Site icon PALPA SAMACHAR

सीताराम माविमा ७२ औँ स्काउट स्थापना दिवस मनाइयो

सुशीला रेग्मी र । रामपुर
सीताराम स्काउट टु«प रामपुर नगरपालिका वडा नं ४ पाल्पाले ७२ औँ स्काउट स्थापना दिवस कार्यक्रम मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्ले रहनुभएको थियो ।

उहाँले स्काउट सम्बन्धी ईच्छा र चाहाना राख्ने अन्य विद्यालयमा पनि स्काउटका गतिविधि संचालन गरेमा अति प्रभावकारी हुने बताउनुभयो । आगामी कार्यक्रममा नगरबाट स्काउटका लागि विभित्र कार्यक्रम राख्ने नगर शिक्षा अधिकृत काफ्लेले बताउनुभएको छ । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रअ बुद्धिप्रकाश रेग्मी, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, स्काउट सदस्य शिक्षक अस्मिता ढकाल, स्काउट ट्रुप लिडर विद्यार्थी सुस्मिता नेपाली लगायतले बोल्नुहुदै स्काउटले विद्यार्थीलाई अनुशासन, जोखिम कसरी समाधान गर्ने लगायतका विषयमा धेरै कुरा सिक्ने अवसर रहेको बताउनुभयो ।

विद्यार्थीले स्काउट सम्बन्धी साँस्कृतिक प्रस्तुति देखाएको कार्यक्रमको संचालन स्काउट शिक्षक सरस्वती श्रेष्ठले गर्नुभएको थियो । रामपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयमा सीताराम माविमा पहिलो स्काउट समूह स्थापना भई स्काउट सम्बन्धी गतिविधि भईरहेका छन् । गत असार २ गतेबाट सुरु भएको कार्यक्रम आज विविध कार्यक्रम सहित समापन गरिएको हो । केलादीमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई फलफूल वितरण, विद्यालयमा हाजिरीजवाफ प्रतियोगीता, वृक्षारोपण लगायतका कार्यक्रम गरिएको छ ।

 

Exit mobile version