• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

palpasamachar by palpasamachar
May 15, 2025
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

एवत सारु । पाल्पा
रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको प्रभावकारीता र चुनौतिबारे संयुक्त रुपमा समीक्षा र विश्लेषण सम्पन्न भएको छ । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको रानीबास सामुदायिक होमस्टेको सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा तीन वटै गाउँपालिकामा क्षयरोगी पत्ता लागेको दर, उपचार र सफलता तथा भावी कार्यक्रम र योजनाबारे व्यापक छलफल चलाइएको छ ।

क्षयरोग सहरी क्षेत्र संगै ग्रामीण क्षेत्रमा व्यापक फैलिएको र यसको रोकथामको लागि स्थानीय सरकारले गरेको पहलकदमीबारे सहभागीहरुले धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँपालिका अध्यक्ष नूनबहादुर थापाले क्षयरोग रोकथाम र न्यूनीकरणको लागि स्थानीय सरकारहरुको साझा प्रयासले धेरै सफलता मिले पनि यो रोग निर्मूल पार्न सबैको सचेतनामूलक प्रयास नै मुख्य मुद्दा रहेको बताउनु भयो । उपलब्ध जनशक्तिको अधिकतम र समर्पित प्रयासले क्षयरोग रोक्न सकिने वहाँले बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि रम्भा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ तथा जिल्ला समन्वय समिति पाल्पाका सदस्य भोवीसरा सारुले क्षय रोग रोकथामको लागि सबै स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका रहेकोले स्वास्थ्यकर्मीहरु ईमान्दारीका साथ रोकथाम कार्यमा संलग्न हुनुपर्ने बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेल, पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन लगायतले क्षय रोग नेपालकै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेकोले यसलाई निर्मूल पार्न स्थापित नीतिको पूर्ण र प्रभावकारी कार्यान्वयन नै उपायको रुपमा रहेको बताउनु भयो ।

समीक्षा कार्यक्रममा रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकाका स्वास्थ्य संस्थाका प्रमुख, क्षयरोग फोकल पर्सन, स्वास्थ्य शाखाका कर्मचारीहरु गरी ३० जनाको सहभागीता रहेको थियो । स्वास्थ्य कार्यलय पाल्पाका विश्वनाथ न्यौपानेले सहजीकरण गर्नु भएको कार्यक्रममा रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले स्वागत गर्नु भएको थियो । कार्यक्रत्रममा पूर्वखोला गाउँपालिका रिङ्गनेरह स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यले क्षयरोग निर्मूल पार्न अपनाईएको रणनीतिलाई कडाका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनु भएको थियो ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको समीक्षा कार्यक्रमको संचालन रम्भा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत महेशप्रसाद आचार्यले गर्नु भएको थियो । रम्भा गाउँपालिकाले रानीबास सामुदायिक होमस्टेको प्रचार र प्रबर्धनको लागि होमस्टेको सभाहलमा समीक्षा बैठकको आयोजना गरेको हो ।

Previous Post

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

Next Post

नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

palpasamachar

palpasamachar

Next Post
नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version