बगनासकालीका जनजातिहरुको तथ्यांक सार्वजनिक

0
408

दयाराज न्यौपाने । पाल्पा
बगनासकाली गाउँपालिका भित्रका जनजातीहरुको बिवरण सार्वजनिक गरिएको छ ।

बगनासकाली गाउँपालिका भित्रका जनजातीको पेशा ब्यवसाय,धर्म भाषा लगायतका तथ्यांक सहितको पुस्तक सार्वजनिक गरिएको हो । भने सोही अवसरमा उत्कृष्ट विद्यार्थी रमिला चिदी र प्रशान्त कनौजेलाई नगद ४ हजार सात सय रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिएको थियो । त्यस्तै भाषा सस्कृती जगेर्नाका क्षेत्रमा योगदान गरेका गोपाल कुमाल र गजबिर बोटे सहित कृषि पशुपालन र अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउनु १३ जना ब्यक्तित्वलाई सम्मान पत्र दोसल्ला पाल्पाली करुवाले सम्मान गरिएको थियो ।

बिमोचन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकाली भित्र रहेका जनजातीको तथ्यांक संकल्न गर्नु महत्वपूर्ण काम भएको बताउनु भएको छ । अध्यक्ष चिदीले बगनासकालीको समग्र तथ्यांक निर्माण गरि काम गर्ने योजनाका साथ लागिपरेको बताउदै जातीय सद्भाव कायम राख्दै अघि बढ्ने बताउनुभयो ।

गाउँपलिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बगनासकालीको समग्र विकासमा जनजातीहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । पालिकामा जनजातीको बाहुल्य जनसंख्या रहेको बताउदै सीप र क्षमतालाइ पालिकाले सदुपयोग गर्ने उहाँको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जनजातीको बजेटबाट सिर्जनात्मक काम गरेको बताउँदै आय आर्जनको क्षेत्रमा समेत लगानी गर्नु पर्ने कुरामा जोड दिनुभयो । सृर्जनात्मक काम गर्ने सक्ने जनजातीका क्षेत्रबाट धेरै कुरा सिक्नु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा ,सामाजिक श्रोत बिकास केन्द्रका कार्यकारी निर्देशक चोपलाल गिरी, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, जनजाति नेता सोप बहादुर दर्लामी, आदिवासी जनजाति महासंघ जिल्ला सदस्य चेत बहादुर राना , श्री बहादुर कुवर ,सम्मानित ब्यक्तिगत गोपाल कुमाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम आदिवासी जनजाती समन्वय समिति बगनासकालीका सचिव दिलिप गाहाको संचालन र आदिवासी जनजाति समन्वय समिति बगनासकालीका अध्यक्ष तथा ७ नम्बर वडाका अध्यक्ष गण बहादुर बुढाथोकीको अध्यक्षतामा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here