शिक्षकहरुका लागि एक दिने कार्यशाला सम्पन्न

0
307

गोपाल प्रसाद वश्याल । पाल्पा
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा शिक्षकहरुका लागि एक दिने विद्यार्थी केन्द्रित शिक्षण विधिको कक्षाकोठमा रुपान्तरण विषयक एक दिने कार्यशाला जनता मा. वि. तानसेनमा सम्पन्न भएको छ ।

पाल्पा जिललाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ६० जना शिक्षकहरु सहभागी यस कार्यशालामा क्षत्रीय अंग्रेजी भाषा कार्यालय (रिलो) अमेरिकी दूताबास काठमाडौका प्रमुख रोजर एफ कोहेनले विद्यार्थीहरुको ध्यान केन्द्रित गर्ने तरिका तथा बोलाइ क्षमताको विकास गर्ने क्रियाकलापहरु, रिलो विशेषज्ञ विश्वराज गौतमले बोर्ड खेलहरुको निर्माण, प्रश्न ििनर्माण र खेलको माध्यमबाट अंग्रेजी भाषा शिक्षण सिप विकास र सञ्चार सिप विकास, नेल्टा लुम्बिनी प्रदेश समिति अध्यक्ष गोपालप्रसाद वश्यालले मनोसामाजिक सिकाइ रणनीति, नेल्टा पाल्पाका अध्यक्ष कमल राज वस्यालले पेशागत विकास रणनीतिहरु, नेल्टा पाल्पाका सचिव लोकेन्द्र थापाले अंग्रेजी गल्ती सुधार गर्ने सिप विकास, नेल्टा सदस्यहरु प्रेम कुमारी थापाले अन्तरक्रियात्मक विधिका माध्यमबाट अंग्रेजी ब्याकरण शिक्षण र नेल्टा सदस्य संगिता भट्टराईले पठन सिप विकासमा कार्यशाला प्रस्तुत गर्नुभएको थियो । कार्यशालाका सबै प्रस्तुति अन्तरक्रियात्मक, सहभागितामूलक, र कक्षाकोठामा प्रयोग गर्न सहयोगी भएको सहभागीहरुले बताएका छन् ।

कार्यशालामा रिलो अधिकारीहरुलाई सम्मान गर्नुका साथै एसइइ परीक्षामा निःशुल्क शिक्षण गरेका नेल्टा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत र सचिव लोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियाृ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here