नेपाल राष्ट्रिय शिक्षक संगठनको नगर अध्यक्षमा देवकोटा

0
99

पाल्पा, नेपाल राष्ट्रिय शिक्षक संगठन तानसेन नगरपालिकाको अध्यक्षमा झविन्द्र देवकोटा निर्वाचित हुनुभएको छ । तेस्रो नगर अधिवेशनबाट देवकोटा अध्यक्ष हुनु भएको हो । जसको उपाध्यक्षमा सन्तोष ढकाल र गुणवती के.सी. सचिवमा भवानी पंगेनी, कोषाध्यक्षमा नैना ज्ञवाली आचार्य, सहसचिव दमकला गैरे, सहकोषाध्यक्ष इन्दु खनाल, सदस्यहरुमा नारायण ढकाल, मोहनलाल पौडेल, केशरी गैरे, विष्णु ज्ञवाली, डिल्लीराज पौडेल, किशोर भट्टराई, रिता न्यौपाने, सविता कुँवर, सरीता ज्ञवाली, बन्दना शर्मा, रिता बस्याल लगायत हुनुहुन्छ ।

संगठनका नगर अध्यक्ष दीर्घनारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्दीय सदस्य रामप्रसाद ढकालले सरकारले तत्काल शिक्षा ऐन जारी गर्नुको कुनै विकल्प नरहेको बताउनु भयो । उहाँले शिक्षा ऐन हिउँदे अधिवेशनबाट जारी नभए शिक्षकहरु आन्दोलनमा जाने बताउनु भयो । ऐन मार्फत शिक्षकका सबैखाले समस्या समाधान हुने गरी संगठनले सरकारलाई दबाब दिइरहेको समेत बताउनु भयो । कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष मोहन सापकोटाले संगठन दरिलो भएमात्रै शिक्षकका हकहितमा लड्न र अधिकार प्राप्त गर्न सजिलो हुने बताउनु भयो । कार्यक्रमको सञ्चालन सचिव गुणवती केसीले गर्नुभएको थियो ।

अधिवेशनको अवसरमा तानसेन नगर स्तरीय निवन्धलेखन र चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । कक्षा ९ देखि १२ तर्फ दमकडा माविकी सविना पाण्डे प्रथम, मोहनकन्या माविकी त्रिवेणी मानन्धर द्घितीय र देववाणी माविकी रोशनी पाण्डेले तृतीय स्थान हासिल गरेकी छन् । कक्षा ६ देखि ८ तर्फको निवन्ध लेखन प्रतियोगितामा दमकडा माविकी निहारिका ज्ञवाली प्रथम, सेन माविका समीर ढकाल द्घितीय र जनता माविकी तुलजा नेपाल र देववाणी माविकी सुप्रिया खनाल तृतीय भएका छन् । कक्षा १ देखि ५ तर्फ भएको चित्रकला प्रतियोगितामा दमकडा माविका विज्ञान अधिकारी प्रथम, सेन माविका अभिषेक पाण्डे द्घितीय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here