राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निलसागर सेवा आश्रममा खाद्यान्न वितरण

0
331

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाले निलसागर सेवा आश्रम तानसेन भुसलडाँडाका लागि १५ हजार रुपैयाँ बरावरको चामल, नुन तेल लगायतको खाद्यान्न र ग्यास वितरण गरेको छ । पार्टीका सदस्य तानसेन ७ घर भई हाल अमेरिका निवासी कृष्ण नेपालले सो कार्यका लागि रु १५ हजार रुपैयाँ पठाउनुभएको थियो । सोही रकमबाट शनिवार आश्रममा खाद्यान्न वितरण गरिएको हो ।

खाद्यान्न वितरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति बिष्णु भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक क्षेत्रमा पनि बिभिन्न गतिबिधिहरू सञ्चालन गर्दै आइरहेको र यो पार्टी जनताको सुख दुःखको सारथी भएको बताउनुभयो ।
पार्टीका जिल्ला उपसभापति समुन गैरेले सहयोगी ब्यक्तिप्रति धन्यवाद ब्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी वास्तवमा समाज र देशको रुपान्तरणका लागि बनेको पार्टी भएको बताउनुभयो । उहाँले पार्टीले आगामी दिनमा पनि बिभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको सहभागिता रहेको थियो । शनिवार नै पार्टीको कार्यालय पनि सारिएको छ । यसअघि तानसेन बडिज्ञानटोलमा रहेको पार्टी कार्यालय लहरेपिपलमा सारिएको उपसभापति गैरेले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here