तानसेन खानेपानी उपभोक्ता समिति बिघटनका लागि नगरपालिकाको पत्राचार

0
345

पाल्पा । तानसेन नगरपालिकाले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । खानेपानी उपभोक्ता समिति अवैधानिक रुपमा रहेको भन्दै नगरपालिकाले खानेपानी मन्त्रालयल, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई नयाँ तदर्थ समिति गठनका लागि पत्राचार गरेको हो ।

अवैधानिक रुपमा आफै म्याद थप गर्दै आएकाले अहिले कायम रहेको समिति विघटन गरी तदर्थ समिति गठन गर्न नगर सरकारले सम्बन्धित निकायलाई पत्राचार गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

तानसेनको खानेपानीलाई खानेपानी मन्त्रालयबाट २०६८ मा विधिवत रुपमा तानसेन खानेपानी उपभोक्ता समितिका रुपमा हस्तान्तरण गरिएकोमा २०७३ मा उपभोक्ता समितिको निर्वाचन गरी समिति गठन गरिए पनि हालसम्म त्यतिबेलाकै समिति कायम छ । अनेक बहाना बनाई अझै पनि साविककै समितिले आफुुलाई निरन्तरता दिन आफुु अनुुकूल हुने गरी साविकको विधानलाई तोडमोड गरी संशोधन गरेको र उक्त संशोधित विधान प्रचलित कानुुन बमोजिम कुनै पनि सरकारी निकायबाट स्वीकृत समेत नभएको नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here