• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

प्रेस चौतारी पाल्पाद्धारा ८ जना पत्रकार र संस्थापकहरु सम्मानित

palpasamachar by palpasamachar
June 10, 2023
in शीर्ष समाचार
0
प्रेस चौतारी पाल्पाद्धारा ८ जना पत्रकार र  संस्थापकहरु सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृष्ण पोखरेल । पाल्पा
प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवशको अवशरमा संस्थामा आवद्ध रहेका ८ जना कृयासिल पत्रकारहरु लाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट अन्नपूर्णपोष्टमा कार्यरत कृष्ण पोखरेल, सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, गिता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराकी रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार वौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरकी बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवास पुरस्कृत भएका हुन ।

पुरस्कृत ८ जना पत्रकारहरु लाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेश चौतारी नेपालका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले नगद पाँच पाँच हजार, सम्मानपत्र सहित दोषल्ला ओढाई पुरस्कृत गरे ।

शाखाले प्रेश चौतारी पाल्पा शाखाका संस्थापकहरु लाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सीना, श्रीधर नेपाल, कृष्ण घिमिरे र गिता ज्ञवाली लाई सम्मानपत्र सहित दोषल्ला ओढाएर सम्मान गरेको छ । प्रेश चौतारी नेपाल केशवराज नेपालको नेतृत्वमा २०५७ सालमा पाल्पामा स्थापना भएको थियो ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रेश चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघ भित्र दलका नेता, कर्मचारी, शिक्षक, व्यापारी लगायत सबै क्षेत्रका व्यक्तिहरुले ओघटेका तर पत्रकारीता गर्ने संख्या अल्पमतमा भएकोले पेशा लाई सुद्धिकरणको लागी प्रेश चौतारीले सुर्खेत साधारण सभामा एकसुत्रिय आवाज उठाई कार्यान्वयनको चरणमा गएको बताए । पत्रकार महासंघले बनाएको मापदण्ड भन्दा विपरित जिल्ला बाट सदस्यता सिफारिस भएमा केन्द्रले पुन हटाउने गरी सुद्धिकरणको अभियान लाई कडाइका साथ कार्यान्वयन गरिने अध्यक्ष बस्नेतले बताए । अहिले सामाजिक सञ्जालमा भ्रम, तथ्यहिन समाचारको प्रभाव बढ्दै गएकोले यस्तो गलत अभियान लाई चिर्न सामाजिक सञ्जालकै प्रयोग बाट सफल भईने भएकोले त्यसमा सक्रिय भएर लाग्न पत्रकारहरु लाई अध्यक्ष बस्नेतले जोड दिए ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मूल्य मान्यतामा आधारित रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिए । प्रेश चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले महासंघले जारी गरेका नियम र मापदण्ड भन्दा विपरित कुनै पनि सदस्य लाई महासंघमा राख्ने कोशिष कहि कतै बाट भएमा कडा प्रतिवादमा उत्रिने बताए । प्रेश चौतारी पाल्पाले शाखाले गरेको काम देशभरीका शाखाले सिको गरेकोले पाल्पा देशकै नमुना शाखा भएको बताए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले केन्द्रले पठाएको मापदण्ड अनुसार नै पाल्पामा सदस्यता सुद्धिकरण गरिने बताए ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेश चौतारी लुम्विनी प्रदेश सहइन्चाज कमलराज तिमिल्सीना, नेपाली काग्रेसका कार्यवाहक सभापती झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राप्रपा पाल्पाकी माया बज्राचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी लगायतले पुरस्कृत तथा सम्मनित व्यक्तिहरु प्रति बधाई दिदै पत्रकारीता दलिय आस्था भन्दा माथी उठेर गर्नुपर्नेमा जोड दिएका थिए । राजनितिक दलहरुले सबै क्षेत्रमा हस्तक्षेप गरेको कारण मुलुकमा दलिय भावना बाहिर जान नसकेको बक्ताहरुले जोड दिए ।

कार्यक्रममा प्रेश चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, प्रेश युनियन पाल्पाका सभापती मन गहिरे, पाल्पा अस्पताल विकास समितीका अध्यक्ष गुराश आत्रेय, पाल्पा उधोग वाणिज्य संघका सचिव विदुर घिमिरे, चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेश चौतारी तानसेन नगर कमिटीकी अध्यक्ष गुणवती केसी, पुरस्कृत व्यक्तिहरुको तर्फ बाट बन्दना पोखरेल लगायतले समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम पत्रकारीता भएकोले स्वच्छ, निष्पक्ष भई दलिय आस्थामा नलागी काम गर्न सुझाव दिए । पुरस्कार वितरण तथा संस्थागत सम्मान कार्यक्रम शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य एवं जिल्ला इन्चाज मिलन विकको स्वागत, सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो

Previous Post

रामपुर नगरपालिकालाई २०८३ सालमा बालमैत्री नगरपालिका घाेषणा गर्ने प्रतिबद्धता

Next Post

बगनासकालीमा नीति कार्यक्रम र बजेटबारे राय सुझाव संकलन

palpasamachar

palpasamachar

Next Post
बगनासकालीमा नीति कार्यक्रम र बजेटबारे राय सुझाव संकलन

बगनासकालीमा नीति कार्यक्रम र बजेटबारे राय सुझाव संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version