• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

आगामी वर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडि बढ्छौं–नगर प्रमुख थापा

palpasamachar by palpasamachar
June 23, 2023
in शीर्ष समाचार
0
आगामी वर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडि बढ्छौं–नगर प्रमुख थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक बर्ष आर्थिक बृद्धिदरको बर्षको रुपमा लिईने बताउनु भएको छ । उहाँले नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने बताउनु भएको हो ।

रामपुर नगरपालिका वडा नं.७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको बिहिवार उद्घाटन गर्दै नगर प्रमुख थापाले विकासका लागि बजेटको आवश्यकता पर्ने भन्दै यो आर्थिक बर्ष नगरको आन्तरिक आय बृद्धिमा केन्द्रित हुने बताउनुभयो । “नगरको विकासका लागि बजेटको आवश्कता पर्छ , अहिले बजेटको अभाव छ त्यसैले बजेटका लागि नगरको आन्तरिक आम्दानी बढाउनु पर्नेछ” – नगर प्रमुख थापाले भन्नुभयो । उहाँले जनताको माग अनुसार बजेट विनियोजन गर्नका लागि स्थानीय तहको आन्तरिक स्रोत मजबुत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । यसका लागि नगरपालिकाले राजश्व बृद्धिका कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ । राजश्व बृद्धिका लागि करको दर भन्दा पनि करको दायरा बढाउने रणनिति तय गरेको बताउनुभयो । अहिले बजेट बनाउने समयमा नगरबासीबाट बढि माग आए पनि संघ र प्रदेशबाटै बजेट काटिएर आएको भन्दै बजेट अभावका कारण सवैको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ । साथै उहाँले नगरको हरेक योजना सञ्चालन गर्दा उपभोक्ताको पनि उत्साह र सहभागिता हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष दोवराज तिवारीले थोरै बजेटमा पनि समयमै योजना सम्पन्न गरेकोमा धन्यवाद दिंदै यसको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले नगरपालिकाले जनताको अत्यावश्यक कुरालाई मध्यनजर गरेर बजेट विनियाजन गरेकोमा धन्यवाद दिनुभयो । साथै खोलामा कल्भर्ट निर्माण भए संगै बर्षादको समयमा आवत जावत गर्न समस्या नहुने बताउनुभयो । यस्तै नेकपा एमालेका प्रतिनिधि सुकदेव पोखरेलले कल्भर्ट निर्माणले यस क्षेत्रको जनतालाई राहत महसुस हुने भन्दै यसको संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा निर्माण समितिका अध्यक्ष यम प्रसाद भट्टराईले कल्भर्ट निर्माण सम्पन्न भए संगै बर्षातको समयमा आवत जावतमा सहज हुने बाउनुभयो ।साथै निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

निर्माण समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका सदस्य शिक्षा खनालको स्वागत र उमाकान्त भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको ८ लाख र १ लाख ४० हजार बराबरको लागत सहभागिता गरि ९ लाख ४० हजारको लागतमा कल्भर्ट निर्माण गरिएको हो ।

Previous Post

१३ वर्षे यात्रामा पाल्पा समाचारपत्र

Next Post

तानसेनको नीति तथा कार्यक्रम पारित

palpasamachar

palpasamachar

Next Post
तानसेनको नीति तथा कार्यक्रम पारित

तानसेनको नीति तथा कार्यक्रम पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version