Site icon PALPA SAMACHAR

प्रदेश सरकारले जनतामा अनुभुति हुने गरि काम गर्दैछः मुख्यमन्त्री चौधरी

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनतामा प्रदेश सरकारको अनुभुति हुने गरि काम गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले जनताको भावना आवश्यकता र माग बमोजिम बजेट बिनियोजन गरि कार्यान्वयन गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  उहाँले आर्थिक कार्यक्रम मार्फत कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा साझेदारीका काम गर्ने प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले बजेट तयार भैसक्ने समयमा आफूहरुले जिम्मेवारी प्राप्त गरेकोले सबैमन्त्रालयको बजेट निर्माणमा आवश्यक ध्यान दिननसक्दा केही मन्त्रालयबाट गलत रुपमा व्यक्तिगत सञ्चारगृहलाई बजेट विनियोजन भएको पाइएकोले त्यो रकम तानिएको जानकारी गराउनुभयो । सञ्चार क्षेत्रको बजेट परिचालनका सवालमा विधि र पद्धती अनुसार संस्थागत रुपमा समन्वय गरेर मात्र अगाडि बढ्ने उहाँको भनाई थियो ।

उहाँले पाल्पाको पर्यटन विकासका लागि आफू गम्भीर भएर छलफल गरेको बताउनुभयो । अलपत्र अवस्थामा रहेको श्रीनगर साँस्कृतिक डवलीको प्रयोग र व्यवस्थापनका विषयमा स्थानीय सरकार तानसेन नगरपालिकाको जिम्मा लगाउने विषयमा अन्तिम छलफल जारी रहेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माको स्वागत अध्यक्ष रेखिराम रानाको अध्यक्षता तथा सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Exit mobile version