• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

होमस्टेले फेरिदैं रानीबासको मुहार

palpasamachar by palpasamachar
April 5, 2025
in शीर्ष समाचार
0
होमस्टेले फेरिदैं रानीबासको मुहार
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
एवत सारू । पाल्पा
रम्भा गाउँपालिकाको वडा नं. २ फोक्सिङकोट रानीबास गाउँ । जहाँ होमस्टे संचालन अघि त्यति चहलपहल थिएन । टाढाको गाउँ धेरैलाई यहाँको बारेमा थाहा समेत थिएन । तर होमस्टे संचालनमा आएपछि रानीबासको मुहार फेरिएको छ ।
यहाँ सामुदायिक होमस्टे संचालनमा आएपछि दैनिक पर्यटकहरू आउने जाने क्रम बढेको छ । प्राकृतिक सौन्दर्य, स्थानीय नाच र लोक संस्कृति, स्थानीय उत्पादनका परिकार सँगै मगर संस्कृतिले होमस्टे संचालनको छोटो समयमा नै रानीबासको परिचय फराकिलो भएको छ ।
रानीबासमा सुरुमा  १६ घरमा होमस्टे संचालन गरिए पनि आगन्तुकहरूको संख्या बढ्दै जाँदा होमस्टे संख्या बढाउनेपर्ने अवस्था आएको रानिबास होमस्टेका सचिब बिरबहादुर गुरुङले बताउनु भयो ।  ठूलो गाउँ भएकोले घरबासमा आबद्ध घरहरू  सजिलै बढाउन सकिने उहाँको भनाई छ ।
गर्मी मौसमको सुरुवातीसँगै पर्यटकहरू शीतल ठाउँको खोजीमा यहाँ आउने गरेका छन् । रानीबास एकातिर पहाडी भुभाग र अर्कोतर्फ डाँडामा भएकोले पनि यहाँ सदाबहार रूपमा शित्तल छ ।  बुटवल, तानसेन, वालिङ, काठमाडौं, रामपुर लगायतका क्षेत्रबाट पर्यटक आउने गरेको रानीबास होमस्टेका अध्यक्ष देउकुमारी सारूले बताउनु भयो । दिनहुँ घासपात र खेती किसानी गर्ने आफुहरूले होमस्टे संचालनमा आएपछि फुर्सदै नपाएको होमस्टे संचालक बबीसरा सारुले बताउनुभयो । बाख्रा माहारा जाने, घाँस काट्ने आफ्नो दैनिकी पाहुनाको व्यवस्थापनमा दिन बितेको सारुले बताउनुभयो ।
बिदाको समयमा यहाँ बढी संख्यामा पर्यटक आउने गरेका छन् । विभिन्न कार्यालयका कर्मचारीहरू समूह बनाएर आउने गरेका छन् । कतिपय सम्पन्न परिवारले आफ्नो छोराछोरीलाई ग्रामीण जीवनको वास्तविक रूप देखाउन पनि आउने गरेका छन् । रम्भा गाउँपालिका २ नम्बर वडाको रानीबास समुन्द्र सतहदेखी करिब १ हजार ३०० मिटर उचाईमा रहेको उत्तर क्षेत्र फर्केको रमाइलो गाउँ हो ।  सिद्धार्थ राजमार्गको राम्दी देखी करिब ११ किलोमिटर मोटरबाटो  हिंडेपछि रानीबास गाउँ पुग्न सकिन्छ ।  यहाँका मानिसले कोदो,मकै, फापर, सिलटुङ, गहु जस्ता परम्परागत बाली लगाउने गर्दछन् । तानसेन बजारदेखी झण्डै ४० किलोमीटर, पोखरा देखि ढछ किलोमीटर र रामपुर देखि ३५ किलोमिटर दुरीमा रहेको रानीबास गाउ रमणीय, पर्यटकीय र सुन्दर छ । यहाँबाट घुमीघुमी कालीगण्डकीको बगेको, राम्दी पुल, सिद्धार्थ राजमार्ग, अन्नपूर्ण हिम श्रींखला, रिमिघा लेकहरु देख्न सकिन्छ ।
१५ जनाभन्दा धेरै जनाको समूह आएमा पन्चेबाजा र झाम्रेबाट स्वागत गरिन्छ । बेलुकी पाहुनाको चाहना अनुसार मारुनी नाच सँगै स्थानीय झाम्रे गीतमा मन खोलेर नाच्न पाइन्छ ।  नाचसँगै गाउको माझमा रहेको चुर्र्की थान र जनजाति संग्राहालय  अवलोकन गर्न सकिन्छ ।
एक जना पर्यटकबाट १ हजार रुपियाको प्याकेज तयार गरिएको छ । यस प्याकेजमा स्वागत सहितको ३ पटकको नास्ता, साझ मासु भात र आनन्दको सुताई रहेको छ । गाउमा होमस्टे संचालन भएपछि बाटोघाटो घर आँगन जतिखेर पनि  चिटिक्क देखिन थालेको छ । गाउलेहरू खुसी देखिन थालेका छन् । गाउलेहरू फुल खेती गर्न थालेका छन् । छोडी सकेको कोदो, मकै र गहुखेती फेरि सुरू गर्ने तर्खरमा छन् ।
समूहमा आउने पाहुनाहरूले सामुहिक भोजन गर्ने रुचि देखाएका छन् ।  कतिपयले राती क्याम्प फायरको माग समेत गरेको पाइन्छ । केही पाहुनाले मादल खैजेडी मागेर अनुशाशित रुपमा आफ्नै समूहमा नाचगान गरेको पाइन्छ । आफू रानिबास होमस्टेमा आएर पुर्ण सन्तुष्ट रहेको पाल्पा रामपुर निवासी ५७ बर्षिय  कमलराज भट्टराईले बताउनु भयो ।  यहाको जनजीवन, कला, संस्कृति र स्वागतले आफू अत्यन्तै खुसी भएको आधारभूत मावी रामपुरका प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभयो ।
यह फागुन २ गतेबाट होमस्टे सुरू भएको हो । पर्यटन विकासको माध्यमबाट यहाका जनताको आर्थिक विकास गर्नुनै गाउपालिकाको लक्ष्य रहेको रम्भा गाउपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
Previous Post

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

Next Post

रामपुर महोत्सवबाट २८ लाख बढी बचत

palpasamachar

palpasamachar

Next Post
रामपुर महोत्सवबाट २८ लाख बढी बचत

रामपुर महोत्सवबाट २८ लाख बढी बचत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version