spot_img
Home Blog

यस्ता छन् माथागढीका यो वर्षका पशु विकास कार्यक्रम

0

पाल्पा । माथागढी गाउँपालिकामा पशु विकास तथा पशु उद्यम कार्यक्रम प्रभावकारी रुपमा चलिरहेको छ । माथागढी आफैमा पनि कृषि तथा पशुपालनका लागि धेरै सम्भावना बोकेको पालिकाको रुपमा रहेको छ । यो पालिकाको पशु सेवा समन्वय इकाई मार्फत पशु विकासका कार्यक्रमहरू चलिरहेका छन् ।

चालु आर्थिक वर्ष २०७९,०८० मा गाउँपालिकाबाट घाँसको बिउ खरिद तथा व्यवस्थापनका लागि रु ३ लाख ५० हजार बिनियोजन गरिएको छ । मागमा आधारित पशु कार्यक्रमका लागि ३ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसको कार्यान्वयन प्रक्रियामा छ । भकारो सुधार कार्यक्रमका लागि ३ लाख रुपैयाँ बिनियोजन गरिएको नायव पशु स्वास्थ्य प्राविधिक विक्रम गरम्जाले बताउनुभयो ।

भ्याक्सिन खरिद तथा भ्याक्सिनेटरलाई पारिश्रमिकका लागि १ लाख बिनियोजन गरिएको छ । यसको काम चलिरहेको छ । पशु पंक्षी औषधी खरिदका लागि ४ लाख बिनियोजन गरिएको छ । यसको औषधी खरिद गरि वडामा बितरण भएको र शाखा मार्फत पनि बितरण भइरहेको छ । बाख्रा पकेट कार्यक्रमका लागि ५ लाख बिनियोजन गरिएको छ । यसको पनि सूचना जारी भएको छ र अन्य प्रक्रिया बा“की छ । रेविज भ्याक्सिन तथा सचेतना कार्यक्रमका लागि ५० हजार बिनियोजन गरिएको छ । त्यस्तै प्राकृतिक नश्ल सुधार कार्यक्रमका लागि १ लाख ५० हजार गरिएको र यसको प्रक्रिया चल्दैछ । जम्मा २१ हजार ५० हजार बिनियोजन गरिएको छ ।


त्यस्तै चालु आर्थिक वर्षमै संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम ससर्तबाट कृतिम गर्भाधान मिसन कार्यक्रमका लागि ३ लाख ५० हजार, आर्थिक वर्ष २०७८,०८९ मा स्थापना भएको बाख्रा पकेट बिस्तार कार्यक्रमका लागि ७ लाख, पशु सेवा विभाग र प्रादेशिक निकायमा पशुपन्छी तथ्यांक तथा पशु सेवाका कार्यक्रमको प्रगति रिपोर्टिङका लागि २० हजार र इपिडेमियोलोजिकल रिपोर्टिङका लागि २० हजार गरि जम्मा १० लाख ९० हजार बिनियोजन गरिएको छ ।

यो वर्ष ३०८ घरधुरीका लागि ८०० केजी जैघास र १३७ केजी बर्षीय घासको बिउ बितरण गरिएको छ । छाडा छोडिएका भुसिया कुकुरमा रेबिज विरुद्ध भ्याक्सिनेसन (६० वटा कुकुरमा लगाइएको छ । त्यस्तै पशुपंक्षीका लागि खोरेतको खोप १ हजार डोज, पिपिआर १४ हजार डोज, रानीखेत ५ हजार डोज र स्वाइन फिवर ५ सय डोज लगाइएको छ । भकारो सुधार कार्यक्रम १२ जना कृषक छनौट भएको र सम्झौता भइ कार्यक्रम संचालन भएको छ । मागमा आधारित कार्यक्रमका लागि पशु आवेदन संकलनको लागि सूचना प्रकाशन गरिएको छ । बाख्रा पकेट कार्यक्रमका लागि आवेदन संकलनको लागि सूचना प्रकाशन गरिएको छ । प्राकृतिक नश्ल सुधार कार्यक्रमका लागि आवेदन संकलनको लागि सूचना प्रकाशन भएको छ । वर्षे घाँसको विउ व्यवस्थापनको कार्यक्रम निरन्तर छ ।


आगामी कार्यक्रमको नीति तथा योजना
पशुपंक्षीपालन गरि मनग्य आम्दानीको श्रोत वढाउन एक वडा एक पशुपंक्षी फर्म स्थापना गरि हरेक वडामा फर्म विस्तार गर्न जोड दिनुपर्नेछ । भौगोलिक दृष्टिकोण तथा प्राकृतिक नश्ल सुधारलाई जोड दिनुपर्नेछ । उत्पादित पशुजन्य पदार्थको बजारीकरण गर्न तथा उत्पादन रेकर्ड समेत उल्लेख गर्न सहकारी विस्तार गर्दै लग्नुपर्नेछ । यस गाउँपालिकामा बसोबास गर्ने धेरै जसो जाति मंगोलियन भएको र धेरै मात्रामा बंगुरपालन व्यवसायमा आत्मनिर्भर भएको हुदा वंगुर पकेट जस्ता कार्यक्रम संचालन गर्नुपर्दछ । स्वच्छ एवम् गुणस्तरीय दुध तथा माछा,मासु उत्पादन गर्नको निमित्त फर्म पोखरी सुधार कार्यक्रम संचालन गर्नुपर्दछ ।

कार्यक्रमको चुनौती
यस माथागढी गाउँपालिका भौगोलिक चुनौतीको रुपमा रहेता पनि यहाँ बसोबास गर्ने ४,५,६,७ र ८ नं वडाका अधिकांश कृषकहरू दैनिकी ज्यालादारी काममा संलग्न भई जिविकोपार्जन गर्दै आएको र पशुपंन्छी पेशालाई मुख्य पेशाको रुपमा अगाल्न नसकेको हुदा कार्यक्रम संचालन गर्न कठिनाई हुने भएकोले सोही बमोजिम कार्ययोजना बनाउनु आवश्यक छ ।

पशुपंन्छीमा हुने अनुदानका कार्यक्रमहरुमा लागत सहभागितामा कार्यक्रम गर्न अत्यन्तै गारो हुने र कार्यक्रम भएता पनी अनुदान लिएर गर्ने हो, मनसाय नभाको बरु अनुदान खाने हो, भन्ने मनोसाय भाको र जिम्मेवार ढंग बाट काम नगरिदिने जसले गर्दा एक वर्ष गरेको काम अर्को वर्ष प्रतिफल विहिन हुने भएकोले सोही बमोजिम कार्य सम्पादन गर्नुपर्ने अवस्था छ ।

पढ्दै तरकारी फलाउँदै रम्भाका बिद्यार्थी

0

पाल्पा । रम्भा गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग करेसावारी कार्यक्रम प्रभावकारी भएको छ । रम्भाको यो अभ्यास जिल्लामै नौलो हो । यो कार्यक्रम अन्तरगत गाउँपालिकाले विद्यालयलाई विभिन्न तरकारी बालीहरुको बिउबिजन उपलब्ध गराउँछ र विद्यालय मार्फत विद्यार्थीहरुलाई बिउ वितरण गरिन्छ ।

विद्यार्थीहरुले खाली समयको सदुपयोग गर्दै घरमा करेसाबारी तयार गर्छन् र त्यसको अनुगमन विद्यालय र पालिकाले गरि परीक्षाको प्राक्टिल बापतको नम्वर दिइन्छ । चालु आर्थिक वर्षको विद्यार्थीसँग करेसावारी कार्यक्रममा बिनियोजित बजेटबाट गाउपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बिभिन्न ९ प्रकारका तरकारीहरुको बिउबिजन वितरण गरिएको छ । यो वर्ष गाउँपालिकाले बिद्यार्थीहरुलाई ९ प्रकारका तरकारी बालीको बिउ उपलब्ध गराएको छ । फर्सी, करेला, घिरौला, सिम्ला, लौका, सिमी, काक्रा, भिण्डी, बोडीको बिउ विद्यार्थीहरुलाई उपलब्ध गराइएको हो ।

यस वर्ष गाउँपालिकाबाट उक्त कार्यक्रमका लागि ६ लाख रुपैयाँ बिनियोजन गरिएकोमा प्रक्रियागत रुपमा ५ लाख १० हजार रुपैयाँको जम्मा १ सय २७ केजी बिउलाई जम्मा २ हजार ४ प्याकेटमा बनाई बितरण गरिएको गाउँपालिकाका लेखापाल डोलराज बस्यालले बताउनुभयो । बिउ खरिद मालुङ्गा एग्रोभेट मार्फत गरिएको उहा“ले बताउनुभयो । यो कार्यक्रम रम्भा गाउँपालिकाभित्रका १६ वटा विद्यालयमा सञ्चालन गरिएको छ । गाउँपालिकाले बिउ खरिद गर्नुअघि निर्यातकर्ताले उपलब्ध गराएको सेम्पल बिउ जनकल्याण माविमा रहेको कृषि नर्सरीमा उमारेर हेरेपछि मात्रै खरिद गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो । “यसले एकातिर विद्यार्थी र अभिभावकहरुमा श्रमप्रतिको आस्था बढाउँछ भने अर्को पोषिलो तरकारी सहितको खाना सबै बिद्यार्थी अभिभावकले खाने वातावरण बन्छ ।” अधयक्ष भण्डारीले भन्नुभयो ।

अध्यक्ष भण्डारीले बिद्यार्थीहरुमा पढाईसँगै उद्यमशीलताको मनोविज्ञान बनाउने उद्देश्यले पालिकाले यो कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले अव परीक्षा पछि विद्यार्थीहरुले घरघरमा करेसावारी तयार गर्ने र त्यही करेसावारीको अवलोकन गरिसकेपछि आगामी प्रथम त्रैमासिक परीक्षामा विद्यार्थीहरुले प्राक्टिकल नम्वर पाउने बताउनुभयो ।

गाउँपालिकाले बिउ खरिद गर्नुअघि बिउको उमारशक्तिको परीक्षण गर्नका लागि जनकल्याण माविका कृषि प्रशिक्षक लक्ष्मण पाण्डेलाई जिम्मेवारी दिएको थियो । प्रशिक्षक पाण्डेले बिउको राम्रो उमारशक्ति व्यवहारिक रुपमा हेरेपछि मात्रै खरिदका लागि गाउँपालिकालाई सिफारिस गरिएको बताउनुभयो ।

विद्यार्थीहरुलाई घरमा लगेर नर्सरी राख्ने, तरकारीको बिरुवा लगाउने लगायतको विषयमा कुनै समस्या रहेमा वडा वडामा रहेका कृषि प्राविधिकहरुले सहयोग गर्नेछन् । त्यस्तै जनकल्याण माविमा कृषि सम्वन्धी पनि पढाई हुने भएकोले त्यहाँका प्रशिक्षकहरुले पनि सहयोग गर्नेछन् । रम्भा गाउँपालिकाकी कृषि शाखा प्रमुख पुजा गुरुङले कुनै समस्या भएमा वा प्राविधिक सहयोग गर्नुपरेमा कृषि शाखा र कृषि प्राविधिकहरु जतिबेला पनि विद्यार्थी र अभिभावकहरुलाई सहयोगका लागि तयार रहेको बताउनुभयो ।

रम्भा गाउँपालिकाकी शिक्षा शाखा संयोजक मिनादेवी आचार्यले यो कार्यक्रम अघिल्लो वर्ष पनि प्रभावकारी रहेको बताउनुभयो । उहाँले यो कार्यक्रमबाट विद्यार्थी र अभिभावकहरू दुवै पक्ष लाभान्वित हुने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ रानाले यो कार्यक्रम जिल्लामै नौलो भएको बताउनुभयो । रम्भा गाउँपालिकाले यसअघि गाउँपालिका भित्रका बिद्यालयका विद्यार्थीहरुको दुर्घटना वीमा समेत गरिसकेको छ ।

१० औं राष्ट्रिय परिवार योजना दिवस कार्यक्रम सम्पन्न

0

पाल्पा । १० औं राष्ट्रिय परिवार योजना दिवस ६५ औं नेपाल परिवार नियोजन दिवसका अवसरमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा दुबै दिवस एकैसाथ मनाइएको हो ।

‘परिवार योजना सेवाको लक्ष्य ः आमा र बच्चाको स्वास्थ्य सुधार्न लागौं सबै पक्ष’ भन्ने नाराका मनाइएको दिवस कार्यक्रममा परिवार नियोजन संघ पाल्पाका पूर्व कर्मचारी तथा तानसेन ११ का वडाध्यक्ष यादब सिं कार्की, दर्लमडाँडाकी महिला स्वास्थ्य स्वयसेविका कुन्ति माया बराल र संघमा कार्यरत सिनियर अनमी सरस्वती पन्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री वीरबहादुर रानाले आमाहरु स्वस्थ नभए सम्म स्वस्थ बच्चा हुर्कन नसक्ने र त्यस्तो अवस्थामा स्वस्थ समाज पनि नहुने भएकोले आमा स्वस्थ हुने बिषय महत्वपूर्ण रहेको बताउनुभयो । आमाहरु सुरक्षित नहँुदा सम्म सक्षम शिशुहरु बढ्न नसक्ने भएकोले सरकारले आमा सुरक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रमा जिल्ला संमन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रजनन् स्वास्थ्य सम्बन्धी किशोर युवाहरु जिज्ञासु रहने तर बुझ्नको लागि विद्यालयमा प्रयाप्त पाठ्यक्रमको अभाव रहेको बताउनुभयो । कार्यक्रममा तानसेन ११ का वडाध्यक्ष यादव सिं कार्की, जिल्ला संमन्वय समितिकाका समन्वय अधिकारी जनार्दन अधिकारी, नेत्र ज्योति संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका निर्देशक रचेल कारख, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सचिब यज्ञमूर्ति तिमिल्सिनाले यौन तथा प्रजनन् स्वास्थ्यको महत्वको विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक शोवाकान्त न्यौपानेले संघले जिल्लामा सम्पादन गरेका सेवा तथा काम, भएका उपलब्धी र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । यसका साथै उहाँले जिल्लाको समग्र यौन तथा प्रजनन् स्वास्थ्यको अवस्था, अवसर र चुनौतीका विषयमा सहजीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकल पर्सन टिकाराम अधिकारीको स्वागत, संघका सभापति सुशीलराज शाक्यको धन्यवाद ज्ञापन, कमल बस्यालको सञ्चालन तथा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

रैनादेवीमा सरकारी तलव खानेका बालबच्चा सरकारीमै पढाउन परिपत्र

0

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने बिषयको परिपत्र गरेको छ । यसरी सरकारी तलव खाने जनप्रतिनिधि कर्मचारीहरुलाई सरकारी बिद्यालयमै आफ्ना छोराछोरी पठाउने विषयमा निर्णय गर्ने रैनादेवी जिल्लामै पहिलो पालिका हो ।

पछिल्लो समय सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण कम हुदै गएको र गाउँका कतिपय बिद्यालयहरुमा विद्यार्थी संख्या ज्यादै न्युन हुदै गएका छन् । यसै सन्दर्भमा सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । गत २०८० बैशाख २४ गते गाउँ कार्यपालिकाले निर्णय गरेपछि यसको कार्यान्वयनका लागि परिपत्र गरिएको पालिकाका प्रमुख प्रशसकीय अधिकृत दिनेश सारुले बताउनुभयो । पालिकाले यो वर्ष निर्णय गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सकारात्मक रुपमा नैतिक दवाव पुग्ने बताएको छ । उहाँले निर्णय बमोजिम सम्बन्धित सबैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

यो निर्णयलाई आगामी शैक्षिक सत्र २०८१ देखि कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो । पालिका अन्तरगतको समग्र शिक्षा क्षेत्रलाई सुधार गर्न गरेका विभिन्न निर्णयमध्ये यो पनि एउटा महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

बुर्जुवा शिक्षा र दर्तावाल शिक्षा ऐन

0

झविन्द्र देवकोटा
म उद्बुद्ध मावि पढेका बेला जीवनाथ न्यौपाने गुरुले कक्षा ६ मा संस्कृत पढाउनु हुन्थ्यो । मुस्किलले ३ महिना पनि संस्कृत विषय पढाइ हुन सकेन । कारण थियो–माओवादी स–सस्त्र द्वन्द्व । एक हुल माआवादी कार्यकर्ता विद्यालय प्रवेश गरे । विद्यार्थीलाई बाहिर निकाले । राज्य व्यवस्थाले गरेको विभेद, अन्याय, अत्याचार, शोषण, दमनबारेमा कुर्ले । सँगसँगै तत्कालिन शिक्षा व्यवस्था विरुद्ध बुलन्द आवाज ठोके–“बुर्जुवा शिक्षा मूर्दावाद !” हामीलाई पनि हो ! बुर्जुवा शिक्षा विरुद्ध आवाज उठाउनु पर्छ । माओवादीले राज्य कब्जा गरेमा बुर्जुवा शिक्षा छिट्टै अन्त्य हुन्छ भन्ने भयो ।

अहिले जीवनाथ गुरु उमेरले ८७ बर्ष लाग्नुभयो । विद्यालयमा संस्कृत हटेको झण्डै २५ बर्ष वितिसक्यो । विद्यालयमा संस्कृत पढाएमा भौतिक कारवाहीको चेतावनी थियो । गुरुले हामीलाई सुटुक्क –“अब संस्कृत पढाउन पाइन्न । पढाए कारवाही हुन्छ । यो पहिलो परीक्षालाई मौखिक गरौला । त्यसपछि पढाउन मिल्दैन ।” केटकेटी बुद्धि, संस्कृत पढाइ नहुने भनेपछि खुसि भयौं । पछि माओवादी जनसेनाको एक टुकडीले विद्यालयमा कार्यक्रम गर्दा समेत बुर्जुवा शिक्षा अन्त्य हुनुपर्ने भाषण सुनेका थियौं । त्यसताका बोर्डिङ्ग स्कूलका अनुहार कालानिला थिए । ओठमुख सुकेको थियो । चिटचिट पसिना छुटेको थियो । दूलो छिर्ने अवस्था र्सिजना भएको थियो ।

बुर्जुवा शिक्षा अनुदार वा परम्परावादी विचार राख्ने, पुँजीपति वा उच्च कुलिन वर्गको लागि तयार पारिएको शिक्षा हो । यस्तो खालको शिक्षाले केवल पुँजीपतिको शासनको भक्ति गाउँछ । कुनै नयाँ पन दिँदैन । देशमा कुनै परिवर्तन दिन सक्तैन । यथास्थितिवादलाई जीवित राख्छ । प्राण थाम्छ । बुर्जुवा शिक्षा पुँजीपतिको भजन हो । देशमा बेरोजगारी बढाउने, सामन्ती व्यवस्था कायम राख्ने, केन्द्रीकृत एकात्मक राज्यव्यवस्था टिकाइराख्ने, देशमा व्यापक असमानता कायम राख्ने, छुवाछुद, भेदभाव, अन्याय अत्याचारको मूल जड बुर्जुवा शिक्षा हो । कलिलो मेरो दिमाखमा बुर्जुवा शिक्षा हटाउनु पर्छ र जनबादी शिक्षा लागु गर्नुपर्छ भन्ने कुरा मन जितको थियो ऊ बेला ।

देशमा ०६२,६३ सालको जनआन्दोलन पछि प्रतिनिधि सभाको पुनःस्थापना भयो । २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा भयो । २०७२ असोज ३ गते जनताका प्रतिनिधिले तयार पारेको “नेपालको संविधान–२०७२” घोषणा भयो । तर शिक्षा क्षेत्रमा भने २०२८ सालकै शिक्षा ऐनको संशोधनले काम चलाइएको छ ।

हिजो मात्रै (भाद्र२७, २०८०) मा नेपाल सरकारले प्रस्तावित शिक्षा ऐन संसदमा टेबुल गरेको छ । सामाजिक सञ्जालमा यसको पूर्णपाठ ह्वाङ्गै छ । केहीले यसको टिकाटिप्पणी शुरु गरेका छन् । यो भएन, त्यो भएन । यो चाहियो, त्यो चाहियो । यसो गरौ, उसो गरौं । शिक्षाको सरोकार राख्ने सबैले निकै चासोको रुपमा ऐनलाई हेरिएको छ ।

अहिले सरकार हिजोको बुर्जुवा शिक्षाको धज्जी उडाउनेकै नेतृत्वमा छ । जनयुद्धका बेला बोलिएका, लालसा देखाइएका र बलजफ्ती परिवर्तन गर्न खोजिएका विषयलाई संस्थागत गर्ने अवसर छ । हिजोको भाषणलाई कार्यान्वयन गर्ने सुनौलो अवसर समयले ढिलै भएपनि दिएको छ । द्वन्द्वको समयमा कस्ले कति चन्दा दियो त्यो हिसाब शिक्षकहरुसँग छ । तमाम शिक्षकबाट मागिएको चन्दाको गुन तिर्ने अवसर पनि हो यो । शिक्षकले सितैमा राज्यको पैसा खाएका छन् । यिनलाई घेराबन्दी पार्ने खालको ऐन जारी गर्नुपर्छ । छिसिक्क तलमाथि गरेमा जागिर चैट पारिदिनु पर्छ ।

राज्यले शिक्षामा गरेको लगानी अनुत्पादक बनेकाले राज्यको सबैभन्दा निम्छरो निकायका रुपमा शिक्षालाई राखिनुपर्छ । शिक्षक राज्यका निकम्बा कर्मचारी हुन । यिनलाई सेवा सुविधामा विभेद गरेपनि फरक पदैन । मान मर्यादामा कुनै स्थान दिनु पदैन । जस्ता आसय बोकेको शिक्षा ऐन पेश भएको आम शिक्षकको ठम्याइ छ यतिबेला । हिजोका शिक्षक आन्दोलनका सहमती र समझदारीलाई सुली चढाइएको छ । दर्ता भएको शिक्षा ऐनको आन्धोपान्त अध्ययन गर्दा जनबादी शिक्षाका हरफहरु नामोनिसान नदेखिनु ज्यादै दुःखद पक्ष हो । कुठाराघात हो । धोका हो जस्तो लाग्छ ।

अबको शिक्षा ऐनले क्षमतावान व्यक्तिलाई आर्कषण गर्ने नीति दिन सक्नुपर्छ । राज्यको सबैभन्दा सम्मानित पेशाको रुपमा गर्वित गर्ने खालको शिक्षण पेशा बनाइनु पर्छ । सामुदायिक विद्यालयको भौतिकमा मात्रै नभइ शैक्षिक क्षेत्रमा ठूलो लगानी गरिनु पर्छ । कक्षा ८ सम्म आइपुग्दा कुनै एक विषयमा आधारभूत सिप, कक्षा १० सम्म सोही सिपमा निखारता वा अन्य कुनै नयाँ सिप र कक्षा १२ पुग्दासम्म सिकेको सिपले विद्यार्थी बाँच्ने आधार तयार हुने खालको शिक्षा हुनुपर्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी उत्पादनमा आधारित शिक्षा दिनु वर्तमान आवश्यकता हो ।

त्यसका लागि ः
१. मानव संसाधन व्यवस्थापन र शिक्षाको तालमेल मिलाएर नीति निर्माण गर्नुपर्छ ।
२. सामुदायिक विद्यालयमा निजामती, सेना, पुलिस, शिक्षक र राज्यको तलवभत्ता बुझिलिने सबैका छोराछोरी अनिवार्य पढाउने नीति बन्नु पर्छ । नत्र तलवबृद्धि, बढुवा, सरुवा जस्ता सबै सुविधा रोकिनु पर्छ ।
३. शिक्षकको जिम्मेवार निकायमा शिक्षककै नेतृत्व हुनुपर्छ ।
४. शिक्षालाई संघको जिम्मेवारीमा राखेर नियमन गरिनु पर्छ । स्थानीय तहलाई कक्षा ८ को परीक्षा सञ्चालन गर्न समेत धौ–धौ परेको छ । स्रोत र साधन समेत छैन । स्थानीय तहको कर्मचारी माध्यमिक स्तरको प्रथम भन्दा माथिल्लो स्तरको कर्मचारी राज्यले राख्न नसके पछि स्थानीय तहको तत्काल अधिकार कटौती गरिनु पर्छ । नत्र राज्यले शिक्षा क्षेत्रमा अनेकन विकृति झेल्नुपर्ने निश्चित छ ।
५. विद्यालयको आधारभूत तहमा विज्ञ जनशक्ति व्यवस्थापन गरिनु पर्छ ।
६. माध्यमिक तहसम्मको शिक्षा पूर्ण निशुल्क र अनिवार्य बनाइनु पर्छ ।
७. राज्यका तर्फबाट शिक्षा क्षेत्रमा भए गरेका सबै प्रकारको विभेद अन्त्य गरी विभिन्न प्रकारका शिक्षकलाई एकै प्रकार बनाई आकर्षक सेवा सुविधा दिनुपर्छ ।
८. शिक्षकको तलव भत्ता कोलेनिका मार्फत मासिक रुपमै उपलब्ध गराइनु पर्छ ।
९. पहुँच, राजनीतिक आस्था, र पाउ मोलेको आधारमा नभई कामको आधारमा पुरस्कारको व्यवस्था गरिनु पर्छ । राज्यको कानुनको खिलाप हुने सबै प्रकृतिका कसुर अनुसार शिक्षकलाई दण्डित गरिनु पर्छ ।
१०. विद्यालयमा पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था, नमूना विद्यालयको मापदण्ड तयार गरी देशभरका सबै विद्यालयमा मापदण्ड लागु गर्ने, विद्यालयमा निश्चित विद्यार्थी मापदण्ड लागु गरी अहिले भएको विद्यार्थी भर्ना होडको विकृति अन्त्य गरिनु पर्ने, शिक्षकको काम गुणस्तरीय शिक्षा दिनु मात्रै हुने, अनुसन्धान र सो को कार्यान्वयन हुने खालको शिक्षा जस्ता कैयन पेटबोलीका समस्या तत्काल समाधान गरिनु पर्छ ।

समय दिनप्रतिदिन घर्केको छ । हिजो बुर्जुवा शिक्षाको नारा घन्काएर शिक्षकबाट चन्दा असुली गर्नेहरु अहिले बोर्डिङ स्कुलको लगानी कर्ता बनेको जनताको गुनासो छ । यदि यस्तै विकृति शिक्षा क्षेत्रमा रहिरहने हो भने हिजोको चन्दा फिर्ता माग्नुपर्ने दिन नआउनला भन्न सकिन्न । विभिन्न आन्दोलनका नाममा, परिवर्तनका नाममा, संविधान र कानुन निर्माणका नाममा समय र धन मात्रै खर्चेर परिवर्तन देखिने छाँट आउँदैन । यतिबेला शिक्षारुपी फलाम तातेको छ । यहीबेला बुद्धिमतापूर्वक बेजोडले हान्नुपर्ने बेला आएको छ । त्यो पनि घनले हिर्काएर लामखुट्टे मारे जसरी । शिक्षक महासंघ र शिक्षकका पेशागत संगठनहरु एकजुट भई एकातर्फ छलफल, गोष्ठी, अन्र्तक्रिया, सेमिनार र जनताका प्रतिनिधि जिल्ला–जिल्ला बोलाएर पाठ पढाएर पठाउनु पर्छ भने अर्कातर्फ सडक तताउनुको विकल्प छैन । नत्र भने शिक्षकहरुले फेरि कुनै दल, शिक्षक महासंघ तथा पेशागत संघ संगठन प्रति कुनै किसिमको विश्वास गर्ने वातावरण समाप्त हुनेछ । अस्तु !

 

 

 

 

समाचारघर साप्ताहिकको सार्वजनिकरण

0

पाल्पा । पाल्पाबाट समाचारघर साप्ताहिक पत्रिका प्रकाशन शुभारम्भ भएको छ । यसअघि बगनासकाली–८ बराङ्दीबाट प्रकाशन हुँदै आएको पाल्पा आवाज पाक्षिकलाई किसिम र नाम परिवर्तन गरी समाचारघर साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन सुरु भएको छ ।

पत्रिकाको मंगलवार तानसेनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । पत्रिका सार्वजनिक कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले पत्रकारिता क्षेत्रलाई अगाडि लैजान जिल्ला समन्वय समितिले सहकार्य गर्ने बताउँदै ग्रामिण क्षेत्रका समस्या र विभिन्न विकृतिको उठान गर्न आग्रह गर्नुभयो ।
उहाँले केही पहिलासम्म पनि पत्रपत्रिकाका पढ्ने प्रचलन बढी रहेकोमा पछिल्लो समयमा पत्रिका पढ्ने प्रचलन कम हुँदै गएकोले आम पाठकहरुको मन जित्ने गरी समय सापेक्ष विषय उठान गर्न समाचारघरलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले पाल्पाको सन्दर्भमा धेरै पत्रिकाहरु नियमित सञ्चालनका लागि अप्ठेरो परिरहेको अवस्थामा अर्को पत्रिका सञ्चालन गर्ने अठोट सहित यो समूह आउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पाल्पाको पत्रकारिता देशकै नमुना पत्रकारिता रहेकोले यसलाई कायम राख्न सबै पत्रकार र सञ्चारगृहहरुको उत्तिकै भूमिका रहने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष राजेशकुमार अर्यालले पत्रकारिता क्षेत्र पैसा तन्त्रको भक्ति र शक्तिको मुखपत्र बन्न नहुने बताउनुभयो । अर्यालले समाचारघर साप्ताहिक विकृतिको भण्डाफोर गर्ने केन्द्र बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व उपाध्यक्ष गोपाल बस्यालले पत्रिकाले समाजमा नभनिएका, नलेखिएका र नसुनिएका विषयबस्तु उठान गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रिकामा नयाँ र आम पाठकले अपेक्षा गरे अनुसारका बिषय समावेश गर्न सुझाव दिनुभयो ।

कार्यक्रम पत्रिकाका प्रकाशक दयाराज न्यौपानेको संचालन, सम्पादक सुदर्शन पाण्डेको स्वागत र प्रधानसम्पादक कमलराज तिमिल्सिनाको अध्यक्षतामा चलेको थियो ।

बरजु गुठीको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

0

पाल्पा । बरजु गुठी, पाल्पाको चौथो अधिवेशन सम्पन्न भएको छ । गुठीका अध्यक्ष सुरेशमान बुद्धाचार्यले तानसेन, पाल्पामा रहँदै बस्दै आएका शाक्य बज्राचार्य समुदायको सँस्कृति पहिचानलाई कायम गर्दै परस्पर सहयोग, सद्भाव र समझदारीपूर्ण ढंगबाट सुसंगठीत हुँदै आर्थिक र सामाजिक रुपमा यस समुदायलाई अझ बढी सबल र समृद्ध बनाउने मूख्य उद्देश्यकासाथ बरजु गुठीको स्थापना भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी सह–प्राध्यापक डा.कविन्द्र बज्राचार्यले कलात्मक पानसमा दीप प्रज्वलन गरी विशिष्ट अतिथि चुडाकर्म ब्रर्तमण्ड संघ, श्री धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यको उपस्थितीमा समारोहको विधिवत् समुद्घाटन गर्नु भएको थियो ।

समारोहमा कोषाध्यक्ष धिरज बहादुर बज्राचार्य र महासचिव दिनेश बहादुर बज्राचार्यबाट गुठीको बर्ष दिनको आयव्यय प्रतिवेदन एवं बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरीए पछि तानसेन, पाल्पाका शाक्यबज्राचार्य समुदायका ज्येष्ठ नागरिकव्दय आजु चुनुलाल बज्राचार्य (८९ बर्ष) र श्रीमति कमल मायाँ शाक्य (८८बर्ष), खेलकूद क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व महेशमान बज्राचार्य, शैक्षिक, सामाजिक, एवं बुद्ध धर्मको विकास र विस्तार लगायत नेपाल भाषा, साहित्य, संस्कृतिका साथै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनु भएका कुशल नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नु भएका बौद्ध विद्वान छत्रराज शाक्य, कलाकारीता क्षेत्रमा विशेषत योगदान पु¥याउनु भएका हरि बहादुर बज्राचार्य, बिनय राज बज्राचार्य लगायतलाई सम्मान गरिएको थियो ।

गुठीका उपाध्यक्ष प्रविन बज्राचार्य, का.स.सदस्यहरु धिरज बहादुर बज्राचार्य, पुरन बहादुर बज्राचार्य, नारायण बहादुर बज्राचार्य, विरेन्द्रराज शाक्य, महेशलाल शाक्यलाई र गुठीको २ वर्षिय कार्यकाललाई सफल बनाउन विभीन्न गतिविधीहरुमा सकृय भुमिका निभाउनु भएका कार्यसमिति पदाधिकारी सदस्यहरुलाई प्रशंसापत्रका साथ खादा एवं उपहार स्वरुप बुद्ध प्रतिमा प्रमुख अतिथी एवं अध्यक्षबाट प्रदान गरीएको थियो ।

त्यस्तै गरि गुठीको आर्थिक पक्षलाई दरिलो बनाउन सहयोग गर्नु हुने २८ जना श्रद्धावान व्यक्तित्व र गुठीले स्थापना गरेको बुद्ध जयन्ती खीरदान अक्षयकोषका लागि आर्थिक श्रद्धादान प्रदान गर्नु हुने ३७ जना श्रद्धावान व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने प्रमुुख अतिथि डा.कविन्द्र बज्राचार्यलाई गुठीका अध्यक्ष सुरेश मान बुद्धाचार्यबाट मैत्री उपहार प्रदान गरिएको थियो भने सोही कार्यक्रममा कार्य समिति परिवारबाट पनि अध्यक्ष सुरेश मान बुद्धाचार्यलाई मैत्री उपहार समेत प्रदान गरिएको थियो ।

प्रमुख अतिथी डा.कविन्द्र बज्राचार्यले सारगर्भित धर्मचर्चा प्रवचन गर्नु हुदै बरजु गुठीलाई आप्mनो उद्देश्य अनुरुप गरिएको कार्यहरुको प्रशंशा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । समारोहमा सम्मानित व्यक्तिहरुको तर्पmबाट छत्रराज शाक्य, बौद्ध संघसंस्थाहरुको तर्पmबाट ज्ञानमाला सभा महाचैत्य विहार तानसेन, पाल्पाका अध्यक्ष मनिन्द्र प्रसाद बज्राचार्य, गुठीका निवर्तमान अध्यक्ष केशवलाल बज्राचार्य, विशिष्ट अतिथि विरेन्द्र काजी शाक्यले समेत गुठीका गतिविधीहरुको सह्राहना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

समारोहमा उपाध्यक्ष प्रविन बज्राचार्यले अध्यक्षको अनुमतिबाट कार्यक्रम सफल बनाउन सबैलाइ धन्यवाद व्यक्त गर्नु हुदै समुद्घाटन सत्र समापन भएको घोषणा गरेका थिए । समुद्घाटन समारोह पश्चात संचालित बन्द सत्रमा सम्पन्न गरीएको निर्वाचनमा गुठीको आगामी २ बर्षिय कार्यअवधिको अध्यक्ष पदमा प्रविन बज्राचार्य, उपाध्यक्ष पदमा दिनेश बहादुर बज्राचार्य, महासचिवमा धिरज बज्राचार्य, कोषाध्यक्षमा ज्ञानेन्द्र काजी शाक्य, सचिवमा बसन्तलाल बज्राचार्य र कार्य समिति सदस्य पदमा क्रमशः महेशलाल शाक्य, सुरज बज्राचार्य, नारायणबहादुर बज्राचार्य, संजयराज शाक्य विरेन्द्रराज शाक्य, राजेश बज्राचार्य, पुरनबहादुर बज्राचार्य, राजेन्द्रबहादुर बज्राचार्य, महेशमान बज्राचार्य र सुरन बहादुर शाक्य निर्विरोध निर्वाचित हुनु भएको छ भने सुरेश मान बुद्धाचार्य निवर्तमान अध्यक्षका रुपमा रहनु हुनेछ ।

बन्द सत्रमा महासचिव र कोषाध्यक्षबाट प्रस्तुत बार्षिक आयव्यय तथा प्रगति प्रतिवेदनलाई सर्वसम्मतिबाट अनुमोदन गरीएको थियो । बन्द सत्रमा बरजु गुठीबाट आगामी दिनहरुमा सदस्यहरुको हित हुने लगायत समाज उपयोगी विभीन्न गतिविधीहरु संचालनका लागि सदस्यहरुबाट प्रस्तावहरु प्रस्तुत भएका थिए ।

त्यस्तै गरी उक्त अधिवेशन कार्यक्रम पश्चात गुठीको पद हस्तान्तरण कार्यक्रम भएको थियो । गुठीका सल्लाहकार बिनय राज बज्राचार्यले गुठीले गरेको कार्य प्रसंशा सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अधिवेशनबाट आगामी आ.व. २०८०–०८२ का दुइ वर्षिय कार्य अवधिका नयाँ अध्यक्ष प्रविन बज्राचार्यले गुठीलाई अझ सबल र समृद्ध बनाउन विगतका अध्यक्षहरुबाट भए गरेका कार्यहरुलाइ निरन्तरता दिने र बाँकी योजनाहरु पुरा गर्नुका साथै कार्यसमिति पदाधिकारी सदस्यहरुसँग छलफल गरी कार्य योजना अनुसार गुठीको विकास प्रवर्दनमा उल्लेखनिय कार्य गरिने प्रतिबद्धता जाहेर गरी पद हस्तान्तरण कार्यक्रम समापन गरिएको थियो ।
सुरेश बुद्धाचार्यको सहयोगमा

आँखा अस्पतालका कर्मचारीलाई तालिम

0

राजेन्द्र लिगल । पाल्पा

लुम्बिनी  नेत्र विज्ञान अध्ययन संस्था भैरहवाको सहयोग  र पाल्पा  लायन्स लाकौल आँखा अस्पतालको आयोजनामा   कर्मचारीका लागि एकदिने अस्पतालको गुणस्तर  वृद्धि  सम्बन्धी तालिम  तानसेनमा सम्पन्न  भएको  छ ।

तालिममा  नेत्र विज्ञान अध्ययन संस्थाका  डाक्टर  कविन्द्र बज्राचार्य  र सस्थाका प्रबन्धक  प्रकाश  रायमाझीले सहजीकरण गर्नुभएको थियो । अस्पतालको स्तरोन्नति गर्न कर्मचारीहररूको महत्वपूर्ण  भूमिका हुने भएकाले बिरामीप्रति राम्रो  व्यबहार  गर्नुपर्ने डाक्टर बज्राचार्यले बताउनुभयो ।

अस्पतालको  ड्युटी  इमानदार  र कर्तव्यनिस्ठ हुनसके अस्पतालको प्रगतिमा थप बल पुग्ने  उहाँले बताउनुभयो ।

अस्पतालमा  आएका बिरामीलाई गरिब वा धनी, बजार  र गाउँले भनेर  नछुटाइ सबैलाई समान व्यबहार  गर्नुपर्ने प्रबन्धक रायमाझीले बताउनुभयो । तानसेनमा भएको तालिममा कालीगण्डकी  आँखा उपचार केन्द्र रामपुर , तिनाउ आँखा उपचार केन्द्र  दोभानका गरी  ३० जना प्राविधिक  कर्मचारीहरूको सहभागिता रहेको  थियो ।

पाल्पा अस्पतालका सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर सुचेन पुनले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष भीमसेन कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव राजेन्द्र  लिगलले संचालन गर्नुभएको थियो ।

पाल्पा समाज जापानको अधिवेशनको तयारी

0

पाल्पा । पाल्पा जिल्लाका बिभिन्न स्थानमा घर भई हाल जापानमा रहँदै आउनुभएका पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशनको तयारी अगाडि बढेको छ ।

टोकियोको शिनओकुबोमा रहेको बारकाडे रेष्टुरेन्टमा आगामी अक्टुबर ८ तारिखमा अधिवेशन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उक्त अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले बताउनुभयो ।

समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई समाजले एकताबद्ध गराउँदै आएको बताउनुभयो । उहाँले प्रवासमा आइपर्ने समस्याहरुको संस्थागत समाधान तथा गृह जिल्लामा दुखसुखमा साथ दिने गरी सन् २०१६ मा समाजको स्थापना गरिएको उहाँले बताउनुभयो । समाजले हालसम्म थुप्रै मानवीय सहयोग लगायतका अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको उहाँले बताउनुभयो ।

ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक हरेक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार–प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमलाई अधिवेशनले मुर्तरुप दिने बताईएको छ ।
अधिवेशनमा उत्साहजनक सहभागिताका लागि समाजले जापानका विभिन्न सहरहरुमा छरिएर रहेका पाल्पालीहरुलाई समाजले अनुरोध गरेको छ ।

बोटे जातिका ज्युँदो इतिहास दैलातुङका गजवीर

0

यज्ञमूर्ति तिमिल्सिना
सधै सुनसान जस्तै हुने दैलातुङका गजवीर बोटेको घरमा २०७९ फागुन २८ गते बिहानै देखि उत्साह थियो । गजवीर बोटे ८४ वर्ष पुग्नुभयो । उहाँको चौरासी पुजाका निम्तारीहरू आउने जाने क्रम चलिरहेको थियो । बगनासकाली गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित हामी पनि गजवीरको चौरासीमा सहभागी हुन गजवीरको घरमा पुगेका थियौ ।

घरमा निम्तारीहरुको ठूलै जमघट थियो । जेष्ठ नागरिकदेखि बालबालिकासम्म निम्तो मान्न आएका थिए । बोटे जाति मात्रै हैन ओल्लो पल्लो गाउँका हरेक जसो घरका निम्तारीहरू थिए । गजवीर यस क्षेत्रकै अल्पसंख्यक बोटे जातिको ज्यँुदो इतिहासको रुपमा रहनुभएको छ । गजवीर बोटेलाई सामाजिक क्षेत्रबाट एउटा असल अभिभावकको रुपमा चिन्छन् । गजवीर पाल्पाको बोटे जातिबाट ८४ पूजा गर्ने सम्भवतः पहिलो व्यक्तिको रुपमा रहनुभएको छ ।

को हुन् गजवीर
गजवीरको जन्म वि.सं. १९९७ फागुन १० गते हालको बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङमा भएको हो । बुवा रनबीर र आमा नर्मती बोटेका ६ भाई छोरा मध्ये जेठा छोरा हुन् गजवीर । उनका २ दिदी बहिनी पनि थिए ।

गजवीरका बुवा रनवीर पनि कालीगण्डकी नदीमा डुंगा तार्ने काम गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो मोटरबाटो र पुल थिएन । कालीगण्डकी वारी पारी गर्ने एक मात्र बिकल्प डुंगा नै थियो । १३ वर्षको उमेरदेखि अर्थात् २०१० देखि गजवीरले पनि डुंगा तार्ने काम थाल्नुभयो । त्यतिबेला एक जनालाई गण्डकी तार्दा गजवीरले २ पैसा पाउनुहुन्थ्यो । टाढाबाट आएका बटुवाले पैसा दिन्थे भने गाउँ नजिकका ब्यक्तिहरुबाट उहाँ बार्षिक बाली उठाउनुहुन्थ्यो । त्यो क्रम निरन्तर १२ वर्ष अघिसम्म चल्यो । १२ वर्ष अघि उहाँले डुंगा तारेको एकजनासँग २० रुपैयाँसम्म लिनुहुन्थ्यो । डुंगा बनाउनका लागि धेरै टाढाटाढासम्म पुगेको गजवीरको अनुभव छ ।

गजवीरले आफ्नो जीवनका ५९ वर्ष कालीगण्डकीमा डुङ्गा वारी पारी गरेरै बिताउनुभयो । त्यतिबेला दैलातुङमा ५ वटा डुङगा थिए । अन्य ४ डुंगा अलि पहिल्यै बिस्थापित भएपनि गजवीरले भने अन्तिम समयसम्म पनि डुंगा तार्ने काम गर्नुभयो । स्याङजा र पाल्पाको संगमस्थलमा रहेको कालीगण्डकी नदीमा उहाँले दैनिक ३०÷३५ जनालाई डुङ्गाबाट वारीपरी गराउनुहुन्थ्यो । त्यसैको आम्दानीबाट उहाँको गुजारा राम्रै्र चलेको थियो । स्थानीय कालीगण्डकी नदीमा झोलुङगे पुल बनेपछि उहाँ डुङ्गा चलाउने पेशाबाट बिस्थापित हुनुभयो ।

दैलातुङ गाउँ कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटेको मुख्य पेशा नै डुंगा तार्ने थियो । दैलातुङदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मान्छेहरू कालीनदी तरेर आउने जाने गर्थे । बोटे समुदायकै अगुवाको रुपमा रहनुभएका गजवीरको डुङ्गा वारीपारी गराएर मान्छे तार्ने मात्रै हैन व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा पनि महत्वपूर्ण भूमिका छ । पञ्चायतकालमा जनतापक्षबाट अगुवाई, २०४७ मा बहुदलको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलनमा पनि गजवीर सक्रियतापूर्वक लाग्नुभएको थियो । “धेरै व्यवस्था बदलियो तर अवस्था फेरिएन ।” गजवीरले भन्नुभयो । उहाँका ७ भाई छोरा र ५ छोरी छन् । सबै जनाको बिहेबारी भयो र सबै आ–आफ्नै कर्ममा छन् ।

गजवीरलाई स्थानीय समुदायले पनि श्रद्धापुर्वक हेर्छन् । उहाँले दैलातुङमा रहेर निरन्तर सामाजिक सेवामा दिएको योगदान महत्वपूर्ण रहेको स्थानीय अगुवाहरुको भनाई छ । स्थानीय समाजसेवी पुरुषोत्तम पाण्डेले गजवीर बोटे जातिको मात्रै नभएर सिंगो समाजकै पहिचानको रुपमा रहनुभएको बताउनुभयो ।

गजवीरले पढ्नका लागि विद्यालय जाने अवसर त पाउनुभएन तर गाउँमा बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना अहिले पनि बाड्दै हिड्नुहुन्छ । यद्यपी यहाँका बालबालिकाहरुलाई माध्यमिक तहको शिक्षा लिनका लागि झण्डै देढ घण्टाको उकालो निस्कनुपर्ने अवस्था छ । माध्यमिक विद्यालय टाढा भएकै कारण बोटे बालबालिकाहरुले आधारभुत तहको कक्षा सकिएपछि कक्षा छोड्ने दर बढी छ । अन्य जातिको तुलनामा बोटे जातिको जन्मदेखि मृत्युसंस्कार धेरै पृथक छ । यी सबै संस्कारहरुबारे बारेमा गजवीर अनुभवी हुनुहुन्छ । संस्कार संस्कृतिबारे अलमल भएमा दैलातुङका मात्रै नभएर दर्पुक र अन्य गाउँका बोटेहरुले पनि गजवीरसँग सल्लाह लिने गर्छन् ।

बगनासकालीमा बोटे जातिको अवस्था
बगनासकाली गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र वडा नं. ६ स्थित यम्घाको दर्पुकमा बस्छन् सीमान्तकृत बोटे समुदाय । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका १७ घर छन् । त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसंख्या १२० छ भने दर्पुकमा यो समुदायको जनसंख्या ३ सय ५० छ । हुन त यी दुवै गाउँमा ब्राह्मण, मगर समुदायको पनि बसोबास छ तर बोटे समुदायको रहनसहन र सांस्कृतिक पहिचान भने बेग्लै छ । यहाँमात्रै हैन, पाल्पाको तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।

२०६८ सालको जनगणनाअनुसार पाल्पामा यो जातिको जनसंख्या ८ सय ३ छ । जसमा महिलाको संख्या ४ सय ३९ छ भने पुरुषको संख्या ३ सय ६४ छ । पाल्पाको कुल जनसंख्या २ लाख ६१ हजार १ सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसंख्या भने ०.३१ प्रतिशत हुन आउँछ । त्यस्तै ६ सय ७१ बोटेले मातृभाषा बोल्छन् । कुल जनसंख्याका आधारमा मातृभाषा बोल्नेको प्रतिशत ०.२६ छ ।

अन्यत्रका बोटे जस्तो यहाँका बोटेले गण्डकी किनारमा सुन खोज्ने काम गर्दैनन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा भारत गएका छन् । छिमेकमा रहेका ब्राह्मण, मगर समुदायका व्यक्तिका घर र बोटेका घर त्यसै पनि फरक छन् ।

२ वर्ष अघि जनता आवास कार्यक्रम अन्तरगत गजवीर सहित केही बोटेहरुको २ कोठे घर बनाइएको छ । जनता आवासबाट निर्मित २ कोठे टिनको छानोयुक्त घरमा गजवीर आफ्नी पत्नीको साथमा बस्दै आउनुभएको छ । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर टिनको छानो लगाइएपनि टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदूरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।

हुन पनि २० वर्षपहिले दैलातुङमा ३६ घर रहेका बोटे अहिले घट्दै गएर १७ घरमा सीमित भएका छन् । दर्पुकमा भने बोटेहरूको बसाइँ सराइ खासै छैन । कमाउन सक्ने जति कोही भारत गए, कोही नेपालकै विभिन्न ठाउँमा पुगेका छन् । कालीगण्डकी नदीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा संकटमा परेपछि यहाँका बोटे समुदायका मानिस हातमुख जोर्नका लागि गाउँ छाड्दै गएको गजवीरको भनाई छ ।

अझै अवसर मिले डुंगा तार्छु–गजवीर
उमेरले ८४ पुग्दा बुढ्यौलीले गजवीरको शरीर कुप्री भइसकेको छ । कुप्री शरीर लठ्ठीको साहाराले उहाँ हिड्डुल गर्नुहुन्छ । करिव २० वर्ष अघि पर्यटकहरुलाई कालीगण्डकीमा डुंगा तार्न जाने क्रममा लडेर ढुंगाको कापमा परेपछि उहाँको ढाडमा समस्या भएको थियोे । उपचार पनि गर्नुभयो पछि उहाँको ढाडमा सुधार भएन कुप्री नै भइरह्यो । गजवीरले भन्नुभयो–“ अझै पनि वातावरण मिल्यो भने डुंगा तार्न सक्छु ।”
–नेतृत्व राष्ट्रिय त्रैमासिकबाट साभार

 

 

 

गौ बंश हत्याको विरुद्धमा तानसेनमा र्‍याली तथा सभा सम्पन्न

0

पाल्पा । गौ बंश हत्याको विरुद्धमा आइतबार तानसेन शान्ति सद्भाव र्‍याली तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ पाल्पाको नेतृत्व र ओमकार परिवारको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

देशमा गौ हत्या अन्त्य हुनुपर्ने, गौ हत्या सम्बन्धि बनेको संवैधानिक कानूनको पूर्ण पालना हुनुपर्ने, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामजिक सद्भाव कायम गर्नुपर्ने लगायतका नारा सहित र्‍याली निस्केको थियो । तानसेनको टुँडिखेलबाट सुरु भएको याली नारायणस्थान हुँदै हुलाक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
धरान लगायत देशका विभिन्न ठाउँमा भएको गौ हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताउनुभयो । हिन्दु धर्मका प्रचारक बाबा योगिराजले हिन्दुहरुको आस्थामाथी प्रहार गर्ने खोजिएको बताउदै त्यसो नगर्न आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा धार्मिक अभियान्ता अभिषेक जोशीले नेपालको संबिधानले बर्जित गरेको काम गर्दा समेत सरकार मुखदर्शन बनेको आरोप लगाउनुभयो ।सभामा विष्णु ज्ञवाली, विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य भिमलाल भट्टराई, मालती पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो । डम्बर गैरेको स्वागत रहेको कार्यक्रमको संचालन पुरुषोत्तम अर्यालले गर्नुभएको थियो ।

सेन्ट कपितानियोमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

0

पाल्पा । कपितानियो स्काउट ट्रुप तानसेन पाल्पाको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सेन्ट कपितानियो स्कुल तानसेनको सभाहमा सम्पन्न भएको छ । जिल्लाका ८ वटा विद्यालय सहभागिता रहेको प्रतियोगितामा रामपुर ईङ्लिस बोर्डिङ स्कुलमा संचालित स्काउट ट्रुप प्रथम भएको छ । त्यस्तै बेथल स्काउट ट्रुप द्धितिय र माउन्ट भ्याली स्काउट ट्रुप तृतीय भएका छन् ।

बिजयी समूहलाई पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समति सदस्य तथा पाल्पा इन्चार्ज जीवन आचार्यले पाल्पा स्काउटको विकासमा निरन्तर क्रियाशिल रहेको बताउनुभयो । उहाँले हाल ३० भन्दा बढी विद्यालयमा स्काउटिङ् गतिविधि संचालन रहेको र २०८० भित्रमा १०० वटा बढी स्काउट ट्रुप बनाउने योजना रहेको बताउनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि सहित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि तानसेन नगरपालिका स्काउट संयोजक माधव खनालले स्काउटले शिक्षा क्षेत्रको किवासमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । प्रतियोगिता सेन्ट कपितानियो स्कुलका प्रिन्सिपल सिस्टर एनिस जोसेफको अध्यक्षता र स्काउट मास्टर अप्सरा न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।