पाल्पा । तानसेन-७ प्रभासका सुजन काेइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे खुलेकाे छ ।३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेकाे रूपन्देही प्रहरीले जनाएकाे छ ।
काेइरालाले सम्पत्तिका कारणले एक दशकअघि आफ्नै दाजुकाे हत्या गरेर जेल चलान भएका थिए । उनी केही वर्षअघि मात्रसंविधान दिवसकाे अवसरमा जेलबाट छुटेका थिए । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनुभएकाे छ । कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवलकै आफ्नै घरमा बोलाएर उनीहरुको हत्या गरेको प्रहरी स्राेतले जनाएकाे छ । मृतक दिपा तानसेन –७ स्थित आधारभूत स्वास्थ्य केन्द्र कुन्सरेमा अनमी पदमा कार्यरत रहेकाे तानसेन नगरपालिकाले जनाएकाे छ । कोइरालासँग सम्बन्ध विच्छेद गरेपछि अर्कैसँग विवाह गर्नुभएकाे थियाे । सुजनले आफ्नी श्रीमती बाहिर गएको मौकामा पूर्वपत्नी दीपालाई बुटवल बोलाएर हत्या गरेकाे बताइएकाे छ । दीपासँगै हत्या गरिएका दुई बालिका पछिल्लो पतितर्फका सन्तान हुन् । घटनाको विषयमा थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । इरानीमहलबाट साभार