खेलकुद पत्रकार मञ्चको सदस्यता खुल्ला

0
392

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले सदस्यता खुल्ला गरेको जनाएको छ ।
मञ्चको सदस्यता विस्तार गरी थप क्रियाशील बनाउने उद्देश्यले कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता खुल्ला गरिएको सचिव विजयकुमार बौडेलले जानकारी दिनुभयो ।

असार १ गते शुक्रबार एक सूचना जारी गरेर मञ्चको विधान अनुसार योग्यता पुगेका इच्छुक खेलकुद पत्रकारहरुलाई सदस्यताका लागि निवेदन पेश गर्न आग्रह गरिएको छ । सामान्यतया खेलकुद पत्रकारिता क्षेत्रमा कलम चलाएको वा रुचि भएका न्यूनतम १०+२ परीक्षा उर्तीण गरेकाहरुले सदस्यताका लागि निवेदन पेश गर्न सक्ने अध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभयो ।

सदस्यताका लागि यहि असार १५ गते शुक्रबारसम्मको समय सीमा तोकिएको छ । सदस्य प्राप्त गर्न पाँच सय रुपैयाँ शुल्क लाग्ने मञ्चका कोषध्यक्ष कमल अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here