तानसेन भुसलडाँडाबाट नगद सहित १० जना जुवाडे पक्राउ

0
752

पाल्पा । तानसेन नगरपालिका–१ भुसलडाँडास्थित एक घरबाट जगदसहित १० जुवाडे पक्राउ परेका छन् । आइतवार दिउँसो ६६ हजार भन्दा बढी जगद रकमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला कार्यालय पाल्पाबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेसुङ्गा ताल्तुङ्ग होटल रहेको घरको तेस्रो तलबाट उनीहरुलाई पक्राउ गरेको र उनीहरुको साथबाट ६६ हजार ८ सय २५ रकम समेत बरामद गरेको बताइएको छ ।
प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्ने क्रममा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताउनुभयो ।

उनीहरुको साथबाट २ हजार १५ थान रातो, निलो रङ्गका तासको पत्ति पनि बरामद् गरेको छ । जुवामा संलग्नहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट मुलुकी अपराध संहिता २०७४ दफा १२५ बमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको डिएपसी थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here