• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, June 3, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

मिसनमा स्वास्थ्य बीमा स्थगनपछि बीमितहरु मर्कामा

palpasamachar by palpasamachar
August 9, 2023
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
बीमाबारे मिसनको धारणा नआउँदै जस लिने दिनेको होडबाजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । आइतवारबाट युनाइटेड मिसन अस्पताल भुसलडाँडामा स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको छ । यसका कारण गरिव तथा विपन्न नागरिकहरुले सहज रुपमा स्वास्थ्य उपचार सेवा लिने अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन बापतको रकम समयमा भुक्तानी नपाएको, बोर्डको कम मुल्याङ्कनका कारण अस्पताल अप्ठेरोमा परेको लगायतका विषयहरुलाई लिएर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो ।
अस्पतालले स्वास्थ्य बीमा बन्द गर्न लागेको निर्णय सार्वजनिक भएपछि जिल्ला स्तरमा बहसको बिषय बन्यो । सबैले चासो दिए । गरिव तथा बिपन्न नागरिकहरुको सहुलियतका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमले पैसाको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएन ।
युनाइटेड मिसन अस्पतालले कहिलेसम्म यही स्वरुपमा स्वास्थ्य बीमालाई निरन्तरता दिन्छ ? दीगो समाधानको उपाय के हो ? लगायतका विषयमा छलफल नै भएको छैन । यसअघि पनि यहाँ समस्या भएको थियो । केही महिना अघि केही समयसम्म हालकै स्वरुपमा चलिरहेको बीमालाई मिसनले परिमार्जन गरि केही रकम बिरामीसँग उठाउने गरेको थियो । बोर्डको अनुगमन र निर्देशनपछि मिसनले बाध्य भएर पूर्ण छुट स्वरुपमा बीमा सञ्चालन गरेको थियो ।
प्याकेजमा समाधान खोज्दै मिसन अस्पताल 
स्वास्थ्य बीमा कार्यक्रम संचालनको सन्दर्भमा युनाइटेड मिसन अस्पतालले प्याकेजमा समाधान खोज्ने प्रयास गरिरहेको छ । यो अस्पताल यस क्षेत्रकै पुरानो र बिश्वसनीय अस्पतालको रुपमा रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत यहाँ दैनिक ४ सय देखि ६ सय सम्म बिरामीहरुले उपचार गराउँदै आएका छन् । अहिलेसम्म आफूहरुको माग पूरा नभएको र यही अवस्था रहे साउन २१ गतेबाट बीमा कार्यक्रम स्थगित हुने अस्पतालले शुक्रवार एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइसकेको छ । अस्पतालको यो सूचनाबाट बिमितहरू दुखी भएका छन् । अस्पतालले यही गतिमा बीमा सञ्चालन गर्दा अस्पताल आर्थिक रुपमा धारासायी हुन पुगेको भन्दै अस्पताल बन्द गर्ने की बीमा बन्द गर्ने भन्ने बिषयसम्म आइपुगेको यसअघि पत्रकार सम्मेलन गरि जानकारी गराइसकेको छ ।
के हो खास विषयः
युनाइटेड मिसन अस्पतालका निर्देशक डा. रचेल कारखका अनुसार बीमा बोर्डले उपचार बापतको रकम दाबी गर्दा कम्तीमा ३० प्रतिशत रकम कम मुल्यांकन गर्ने गरेको र बाकी रकम पनि समयमै उपलब्ध नगराउँदा अस्पतालमा आकस्मिक अवस्थाका लागि राखिएको स्रोत पनि सकिने अवस्थामा छ ।
अहिले मिसनले बीमा कार्यक्रम सञ्चालन सन्दर्भमा ३ वटा सर्त राखेको छ । पहिलो सर्त स्वास्थ्य सेवा कार्यक्रमको सेवाहरुको दररेट समय अनुसार परिवर्तन हुनुपर्ने वा स्वास्थ्य बीमाबाट सोधभर्ना नहुने रकम बिरामीहरुबाट लिन पाउनुपर्ने मिसन अस्पतालको दावी रहेको छ ।
दोस्रो अस्पतालले स्वास्थ्य बीमा बोर्डमा दावी गरेका सबै रकम बिना सर्त भुक्तानी हुनुपर्ने । तेस्रो आगामी दिनहरुमा पनि अस्पतालले गरेको दाबीहरुको रकम स्वीकृति भएको १५ दिनभित्रै हुनुपर्ने माग अस्पतालको रहेको छ । यी सर्तहरु बोर्डले कार्यान्वयन गराउन सके मात्रै बीमा कार्यक्रम संचालन हुने अस्पतालले जनाएको छ । अस्पतालले सोही बमोेजिमको पत्र शुक्रवार स्वास्थ्य बीमा बार्डलाई पठाएको छ ।
मिसनलाई स्वास्थ्य बीमा बोर्डको प्रतिउत्तर
नेपाली हेल्थका अनुसार शुक्रवार नै स्वास्थ्य बीमा बोर्डले पनि युनाइटेड मिसन अस्पताललाई पुनः पत्राचार गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाद्वारा हस्ताक्षरित पत्रमा मिसन अस्पतालका निर्देशक, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद सहित बिहीबार बोर्डमा भएको छलफल र प्रतिवद्धता अनुसार सेवा प्रवाह गर्न पुनः स्मरण गराइएको छ । छलफलमा उठेका विषयबस्तुमा क्रमबद्ध रुपले समाधान गरिने प्रतिवद्धता स्मरण गराउँदै सेवा स्थगितको निर्णयबाट पछि हटन अस्पताललाई आग्रह गरिएको छ । पत्रमा अस्पतालले उठाएका विषयबस्तुमा बोर्डबाट क्रमबद्ध रुपमा त्यस अस्पतालको समस्याहरु समाधान गरिने र सो सम्वन्धमा सेवा प्रदायक संस्थाले पुरयाउनु पर्ने आवश्यक प्रक्रिया पुरयाई अस्पतालले सहयोग गर्ने प्रतिवद्धता गरेको उल्लेख छ । स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि बीमाबाट उपचार गराउँदै आएका नागरिकहरू मर्कामा परेका छन् ।
Previous Post

देवीनगर वडाको अघिल्लो वर्षको समीक्षा र चालु वर्षको योजना सार्वजनिक

Next Post

बगनासकाली यम्घाका वडाध्यक्षलाई जरिवाना प्रकरणः अव के हुन्छ ?

palpasamachar

palpasamachar

Next Post
बगनासकाली यम्घाका वडाध्यक्षलाई जरिवाना प्रकरणः अव के हुन्छ ?

बगनासकाली यम्घाका वडाध्यक्षलाई जरिवाना प्रकरणः अव के हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version