पाल्पा । माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम सुरू भएको छ । भवनको आइतवार गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष बिष्णुमाया लुङ्चे, जग्गादाताले जगपुजा गरी निर्माण प्रक्रिया सुरू गर्नुभयो ।
स्थानीय डा. सुर्यबहादुर जिसी, गोविन्दबहादुर जिसी, श्यामबहादुर जिसीले पालिका भवन बनाउनका लागि जग्गादान गर्नुभएको थियो ।
माथागढी–४, झडेवा फाँटमा साढे ८ रोपनी जग्गामा आधुनिक प्रशासकीय भवन निर्माणको काम सुरू भएको हो ।
पालिकाले प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको ४० र संघीय सरकारको ६० प्रतिशत खर्च हुनेछ । भवन निर्माणका लागि कुल ६ करोड ७६ लाख ८५ हजार रुपैयाँ खर्च लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो । पालिकाको प्रशासकीय भवन बनेपछि सेवाप्रवाहमा थप सहज हुने उहाँले बताउनुभयो ।
हाल तत्कालिन झडेवा गाविसको भवनबाट माथागढी गाउँपालिकाको सेवा प्रवाह भइरहेको छ । भवन निर्माण आगामी २०८२ चैत २२ गतेभित्र सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको छ । तस्बिरः इरानीमहल