सगरमाथा २०२०, २०२१, २०२२, २०२३,२०२५, २०२७, २०२८ २०३० भित्र स्याङ्जालीहरूसँगै  पाल्पा, गुल्मी, कास्की, गोर्खा, विराटनगर, बाग्लुङ, बझाङ, डडेल्धुरा, सिक्किम लगायतका क्षेत्रमा जन्म भई हरिद्वार तथा बनारसमा अध्ययन गर्न बसेका समयमा विद्यार्थी जीवनमा लेखिएका प्रकाशित गरिएका साहित्यिक एवम् समसामयिक गतिबिधि र सिर्जनाहरू संग्रहित रहेका छन् ।
नेपाली वाङ्मयको श्रीबृद्धिको लागि स्याङ्जाली साहित्यको पनि महत्वपूर्ण योगदान रहँदै आएको छ भन्ने तथ्य उल्लेखित विवरणहरुबाट समेत प्राप्त हुन्छ । वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्र आएपश्चात पनि उच्च शिक्षाका लागि स्वदेशमै पर्याप्त अवसरहरू थिएनन् र शिक्षाका लागि विद्यार्थीहरू, युवाहरू छिमेकी मुलुक भारतको विभिन्न शहरहरूमा गई अध्ययन गर्दथे । यही क्रममा उत्साही युवाहरुले विभिन्न संगालो स्मारिका चिनारी विशेषांक प्रकाशन गरी नेपाली साहित्यको श्रीबृद्धिमा समर्पित भएको पाइन्छ ।
भारत अर्थात् प्रभासमा बसी साहित्यको गतिविधिमा योगदान पु¥याउनु हुने उल्लेखित श्रष्टाहरुले वर्तमानमा के गरिरहनुभएको छ ? कहाँ हुनुहुन्छ ? साहित्यिक सिर्जनालाई कत्तिको महत्व दिई रहनुभएको छ ? उहाँहरुका कृति प्रकाशन भएका छन् या छैनन् ? साहित्यिक कर्मलाई निरन्तरता दिइरहनु भएको छ या छैन ? आदिको खोजी नीति र लेखाजोखा हुनु जरुरी छ । स्याङ्जामा स्थापित साहित्यिक संघ संस्था र स्याङ्जाली साहित्यकारहरुद्वारा समय सापेक्ष अग्रजहरूको अन्वेषण र मुल्यांकन हुनु आवश्यक छ । स्याङ्जाका पुराना साहित्यकारहरूमध्ये एक केदार शर्मा ढकाल  उहाँको “युगवाणी भाद्र २८ २००८  मा मानव अघि बढ्दै जाउ भन्ने कविता साथै साहित्य नामक पत्रिकामा २०१६ पुस÷माघ अंकमा  रहस्य छ र भनि एउटा लेख पनि प्रकाशित भएको छ । यही क्रममा महेश्वर शर्मा, विश्वप्रेम अधिकारी, देवीप्रसाद बनवासी, देवेन्द्र लम्साल, चिन्तु गिरी, गंगा कर्माचार्य,शारदा शर्मा, शम्भु अर्याल लगायतका साहित्यकारहरुको योगदानलाई बिर्सन हुँदैन ।
हामी लेखकद्वयले पनि क्रमिक रुपमा पुराना श्रष्टा र सिर्जनाहरू खोजी गर्ने क्रममा आंशिक रुपमै भएपनि पुराना स्याङ्जाली श्रष्टा र सिर्जनाहरुको खोजी गरेका हौं । उपलब्ध पुराना पत्रपत्रिकाहरुको अध्ययन गरी नाम, रचना शीर्षक र समयकाललाई मात्र सार्वजनिक गरेका छौं । स्याङ्जाली साहित्यलाई आगामी दिनहरुमा विभिन्न विधागत खोजीनीति गरी अझ निरन्तरताको प्रयासमा छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here