समाचार प्रभावः बिग्रेको ट्रक हटाउन पालिकाले प्रक्रिया थाल्यो

0
415

पाल्पा । रिब्दीकोट गाउँपालिका ५ कुसुमखोलामा बिगत ९ वर्षदेखि बेवारिसे अवस्थामा ट्रकको विषयमा पाल्पा समाचार डटकममा समाचार प्रकाशन भएपछि उक्त ट्रक हटाउन रिब्दीकोट गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको छ ।

लु १ ज ५०७८ नम्बरको यो ट्रक ९ वर्ष देखि यही स्थानमा छ । न यो ट्रकका साहुँजी सम्पर्कमा छन् न त ट्रक हटाउन नै सकिएको छैन । यो ठाउँको नाम नै अहिले बिग्रेको ट्रक नाममा परिणत भएको छ । स्थानीयले मात्रै हैन यो बाटोका यात्रुहरुले समेत यहाँको लोकेशन बताउँदा बिग्रेको ट्रक भनेर बताउने गरेका छन् । यो ट्रकका कारण दुर्घटनाको जोखिम समेत रहेको भन्दै रिब्दीकोट गाउँपालिकाको फागुन १४ गतेको कार्यपालिका बैठकले एक हप्ताभित्र सम्बन्धित ट्रक धनीलाई दावी बिरोधका लागि आउनका लागि समय दिने र अन्यथा प्रक्रिया अनुसार लिलामी हुने गरी निर्णय गरी सूचना जारी गरिएको छ ।

रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले यस विषयमा आफूहरुको ध्यानाकर्षण यसअघि पनि भइसकेको र अघिल्लो साता समाचार प्रकाशन भएपछि थप ध्यानाकर्षण भई उक्त निर्णय गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् । पाल्पा समाचार डटकममा प्रकाशित यससँग सम्बन्धित समाचार ।

हुँदा हुँदै ठाउँको नाम नै बिग्रेको ट्रक भयो (पाल्पा कुसुमखोलाको आश्चर्य लाग्दो भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here