• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

यान्त्रिकरणको प्रयोग सहित व्यावसायिक कृषि आवश्यक छः सांसद आचार्य

palpasamachar by palpasamachar
June 30, 2023
in कृषि, शीर्ष समाचार
0
यान्त्रिकरणको प्रयोग सहित व्यावसायिक कृषि आवश्यक छः सांसद आचार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पबित्रा पराजुली । (मदनपोखरा) पाल्पा
पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले यान्त्रिकरणको उच्चतम् प्रयोग सहित व्यावसायिक कृषि आवश्यक रहेको बताउनुभएको छ । उहाँले कृषि पेशालाई पूर्ण रुपमा आधुनिकरण गर्न सकेमा आवश्यकता अनुरुप कृषि उत्पादन गर्न सकिनेमा जोड दिनुभयो ।

तानसेन नगरपालिका ९ अम्ल्यानमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा बोल्दै उहाँले सिंचाइको कार्यक्रमका लागी बजेट विनियोजन गरेर व्यावसायीक र यान्त्रिक खेती अपनाउनुपर्ने बताउनुभयो । जलबायु अनुकूलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ शुक्रबार देशैभर २० औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

यसैगरी जिल्लाको तानसेन नगरपालिकाका वडा न ९ अमल्यानमा समेत कृषक, विभिन्न सघंसस्थाका प्रतिनिधि, बहुप्राविधिक शिक्षालयका शिक्षक, विद्यार्थी, कृषि ज्ञान केन्द्र, कृषि शाखाका प्राविधिकहरु मिलेर दिवस मनाएका हुन् । धान दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टकंनाथ खनालले किसानले अझैपनि आकाशे पानीको भर र मलखादको अभावमा खेतीपाती गर्नुपर्ने समस्या रहेको बताउनुभयो । जब सम्म सरकारले समस्या औल्याउँदैन तवसम्म किसान सधैँ मर्कामा पर्ने उहाँको भनाई थियो । तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले खाली तथा बाझोँ रहेको जग्गा जमिनको प्रयोग गरेर कृषि उत्पादन बढाउनुपर्ने भन्दै नगरपालिका मार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले दिवसको औचित्य र आवश्यकता माथि प्रकाश पार्नुभएको थियो । उहाँले किसान समृद्ध नभएसम्म देश समृद्ध नहुने बताउनुभयो । तानसेन नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सेनाले कृषकहरुलाई कृषि पेसामा उजागर गर्नका निमित्त प्रोसाहन गर्ने नीति लिएको बताउनुभयो । पाल्पामा धानको उत्पादन राम्रो हुने भएकाले उत्पादकत्व बृद्धि गरेर जिल्ला बाहिर सम्मको निर्यात प्रकियालाई बढाउनुपर्ने उहाँको भनाई थियो ।

सम्पूर्ण कृषकहरुको प्रतिनिधित्व गर्दै अगुवा कृषक बुद्धिराज बस्यालले कृषि प्रधान देशका किसानहरुले अझैपनी मल र विउका लागी संघर्ष गर्नुपरेको बताउनुभयो । कृषक बस्यालले राष्ट्रिय धान दिवस मनाउनका निमित्त करिब ६ रोपनी जग्गा सहजीकरण गर्नुभएको थियो । उक्त जग्गामा साँवा मन्सुली र हाईबेड्र धान लगाइएको छ । कार्यक्रममा सांसद नारायण प्रसाद आचार्य, जि.स.स प्रमुख टकंनाथ खनाल , उपप्रमुख कासिका गैरे, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली जिल्ला समन्वय अधिकारी जनार्दन शर्मा, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण भट्टाई ,प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख टोपबहादुर थापा , तानसेन नगरपालिका का उपप्रमुख प्रतिक्षा सिंजाली , वडा न ९ का वडाअध्यक्ष राजेश कुमार अर्याल लगाएत समाजसेवी एवम् अगुवा किसानहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा अगुवा कृषकहरुसगैँ जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला व्यक्तिहरु एकआपसमा हिलो खेलेर रमाइलो गरेका थिए भने बहुप्राविधिक शिक्षालयका विद्यार्थी र कृषकहरुले असारे गित गाउँदै रोपाइँ गरी थप रौनकता बढाएका थिए । यसैबिच दिवसको अवसरमा ५० मिटर महिला पुरुष हिलेदौड समेत खेलाईएको थियो । जसमा पुरुष तर्फ पत्रकार कृष्ण कार्की प्रथम, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी द्वितिय र पत्रकार कमल अधिकारी तृतीय हुनुभयो । महिला तर्फ प्राविधिक शिक्षालयका विद्यार्थीहरु क्रमशः चन्द्रा भुषाल, मेनका रोकाय र सिर्जना न्यौपाने प्रथम द्वितिय र तृतीय हुनुभयो । खेलमा विजेता हुने विजयीहरुलाई सम्मानस्वरुप मेडल प्रदान गरिएको थियो ।

पाल्पाका अन्य पालिकामा समेत आज कृषक , जनप्रतिनिधि र सरोकारवाला पक्ष मिलेर धान दिवस मनाएका छन् । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइने असार १५ मा कामले थकित किसान शक्ति बढाउन दहि, चिउरा र केरा खाने चलन छ । लामो खडेरी पश्चात अहिले मौसमले साथ दिएका कारण जिल्लामा धमाधम रोपाइँ सुरु भएको कृषि प्राविधिकले जनाएका छन् । किसानहरु खेतबारैमै व्यस्त देखिएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा कृषकहरुले विभीन्न आधुनिक औजारको प्रयोगले खेतिपाती गरेका छन् भने कहिकतै परम्परागत तवरले अर्मपर्म गरी रोपाई गर्न थालेका छन् ।
पाल्पा जिल्लामा कुल आठ हजार दुई सय १० मेट्रिक टन बर्षे धान र ६ सय २० मेट्रिक टन चैते धान उत्पादन हुदैँ आएको छ । पाल्पामा धानको उत्पाकत्व तिन दशमलब नौँ मेट्रिक टन रहेको छ । असार १५ सम्म आइपुग्दा जिल्लामा ४० प्रतिशत रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ । पाल्पाका बेसी र फाटमा धान खेती हुँदै आएको छ ।

Previous Post

पाल्पामा ढुंगा माटो निकासीमा सधै शंका

Next Post

धार्मिक पर्यटकको आकर्षणको केन्द्र राम्दी सुनगुफा

palpasamachar

palpasamachar

Next Post
धार्मिक पर्यटकको आकर्षणको केन्द्र राम्दी सुनगुफा

धार्मिक पर्यटकको आकर्षणको केन्द्र राम्दी सुनगुफा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version