रामपुर नगरपालिकालाई २०८३ सालमा बालमैत्री नगरपालिका घाेषणा गर्ने प्रतिबद्धता

0
168

पाल्पा । बालमैत्री स्थानीय शासन पालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार रामपुर नगरपालिकामा सम्पन्न भएकाे छ । रामपुर नगरपालिकालाई बालमैत्री नगरपालिका घाेषणा गर्नका लागि अबलम्बन गर्नु पर्ने सुचकका बिषयमा छलफल सहित कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सहभागीहरुले नगरपालिकालाई आगामी २०८० साल मंसिर ५ गते सम्ममा बालमैत्री नगरपालिका घाेषणा गर्ने प्रतिबद्धता जनाएका छन् । उनिहरुले नगरपालिकालाई बालमैत्री बनाउनका लागि आ-आफ्नो क्षेत्रबाट सहयाेग गर्ने बताएका छन् । नगरपालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रम र याेजना बालबालिकामैत्री बनाउनु पर्नेमा जाेड दिएका छन् । कार्यक्रममा बाेल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दिर्घकालिन विकास र समृद्धिका लागि बालमैत्री नगरकाे आवश्यकता रहेकाे बतनउनुभयाे । उहाँले यसका लागि बालबालिकाकाे क्षेत्रमा लगानी बढाउने बताउनु भएकाे छ। अन्य क्षेत्रमा गरेकाे लगानी र बजेट क्षणिक समयकाे लागि देखावटी हुने भन्दै बालबालिकाकाे क्षेत्रमा गरेकाे लगानीले नगरकाे दीर्घकालीन विकास हुने कुरामा दुई मत नहुने बताउनु भएकाे छ । साथै नगरमा निर्माण हुने हरेक संरचना बालमैत्री र याेजना बालबालिका केन्द्रीत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बालबालिकाकाे चहाना र आवश्यकतालाई मध्य नजर गरेर नगरकाे नीति तथा कार्यक्रम तय गर्ने बताउनु भएकाे छ । नगरलाई बालमैत्री नगरपालिका बनाउनका लागि सबै क्षेत्रबाट एक भएर लाग्नु पर्नेमा जाेड दिनुभयाे । रामपुर नगरपालिकाका नगर सल्लाहकार कृष्णप्रसाद पाैडेलले  सबैकाे समन्वय मार्फत चाँडै बालमैत्री घाेषणा गर्नु पर्ने बताउनुभयो ।यस्तै नेकपा एमाले रामपुरका अध्यक्ष बिष्णु प्रसाद रेग्मीले मानव पुँजीकाे विकासले मात्र समाज रुपान्तरण सम्भव हुने भन्दै बालबालिकामा लगानी बढाउन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले दीर्घकालीन समुन्नतिका लागि बालबालिकामा लगानी बढाई याेजना कार्यान्वयन गर्नु पर्नेमा जाेड दिनुभयो । कार्यक्रममा सहभागी बालबालिकाकाे तर्फबाट सुप्रिया पराजुलीले नगरले तय गर्ने नीति तथा कार्यक्रममा बालबालिकाकाे क्षेत्रलाई मध्यनजर गर्न आग्रह गर्नुभयो ।

२ दिने कार्यक्रममा बालमैत्री स्थानीय शासन घाेषणा गर्नका लागि अबलम्बन गर्नु पर्ने सुचककाे विषयमा छलफल भएकाे थियाे । कार्यक्रमकाे सहजिकरण प्रज्ञा परामर्श सेवा केन्द्रका अध्यक्ष शालिकराम पाण्डे र सचिव शालिकराम पाेखरेलले गर्नु भएकाे थियाे । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्याैपानेकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे संचालन प्रेस सल्लाहकार दानु हिस्की मगरले गर्नु भएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here