• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन सम्पादकीय

१३ वर्षे यात्रामा पाल्पा समाचारपत्र

palpasamachar by palpasamachar
June 23, 2023
in सम्पादकीय
0
Home
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा समाचारपत्र साप्ताहिक औपचारिक रुपमा सुरू भएको १३ वर्ष शुभारम्भ भएको छ । सुरुवातदेखिका १२ बर्ष हामीले आम पाठकहरुको सुझाव सल्लाह बमोजिम नै सफलतापुर्वक पुरा गर्न सफल भएका छौं । १३ औं प्रवेशको यो सुखद अवसरसम्म आइपुग्न प्रत्यक्ष अप्रत्यक्ष रुपले हामीले सुझाव सल्लाह मार्ग दर्शन र सहयोग गर्ने सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं । पछिल्लो समय स्थानीय पत्रपत्रिकाकाको निरन्तरता निकै चुनौतीपूर्ण बनेको छ ।

कोभिड–१९ को संक्रमणपछि अहिलेसम्म पनि कोभिड अगाडिको अवस्थामा बजार र अर्थतन्त्र फर्कन सकेको छैन । यसकारण पनि स्थानीय पत्रपत्रिकाले पाउने स्थानीय बिज्ञापन सूचनाहरुको क्रम न्युन नै छ । अर्कोतर्फ सरकारी कार्यालय तथा स्थानीय सरकारहरुले पनि समानुपातिक बिज्ञापन नीति कार्यान्वयनमा नहुँदा पाल्पा समाचारपत्र जस्तै धेरै पत्रपत्रिका र स्थानीय संचारमाध्यमहरुको निरन्तरतामा समस्या छ ।

पत्रिका स्थानीय स्तरमा मात्रै बितरण हुने, चाहेर पनि सबै ठाउँमा पठाउन नसकिने र साप्ताहिकका माध्यमबाट भन्दा अनलाइनबाट पनि हामीले हाम्रा पाठकहरुलाई सुसुचित गराउन सक्छौ भन्ने मान्यता अनुुरुप नै हामीले ६ वर्ष अघिदेखि निरन्तर रुपमा पाल्पा समाचार डटकम नामक अनलाइन पत्रिका दर्ता गरि सञ्चालन गरिरहेका छौं । यो अनलाइनले पाल्पा समाचारपत्रमा समावेश सामाग्रीहरुसँगै अन्य स्थानीय सामाग्रीहरुलाई प्रकाशन गर्दै आएको छ । देश विदेशमा रहनुभएका हाम्रा पाठकले पनि आगामी दिनको निरन्तरताका लागि सुझाव सल्लाह दिदै आउनुभएको छ । उहाँहरुको साथ र सहयोगलाई हामीलाई थप उत्साही बनाएको छ ।

पाल्पा आफैमा पनि व्यापरिक हिसावले खासै चलायमान छैन । यस्तो अवस्थामा यहाँको बिज्ञापन बजार चलायमान हुने कुरै भएन । यस्तो अवस्थामा पनि पाल्पा समाचारपत्रले आफूलाई पाल्पाको स्थापित र नियमित पत्रिकाको रुपमा परिचय बनाउन सफल भएको छ । व्यवस्थित कार्यालय र आवश्यक पत्रकार कर्मचारीहरुको उचित संयोजनमा हामीले जोड दिएका छौं ।

स्थानीय तहहरुमा रहेका समाचार सामाग्रीहरुलाई बढी प्राथमिकता दिएका छौं । खासमा पाल्पा समाचारपत्र पाल्पाका बिषय उठान गर्ने लोकप्रिय स्थानीय पत्रिकाको रुपमा आम पाठकहरुलाई चिनाउन सफल भएका छौं । १२ वर्षदेखिको लामो सिकाई र अनुभव बटुल्दै यो पत्रिकाले आजका दिनसम्म निरन्तर रुपमा आफ्ना प्रकाशनहरू पाठक सामु पस्कदै आएको छ । प्रेस काउन्सिल नेपालबाट नियमित रुपमा स्थानीय क बर्गमा बर्गीकृत हुदै आएको यो पत्रिकालाई आगामी दिनमा अझ थप राम्रो र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता गर्दछौं ।

पाल्पा समाचारपत्रले जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको सफलताहरुलाई हामीले महत्व दिँदै आएको छ । सार्वजनिक निकायहरुमा भए गरेका ढिला सुस्ती र भ्रष्टाचार तथा अनियमितताबारे समाचार सम्प्रेषण गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं । यसकारण पनि हामीले आजसम्म कहिकतै पनि आफ्नो बिश्वसनीयता गुमाएका छैनौं र आगामी दिनमा पनि अझ परिस्कृत हुँदै अगाडि बढ्नेछौं । आज तेह्रौ वर्ष प्रवेशको सुखद अवसरमा हाम्रा आम पाठक, बिज्ञापनदाता, सहयोगी ब्यक्ति तथा शुभेच्छुकहरू, पत्रकार कर्मचारीहरू लगायत सबैमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछौ ।

 

Previous Post

रामपुरमा असल बुहारी, दम्पत्ति सहित उपभोक्तालाई सम्मान

Next Post

आगामी वर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडि बढ्छौं–नगर प्रमुख थापा

palpasamachar

palpasamachar

Next Post
आगामी वर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडि बढ्छौं–नगर प्रमुख थापा

आगामी वर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडि बढ्छौं–नगर प्रमुख थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version