Site icon PALPA SAMACHAR

ललिता निवास प्रकरणका दोषी माथि कारवाही हुनुपर्छः अध्यक्ष नेपाल

पाल्पा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरण सहित देशभरका अन्य सरकारी जग्गा र भ्रष्टाचारसँग जोडिएका मुद्धाहरुको उचित छानविन गरि दोषी माथि कारवाही हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले मंगलवार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पछिल्ला दिनहरुमा ललिता निवास जग्गा प्रकरणमा आफु सहित पुर्वप्रधानमन्त्रीहरुको पनि नाम जोडिएकोमा खेद ब्यक्त गर्दै उक्त विषयमा उचित छानविन गरि दोषी माथि कारवाही हुनुपर्ने र निर्दोष वा संलग्न नै नभएको ब्यक्तिको बारेमा अनावश्यक चर्चा गर्न नहुने बताउनुभयो ।

“ललिता निवास जग्गा प्रकरणमा कसैकसैले मेरो नाम पनि मुछेका छन् । मेरो पालामा भएकाले मेरो नाम आउन सक्दछ । कृष्णप्रसाद भट्टराईको पालामा भएकाले उहाँको नाम आउन सक्दछ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको पालामा भएको हुनाले उहाँहरुको नाम आउन सक्दछ । त्यस्तै केपी ओलीको पालामा भएकाले केपी ओलीको नाम आउन सक्दछ । बाबुराम भट्टराईको पालामा भएपछि उहाँको नाम आउन सक्दछ । प्रचण्डको पालामा भएपछि उहाँको नाम आउन सक्दछ । नाम आउने बित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिनु पर्ने कुनै आबश्यकता छैन ।” उहाँले भन्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएको समयमा सरकारी जग्गा र अन्य जग्गा कानुन सम्बत ढंगबाट छुट्टायाएर अगाडि बढाउनु भन्ने निर्णय भएको बताउनुभयो । राजनीतिक पसंगलमा अध्यक्ष नेपालले भावना मिल्नेहरुले समाजबादी मोर्चा बनाएको बताउनुभयो । तत्कालै समाजबादी मोर्चा अर्को कम्युनिष्ट पार्टीको रुपमा रुपान्तरण नहुने बताउदै उहाँले राजनैतीक स्थायित्वका लागी मोर्चा बनेको धारणा राख्नुभयो ।

कार्यक्रममा पत्रकार भोजराज भट्टराई, किरण कौशल, देब पचभैया, कृष्ण पोखरेलले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सेनाको संचालनमा सम्पन्न भएको थियो ।

Exit mobile version