पदम न्यौपाने
हैन हो (पंक्तिकारलाइ सम्वोधन गरिएको नाम) जी नेपालको शिक्षा इतिहासमा पाल्पाको स्थान उच्च स्थानमा छ भनिन्छ तर तपाइको पाल्पामा त्यो शैक्षिक इतिहास, त्यसको गरिमा र वजनको प्रभाव देखिएन किन हो ? जवकी त्यो प्रभाव राष्ट्रिय स्तरमा दमदार देखिन्छ त किन हो ?? मेरो प्रतिप्रश्न वा जिज्ञाशा थियो किन र ? उ मेरो अनन्य मित्र भएकोले खुलेर कुरा हुन्छ । यसर्थ विना हिचकिचाहट उस्ले भन्यो – हेर त पाल्पाको सम्भावनाका वारेमा कुनै अभियानमुखी सोच राखेर अग्रसरता प्रदर्शन गरेको कहिले देखिएन ।
हाल सम्म जिल्लाको विकास कालागि जिम्मेवार बनेका, स्थानीय पालिकाको जिम्मेवारी लिएका र प्रदेशमा प्रतिनिधित्व गर्नेहरु (सवैको नाम लिएर गरिएको टिप्पणी सान्दर्भीक भएपनि यहाँ उल्ल्ोख गर्नु उचित लागेन र गरिएको छैन)को सोच र पहल हेर्दा मलाइ लाग्यो कमजोर छ । हो म पनि यसवारे केही हदसम्म सत्य मान्दछु किनकी राम्रो नराम्रोको भेद वारे स्पष्ट हुन नसकेको र त्यसवाट प्रभावीत मेरो मनका वारेमा अन्य कसैले अन्दाज गर्न भने सक्दैनन् ।
उसको टिप्पणी व्यक्तिगत भएपनि यसमा सान्दर्भीकता चाही छ । यही जिज्ञासाका पृष्ठभूमिमा मेरापनि केही जिज्ञासाहरु उठ्न थालेका छन् । लामो समय सम्म पाल्पा वाहिर बसेर पाल्पाका वारेमा चासो राख्दै आएपनि केही वर्ष अगाडी देखी भने नजिकवाट हेर्न र हेर्नुमात्र नभइ पाल्पाको विकास अभियानमा सक्रियतापूर्वक सहभागिताकालागि पहल गर्न सुरु गरेदेखी यस्ता जिज्ञासा पनि आउन थालेका छन् । यहाँ यो पत्तिंकारको सक्रियतामा उठाइएका दर्जन बढी पहलहरुका सन्दर्भमा प्राप्त रेष्पोन्सका केही उदाहरणका सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयत्न गरिएकोछ ।
पंक्तिकारको मान्यता छ इच्छा शक्ति भए संसारमा असम्भव भन्ने केही हुदैन र छैन पनि । यही मान्यता अनुरुप सामाजिक वा सार्वजनिक जिवन दर्शन पनि बनाएको व्यक्ति हो यो । विशेषगरी पाल्पामा विकासका सन्दर्भमा हुने बहश र त्यसकालागि लिइने वा व्यक्त गरिने चासो र धारणाले भने कहिलेकाही विचलित बनाउने गर्छ । तर पनि प्रतिप्रश्न रहन्छ केही गरांै वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्तावमाथी देखाइने उदाशिनता सुध्रीएर जानेछ त ? मन भन्छ यो सम्भव छ किनकी पाल्पाले आशा, भरोषा र विश्वास गर्दागर्दै निकै लामो समयको मूल्य चुकाउनु परेको पिडा व्यहोरी सकेकोछ ।
टिप्पणीकारले यहाँ उल्लेख गरेका केही प्रतिनिधिमूलक उदाहरण र जिज्ञासाहरुबाट उत्तर खोजीएकोछ की केले, केकालागि र कस्कालागि ? यस्ता सोच विचार र अवधारणा लिएर हिड्न प्रेरित के ले गरिरहेकोछ । विश्वास छ यसको जवाफ कृयाकलापवाट पाउने अपेक्षा गरिएकोछ पनि छ ।
उदाहरण नं. एक
रानीघाट दरवार या रानीमहल पाल्पाको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र योगदान गर्ने सम्पदा हो । यो दरवार वा महलको परिचय भनेको भौतिक संरचना मात्र होइन । यसको भावनात्मकता , इतिहास र निर्माणकर्ताको व्यक्तिगत वा पारिवारीक जिवनसंग जोडीएको प्रेमिल कल्पना अनुरुपको सांस्कृतिक सम्पदा पनि हो । अहिले त्यहा पुग्नेले यो हेर्न , देख्न र पढन पाएको अवस्था छैन् । यो पत्तिंmकारकै सक्रियतामा यही भावना अनुरुप दरवारको अस्थिपंजरमा प्राण भर्ने स्वयसेवी कार्यकालागि नगरपालिका समक्ष प्रस्ताव गरिएको समयले झण्डै २ वर्ष काटी सकेकोछ । नगरप्रमुख यो प्रस्ताव प्रति सकारत्मक र उत्साही भएपनि हाल सम्म केही प्रगती देख्न र सुन्नमा आएको छैन ।
कारणको खोजी गर्दा जानकारी प्राप्त भयो नगरप्रमुखद्धारा प्रस्तावकको समूहलाइ जिम्म्ोवारी प्रदान गर्ने वारे एउटा वैठकमा राखिएको प्रस्तावमा उहाँकै केही सहयात्रीहरुले असहमती जनाइ आफै गर्न सक्छौं भन्ने निष्कर्ष सुनाइएको थियो रे । तर अहिले सम्म यसवारे कुनै पहल गरेको देखिदैन । यसवाट नगरपालिकाले दरबारको सौन्दर्यता र आकर्षण थप्न पहल गरेको देखिएन, आकर्षण बढ्दा आम्दानीमा पनि उल्लेख्य बढोत्तरी हुने थियो सो समेत गुमायो, महल निर्माणको भित्रि रहश्यको अनुभूति महशुस गर्न पाउने अवसर अवलोकन कर्ताले गुमाएका मात्र होइनन् सो स्थानका वारेमा नयाँ प्रडक्टहरु पनि परिचयमा आउने सम्भावना पनि हुनछ र थियो पनि । तर यो डेढ वर्षको अवधिमा त्यहाँ सो सम्वन्धमा के के गरियो देख्न पाइएको छैन । अनि जिज्ञासा आयो सो प्रस्तावका सन्दर्भमा कस्ले किन र केकालागि र कस्कालागि यसो गरियो ? यो र यस कदम वाट के प्रतिफल प्राप्त भयो ?
नपाले राम्रो अवसर गुमाएको यो एउटा गहकीलो उदाहरण हो ।
उदाहरण नं. दुई
पर्यटन क्षेत्रमा सम्पदा पर्यटनमा जसरी आकर्षण बढेकोछ त्यसरीनै अर्को आकर्षक क्षेत्र खेल पनि बन्दै गएको छ । पाल्पाको पर्यटनमा ठूलो योगदान र भूमिका निर्वाह गर्ने अर्को यो महत्वपूर्ण क्षेत्रको सम्भावना पनि त्यत्तिकै छ भनेर नै यही पंतिकार लगायतको विशेष चासोमा स्थानीय टुडिखेल मैदानको व्यवस्थापन नीजि क्षेत्रलाइ प्रदान गर्नुपर्छ भन्ने प्रस्ताव नगरपालिका समक्ष गरिएको थियो । टुडिखेल साझा हो , नगर वा वजारको शोभा हो, आमदानीको माध्यम हो । विकासको तश्विर हो । यही आधारमा नगरपालिका समक्ष टुडिखेल व्यवस्थापन प्रस्ताव गरिएको थियो । यो प्रस्तावले टुडिखेलको व्यवस्थापनवाट पाल्पाका अन्य मैदान वा स्थानहरुमा खेल विकास र यही माध्यमवाट पर्यटन प्रवद्र्धनको रणनीतिक लक्ष्य राखिएको थियो ।
टुडिखेलमा विशेषगरी फूटवल खेलकालागि सोही अनुरुपको मैदान तयार पार्ने हिसावले नयाँ घांस रोपण गरिएकोछ । अत्यन्त महगों मानिने यो घांसको निरन्तर रेखदेख ,स्याहार सुसाहार गरिएन भने लगाइनुको औचित्यपुष्टि हुन सक्दैन भनेर नै व्यवस्थापनको जिम्म्ेवारी सन्दर्भमा स्पष्ट हुनुपर्ने भनि नगरपालिका समक्ष प्रस्ताव गरियो — यो मैदानले स्थानीय अर्थतन्त्रमा समेत चलायमान ल्याउने हुनाले तानसेन र सेरोफेरोमा खेल क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान गर्ने निश्चित छ । यसर्थ टुडिखेल व्यवस्थापन रणनीतिबाट प्रदेश स्तरिय खेल मैदान निर्माण ,स्टेयिम निर्माणकोलागि श्रोतको परिचालन गर्न सम्पर्क समन्वय गर्ने गरी नगरपालिकाकै सक्रियतामा खेलकुद क्षेत्रकै संघहरुद्धारा गठीत समूहलाइ एउटा कार्यविधि अनूरुप हस्तान्तरण सम्झौता गर्न अनुरोध गरिएको थियो । नगरप्रमुखको यसप्रतिको सकारात्मक धारणा सुन्नमा आएपछि जिल्ला फूटवल संघ पाल्पाको अगुवाइमा टुडिखेल व्यवस्थापन सहमतिकालागि छलफल प्रकृया अगाडी बढाइयो । तर यो प्रस्तावमा छलफल गर्ने व्यवस्थापन हस्तान्तरण कार्यविधि निर्माणकालागि आयोजित भेलानै असफल बनाइयो र नपा प्रतिनिधि रहेको एउटा आन्तरिक टोलीले नै व्यवस्थापन गर्ने गरी समूह बनाइयो । ततपश्चात यस समूहले के के ग¥यो र गरिरहेको भन्नेवारे सार्वजनिक जानकारी आइसकेको छैन यो समय पनि एक वर्ष भन्दा बढी भैसक्यो । टुडिखेलको हालत अहिले जो कसैले प्रस्टसंग देखिरहेका छन् ।
यो प्रस्तावको उद्धेश्य वारे यहाँ संक्षेपमा जानकारी गराउन जरुरी देखिन्छ । टुडिखेलको व्यवस्थानवाट तानसेनमा निरन्तर विभिन्न विधा र प्रकृतिका प्रतियोगिता आयोजना हुन्थ्यो , पाल्पाका विभिन्न स्थानमा भएका खेल मैदानको उपयोगका पृष्टभूमिमा परियोजना र कार्यक्रम बन्ने थिए । तानसेन वजारमा बढेको आर्थिक शिथिलतामा गतिल्याउने काम गर्दथ्यो । वातावरण र मौसम अनि पहूचका हिसावले पाल्पाले प्राप्त गरेको कम्तीमा प्रदेशस्तरको खेलमैदानकालागि आवश्यक लगानी र आकषर्ण थपिने थियो । त्यति मात्र होइन टूडिखेल र मेहल्धारा विचमा रहेको खोल्साको अधिकतम उपयोग रणनीति तय गरी खेलसम्वद्ध नीति बन्ने थियो र निजिक्षेत्रको लगानी प्रवद्र्धन हुने थियो । तर यो बहसनै हुन पाएन । अनि प्रश्न वा जिज्ञासा आउछ,
यसैगरी पाल्पामा नयाँ खेल पर्यटनको सम्भावना देखाएको विधा विच भलिवल पनि हो । नेपाल पर्यटन वोर्डले समेत सम्भावना देखाएको र स्थानीय नगरपालिका र बगनाश गाउंपालिकाको संयुक्त संकल्प र प्रतिवद्धता रहेको यस वारे चर्चानै गर्न छोडीएको छ । रानीमहल क्षेत्रमा यसका वारेमा सम्भवना भएर नै २ वटा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिएका हुन् । संस्थागत प्रतिवद्धता जनाइएको यो खेलका वारेमा स्थानीय पालिकाका खेलकुद समितिहरुले छलफल चलाएका वा कार्यक्रम वनाएका छन् वा छैनन् सुन्नमा आएको देखिदैन । अनि प्रश्न वा जिज्ञासा आउछ, सो सफल परिक्षण र्भसकेको प्रस्तावका सन्दर्भमा कस्ले वा रोकको छ के ले वा रोकिन्छ के कालागि ? के यसवाट कालीगण्डकी किनार क्षेत्रमा यसको विकास हुने थियो र रानीघाट दरवार परिसरमा नियमिति राष्टिय एवं अन्तराष्टिय प्रतियोगिताकालागि सम्वद्ध खेल पर्यटकहरु आकर्षित हुने थिए । यसवाट नगरपालिका र गाउपालिका नयाँ खेल र यसवाट थपिने आकर्षणवाट बचित हुन पुगेका छन् ।
उदाहरण नं.तीन
पाल्पाको पर्यटनमा विशेषगरी तानसेनको पर्यटन विकास अवधारणा नीीत र रणनीति कार्यनीति एवं कार्यक्रमको प्रत्यक्ष प्रभाव रहन्छ नै । यो स्विकार गरेपनि नगरेपनि यथार्थ चाही यहीनै हो । तानसेनमा फस्टाउने पर्यटनका आकर्षक विधाहरु इतिहास, संस्कृति , सम्पदा र प्रकृति सम्वद्ध पर्यटनको प्रत्यक्ष प्रभाव समग्र पाल्पामा पर्दछ । यसकारण पनि पाल्पाको पर्यटनको बहस हुदा तानसेनको पर्यटनकावारेमा बढी चर्चा गर्ने गरिएको हुन्छ ।
यही मान्यता र अवधारणा अनुरुप विगतमा तानसेनले पर्यटनकालागि चलाएको चर्चा, गरिएका अध्ययनहरु, निर्माण गरिएका अवधारणा, स्थानीय निती तथा कार्यक्रममा प्राथमिकताको प्रत्यक्ष प्रभाव अपेक्षाकृत हुन नसकेको स्विकार्यतालाइ अव लुकाउनु पर्दैन । किनकी हिजोका पर्यटनका विधा र अहिलेका विधामा धेरै परिष्कृतपना र नयाँ आविश्कार वा पहिचान भएका छन् ।
लुम्विनी प्रदेश सरकारले पनि पाल्पालाइ प्रदेशको एउटा आकर्षक गन्तव्यको सम्भावना देखेर प्राथमिकतामा राखेको छ भने संघिय सरकारद्धारा निकै वर्ष अगाडी देखिनै समयसमयमा चर्चा गर्दै आएको देखिन्छ तर ती दुवै अवसरमा तानसेनले गहिरो बुझाइ , सोही अनुरुपको नीति निर्माण र प्राप्त अवसरको उपयोगमा निरन्तर चुक्दै आएको छ । यो पनि लुकाएर नलुक्ने पक्ष हो ।
उल्ल्ोखित पृष्ठभूमिमा यही पक्तिकारले तानसेन नगरले अव पर्यटन प्रवद्र्धन र विकासकालागि एउटा वेग्लै नीति अवलम्वन गर्ने नयाँ परिचय भएको संस्थाको कल्पना गर्न जरुरी छ भन्ने आशयले पर्यटन वोर्डको गठनकालागि नगरप्रमुख, उपप्रमुख लगायत समक्ष प्रस्ताव गरिएको थियो । यसैवाट तानसेनको नयाँ गन्तव्यहरुको पहिचान, सो अनुरुपको लगानी आकर्षण, सम्वद्ध श्रोतहरुसंगको समन्वय गरी दु्रततर र व्यवस्थित एवं अभियानमुखी पर्यटन प्रवद्र्धनमा जोड दिने गरी नमूना कार्यविधि सहित प्रस्ताव गरिएको् थियो तर यसवारे पनि लामो समय सम्म यसको प्रगति सम्वन्धमा सार्वजनिक जानकारी प्राप्त हुन सकेको देखिदैन । यसवारे नगरप्रमुख सकारात्मक देखिएपनि बहश या प्रकृया अगाडी बढेको देखिदैन आखिर कीन ? के तानसेनको पर्यटनको सम्भावना र गर्नुपर्ने यतिनै हो र ? तानसेनले प्रशस्त अवसरपाएर पनि सदुपयोग गर्न नसकेको । सोच अगाडी बढाउन नसकेको अर्को गतिलो उदाहरण यो पनि हो ।
उल्लेखित यी तीन उदाहरण मात्र काफीछन् तानसेनले गुमाउदै गएका अवसरका वारेमा बुझन ।
यहाँ प्रश्न उठ्छ यस्ता पक्षहरुका वारेमा तानसेन नगर प्रमुखको सोच सकारात्मक देखिन्छ तर सकारात्मक हुदा हुदैपनि किन काम अगाडी बढ्न सक्दैन वा सकेको छैन भन्नेवारे जिज्ञासा भने कायम छ । आशा गर्ने ठाउ छ तर समय घर्किदै गएको हेक्का भने राख्नै पर्दछ ।
यसर्थ यस्ता दर्जनौ प्रस्तावहरु माथी स्थानीय सरकारको सोच र अवधारणा समयमै सार्वजनिक र्गुपर्दछ । । उल्लेखित ३ वटा निराशाजन्य उदाहरणवाट आकलन गर्न सकिन्छ तानसेन र पाल्पाको अर्थतन्त्रमा पर्यटन अर्थतन्त्रको भूमिका प्रष्टिने छ तर नगर प्रमुख यी र यस्ता रचनात्मक प्रस्ताव प्रति उत्साही र सकारात्मक देखिएपनि परिणाम भने आउने गरी काम गर्न अग्रसर हुनु पर्दछ । अन्यथा फेरी जिज्ञासा आउनेछ, यस्ता समग्र स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पर्ने प्रस्तावका सन्दर्भमा कस्ले वा रोकको छ के ले वा रोकिन्छ के कालागि ?