सार्वजनिक सवारीमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई छुट दिन अनिवार्य

0
477

पाल्पा । जिल्लामा संचालन हुने सार्वजनिक सवारी साधनहरुले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीहरुलाई छुट अनिवार्य रुपमा दिन यातायात व्यवस्था कार्यालय पाल्पाले आग्रह गरेको छ । कतिपय सवारीहरुले छुट पाउने नागरिकहरुलाई सहज रुपमा छुट नदिएको भन्ने गुनासो आएकोले कार्यालयले एक प्रेस बिज्ञप्ति मार्फत उक्त आग्रह गरेको हो ।

लुम्विनी प्रदेश सरकारले सवारी करमा ६० प्रतिशत कर छुट गरेको भन्दै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिनु पर्ने जनाएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारद्धारा हस्ताक्षरित बिज्ञप्तिमा सबै खालका सार्वजनिक सवारीसाधनलाई नियमानुसार भाडामा छुट दिन अनुरोध गरेको छ । यदि कोही कसैले तोकिएका समूहलाई भाडामा छुट नदिए कडा कारबाही गरिने कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here