एवत सारु
सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोकिसङ्गकोट पाल्पाले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रम गरी मनाएको छ । विद्यालयले विभिन्न खेलकूद तथा बौद्धिक कार्यक्रम समेत संचालन गरि सोमबार औपचारिक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सानाहुँगी माध्यमिक विद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लागि परेको बताउँदै विद्यालयको भौतिक तथा आर्थिक पक्ष संगै अबको मुद्दा गुणस्तरीय शिक्षा नै हुनुपर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवतकुमार सारुले विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै करिब १ करोड ४ लाख ५१ हजार ५१० रुपिया बराबरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नु भयो ।
गाउँ छोड्दै शहर पस्ने प्रवृत्तिले गर्दा सबै विद्यालयमा विद्यार्थी संख्या घट्दै गरेको प्रसङ्ग उठान गर्र्दै समय सापेक्ष गुणस्तरीय शिक्षाको लागि विद्यालय प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारु, रम्भा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक मुक्तिप्रसाद अधिकारी, सिकाई प्रवर्धन परियोजनाका प्रमुख कृष्ण कुवँर, रम्भा गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत एवम चन्दादात भक्तुजङ्ग राना, रम्भा २ फोक्सिङ्गकोटका कार्यवाहक वडा अध्यक्ष दुर्गाबहादुर थापा, कार्यपालिका सदस्य सरस्वती बिक, समाज सेवी टेकबहादुर राना, भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारु लगायतले विद्यालयको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा थानबहादुर, जमुनी स्मृति अक्षयकोषदाता धनकुमारी सारु, चन्दा दाता खडगबहादुर सारु, मीनबहादुर स्मृति अक्षयकोषदाता हुमीसरा सारुलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिलमाया पाडेले स्वर्गीय पति यामबहादुर पाडेका स्मृतिमा १० हजार रुपियाको अक्षयकोष स्थापना गर्न भएको छ यसै गरि स्थानीय समाजसेवी चन्द्रबहादुर सारुले स्थापना गरेको अक्षयकोषमा ८ हजार रुपिया थप गरि २० हजार पु¥याउनु भएको छ ।
विद्यार्थी पार्वती सिंजाली तथा संगम गाहाको सञ्चालन तथा शिक्षक शोभा सारुको स्वागत मन्तव्यबाट शुरु भएका कार्यक्रममा २०८० सालको शैक्षिक विधामा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक तथा नगद पुरस्कारका साथै अक्षयकोषबाट प्राप्त ब्याज रकम वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थपन समितिका अध्यक्ष भिमबहादुर सारुको .अध्यक्षतामा चलेको थियो ।