पाल्पा । पाल्पा आवासिय माध्यमिक बिद्यालय तानसेनमा शुक्रवार फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाकै संस्थागत बिद्यालयमा पुरानो र स्थापित बिद्यालयको रुपमा रहेको पाल्पा आवासियले अतिरिक्त क्रियाकलाप अन्तरगत फुड फेस्टिवल कार्यक्रम गरेको हो ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न खानाका परिकार सहितका स्टलहरू राखेका थिए । यी स्टलहरुमा पुगेर बिद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरुले फुड फेस्टिवलमा राखिएका बिभिन्न ३६ प्रकारका खानाका परिकारको स्वाद लिएका थिए । कार्यक्रमका बिद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसीले बिद्यालयले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत बिशेष जोड दिएको बताउनुभयो । उहाँले अभिभावकहरुसँग नियमित भेटघाट तथा अन्तरक्रिया गर्दै बिद्यालयको शिक्षण क्रियाकलापलाई समय सापेक्ष बनाउँदै अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा बिद्यालय संचालक समिति सदस्य शंकर प्रसाद शर्माले यसप्रकारका अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुमा रचनात्मक ज्ञान सीपको बिकास हुने बताउनुभयो । अभिभावक एवम् पत्रकार यज्ञमूर्ति तिमिल्सिनाले शिक्षक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापले बिद्यार्थीमा थप नेतृत्व विकास हुने बताउनुभयो । सधै घरमा अभिभावकले बनाएको खाना खाने आफ्ना बालबालिकाले आफैले खानाका परिकार बनाएर बिद्यालयमा स्टल राखी बिक्री गरेको देख्दा अभिभावकहरु समेत खुशी थिए ।
बिद्यालयका शिक्षक क्षितिज नेपालको सञ्चालन र बिद्यालय सञ्चालक समिति अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षतामा औपचारिक कार्यक्रम चलेको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।