पाल्पा भैरवस्थान मन्दिरमा एकादशी महात्मय कथा वाचन

0
374

नवराज ज्ञवाली । पाल्पा
रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा अवस्थित श्री भैरवनाथ मन्दिरमा हरिशयनी एकादशीको अवसरमा एकादशी माहत्म्य कथा वाचन सुरू भएको छ ।
आषाढ शुक्लपक्ष एकादशीको दिनमा सुरू गरी कार्तिक शुक्लपक्ष हरिबोधनी एकादशी सम्मको चर्तुमास अवधिभर प्रत्येक एकादशीका दिन एकादशी माहत्म्य बिषयमा कथा प्रवचन हुने साथै यस वर्षको साउन २ गतेदेखि ३० गतेसम्म मलमास परेकाले यस अवधिमा भगवान् श्री पुरूषोत्तमको पूजाअर्चना र मन्दिरमा हुने दैनिक पूजाआजासँगै चर्तुमान अवधिभर विषेश पूजाअर्चना गरिने भएको छ ।

यस कार्यमा सहभागी भई पुन्य प्राप्त गर्न सकिने श्री भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताउनुभयो । उहाँले भैरवनाथ मन्दिरमा विगतमा पनि यस्तो पूजाअर्चना हुने गरेकोमा केही वर्षयता उक्त कार्य रोकिएकाले आफुले त्यसलाई निरन्तरता दिनलाई पूजाको थालनी गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यो दिनलाई हरिशयनी एकादशी भनिएको रूरू संस्कृत बिद्यापीठ गुल्मीका प्राध्यापक लीलामणि खनालले बताउनुभयो । उहाँले भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा मलमास परेकाले पाँच महिना हुने उहाँले बताउनुभयो ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि अनुसार तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गर्ने भैरवनाथ मन्दिर व्यवस्थापन समितिका सचिव दिलिप रायमाझीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here