• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

बगनासकालीमा वडाबाटै भत्ता वितरण सँगै स्वास्थ्य परीक्षण पनि

palpasamachar by palpasamachar
July 8, 2023
in अन्य, शीर्ष समाचार
0
बगनासकालीमा वडाबाटै भत्ता वितरण सँगै स्वास्थ्य परीक्षण पनि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण थालेको छ । गाउँपालिकाले चालु आ.व.को पहिलो त्रैमासिकदेखि नै वडातहमै पुगेर सामाजिक सुरक्षा वितरण थालेपछि जेष्ठ नागरिक उत्साहित भएका छन् । गाउँपालिकाले आ.व.२०७९।०८० देखि नै बैंकमा घण्टौं लाइन बसेर टाढाबाट भत्ता लिन जान कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरूको मुहारमा खुसी झल्किएको हो ।

असार २३ गते शनिबार वडा नं. २ पोखराथोकका नागरिकलाई सामाजिक चौथो त्रैमासिक वापतको सुरक्षा भत्ता वितरण थालेको छ । बैंकमा घण्टौंसम्म लाइन बसेर बृद्धभत्ता बुझ्दै आएका बगनासकाली गाउँपालिका–२ पोखराथोकका ७९ वर्षीय हेमलाल नेपालीले यसआर्थिक वर्षको सवै भत्ता वडाबाटै बुझ्न पाएपछि निकै उत्साहित भएको बताउनुभयो । ‘निर्वाचनका बेला भोट माग्न आउँदा बृद्ध भत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुसी लागेको छ ।’ उहाँले भन्नुभयो ।

त्यस्तै वडा नं. २ कै मानकुमारी कुमालले पनि वडाबाट बृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुभयो । ‘भत्ता बुझ्नका लागि एक डेढ घण्टा हिंडेर बैंक जानुपर्थ्यो, बुढेशकालको शरीर आउन जानै समस्या’ उहाँले भन्नुभयो । ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले जेष्ठ नागरिकको मनको कुरा बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ उनीहरू जस्ता धेरै जेष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ ।

बगनासकाली गाउँपालिकाको बर्तमान जनप्रतिनिधि आएपछि बिभिन्न लोककल्याणकारी कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ । जस अन्तरगत वडामै भत्ता कार्यक्रमलाई पालिकाले महत्व दिएको हो । गाउँपालिका अध्यक्ष सरस्वती चिदीले वडामै पुगेर भत्ता बितरण गर्दा धेरै जना खुशी हुनुभएको बताउनुभयो । उहाँहरुले आफूहरुले जनताको खास सेवकको रुपमा आएकोले असल सेवककै भूमिका निर्वाह गर्ने बताउनुभयो ।

बगनासकाली गाउँपालिकाको चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण असार २३ देखि श्रावण ८ गतेसम्म जारी रहने गाउँपालिकाका एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो । आ.व.२०७९ को चौथो त्रैमासिकमा पालिभित्र विभिन्न वर्गका ३१३३ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राही रहेका छन् । जसमध्ये अन्य जेष्ठ नागरिक १८९९, जेष्ठ नागरिक दलित १३७, जेष्ठ नागरिक एकल महिला ३०७, विधवा आर्थिक सहायता ४१३, ‘क’ वर्ग असक्तता ४९, ‘ख’ वर्ग आर्थिक सहायता १०६ र दलित बालपोषण प्राप्त गर्ने २२२ जना बालबालिका रहेका छन् । चा.लु.आ.व.को चौथो त्रैमासिकमा ३ करोड ८ लाख ६८ हजार ४ सय २१ रुपैया सामाजिक सुरक्षा भत्तामा वितरण हुने रकम निकासा भएको गाउँपालिका स्रोतले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणसँगै गाउँपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । शनिबार वडा नं. २ बाट ११९ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए भने ७० जनाले निःशुल्क स्वास्थ्य परीक्षणबाट लाभ लिएका थिए ।

Previous Post

बगनासकालीका जनजातिहरुको तथ्यांक सार्वजनिक

Next Post

ललिता निवास प्रकरणका दोषी माथि कारवाही हुनुपर्छः अध्यक्ष नेपाल

palpasamachar

palpasamachar

Next Post
ललिता निवास प्रकरणका दोषी माथि कारवाही हुनुपर्छः अध्यक्ष नेपाल

ललिता निवास प्रकरणका दोषी माथि कारवाही हुनुपर्छः अध्यक्ष नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

May 13, 2025
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version