जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा चौतारी बुलेटिन सार्वजनिक

0
425

पाल्पा । जननेता मदन भडारीको ७२ औं जन्म जयन्तीको अवसरमा प्रेस चौतारी पाल्पाको आयोजनामा प्रेस चौतारी पाल्पाबाट प्रकाशित चौतारी बुलेटिनको सार्वजनिकीकरण तथा जनताको बहुदलीय जनवाद (जबज) संवाद कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले दुरदर्शिता र परिकल्पनाकार नेताको रुपमा रहनुभएका जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले मदन भण्डारीकै कारण नेकपा एमालेको नीति सिद्धान्त आजको बलियो अवस्थामा रहेको बताउनुभयो ।

मदन भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङमा भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गर्नु भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ । भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवन दासढुंगामा २०५० जेठ ३ गते जीप दुर्घटनामा परि मृत्यु भएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज कमलराज तिमिल्सिनाको स्वागत, शाखा सचिव नारायण न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा कार्यक्रम चलेको थियो । बुलेटिनमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहहरुले सम्पादन गर्दैै आएका महत्वपूर्ण कार्यक्रम र योजनाहरुलाई समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here