• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

माथागढीमा विकास योजनाका काम धमाधम हुँदै

palpasamachar by palpasamachar
May 2, 2025
in शीर्ष समाचार, स्थानीय समाचार
0
माथागढीमा विकास योजनाका काम धमाधम हुँदै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । माथागढी गाउँपालिकाले गाउँपालिकाभित्रका योजनाहरुको कामलाई तीव्रता दिएको छ । पालिकाले योजनाहरुको उचित अनुगमनमा समेत जोड दिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा पुर्वाधार विकास तथा भौतिक निर्माणतर्फका कामहरुलाई निर्माण ब्यवसायी र सम्वन्धित उपभोक्ता समितिले तदारुकताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
बाटो तथा भवन निर्माण कार्यको रेट एनालाइसिस गरिएको, बर्षात्का कारण गाउँपालिका भित्रका सबै वडाहरुमा रहेका बाटोहरू बिग्रन गएकोमा तत्काल डोजर लगाई बाटो सफा गराई यातायात सूचारू गराएको इन्जिनियर धर्मेन्द्र यादवले बताउनुभयो । बताउनुभयो ।
सराई एक्लेवर ओलेश सिलङ्गी मोटरबाटोमा बक्स कल्भर्ट निर्माणको कार्य रानीमहल कन्स्ट्रक्सनसँग सम्झौता गरी अहिलेसम्म ४५ प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । यो योजनाका लागि निर्माण कम्पनीले ६९ लाख १२ हजार ४ सय ४७ रुपैयाँ ८० पैसामा कार्य सम्पन्न गर्ने गरी सम्झौता गरी काम गरिरहेको हो । यसै गाउँपालिकाको वडा नं. १ अन्तरगत जाउपोखरा बुधिकोट बधवारी मोटरबाटोका लागि खनाल इन्फ्रा प्रालिसँग सम्झौता गरी हालसम्म ७० प्रतिशत सम्पन्न भएको छ । यो योजना ६६ लाख ४६ हजार ८ सय ५८ रुपैयाँ ७२ पैसामा काम गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरी काम अगाडि बढाएको थियो ।
वडा नं. ४ को झडेवा देबगीर मोटरबाटो निर्माणको लागि एस ए कन्ट्रक्सनसँग सम्झौता गरी २० प्रतिशत योजना सम्पन्न भएको छ । यो योजनामा निर्माण कम्पनीले ४९ लाख ६१ हजार ८ सय १६ रुपैयाँ ४६ पैसामा काम गर्ने गरी सम्झौता गरी काम धमाधम गरिरहेको छ । गाउँपालिकाको प्रशासकीय भवन तथा सभा हल  निर्माण कार्यको लागि टेन्डर आह्वान भई सबैभन्दा कम कबोल रकममा काम गर्न इच्छुक निर्माण कम्पनी छनौट गरी आइतवार प्रशासनिक भवनको शिलन्यास समेत भइसकेको इन्जिनियर यादवले बताउनुभयो ।
सर्बोत्तम सिमेन्ट पहुच मार्ग मोटरबाटो वडा नं. ७ र ८ निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता भई कार्य प्रक्रिया अगाडि बढेको छ  । झडेवा रहवास मटेरी मोटरबाटो वडा नं. ७ निर्माण कार्य रानीमहल कन्स्ट्रकसन मार्फत ५० प्रतिशत सम्पन्न भइसकेको छ । वडा नं. ६ स्थित जगात पधेराटारी थानसिङ मोटरबाटो   निर्माण कम्पनी लंघाली एसबि बिल्डर्ससँग सम्झौता भई कार्य प्रक्रिया अगाडि बढेको छ ।
त्यस्तै दह–बहादुर–माथिल्लो धाव मोटरबाटो वडा नं. ७ निर्माण कार्यको आयोजना सर्भे, लागत अनुमान तयार, बोलपत्र सम्बन्धि कागजात तयार गरि दोस्रो पटक ठेक्काको लागि सूचना आह्वान गरिएको छ ।
जगात–गाड डाँडा पैदल मार्ग वडा नं. ६ निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता भएको, तल्लो अघनी चिडी प्रगति टोल देखि भित्रि जाने मोटरबाटो वडा नं. ३ निर्माणको लागि पनि निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।
वडा नं. ३ मा लखन थापा पार्क संरक्षण तथा पूर्वाधार निर्माणको लागि पनि निर्माण कम्पनीसँग समझौता भएको, वडा नं. ४ स्थित देवगिर–देबीनगर मोटरबाटो निर्माणको लागि, वडा नं. ६ स्थित घारी–मैदान मोटरबाटो निर्माणका लागि, सपाङ्दी बोक्सादी खोला कल्भर्ट निर्माण कार्यको लागि पनि निर्माण कम्पनीसँग सम्झौता भई कार्य अगाडि बढेको इन्जिनियर यादवले बताउनुभयो ।
माथागढी–४ झडेवामा निर्माणधीन १५ शैया अस्पताल निर्माणको काम ८५ प्रतिशत बढी सम्पन्न भइसकेको छ  । १२ करोड १८ लाख ९९ हजार ५ सय ९१ रुपैयाँ ९८ पैसामा यो अस्पताल निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता भइ काम भइरहेको हो । किसान मा विको १२ कोठे भवन निर्माण कार्यको हाल सम्म ८० प्रतिसत जति भौतिक प्रगति भएको छ ।
दिब्य ज्योति नमुना स्कुल भवनको हाल सम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ । यो बिद्यालय भवन निर्माणका लागि निर्माण कम्पनीले ३ करोड ५३ लाख १० हजार ८ सय १८ रुपैयाँ ६५ पैसामा योजना सम्झौता गरी काम गरिरहेको छ । वडा नं. ६ को झडेवा–जगात–खैरेनी मोटरबाटो मोटरबाटो जगात र रहवास खोला खण्डमा गाउपालिका र पाल्पा सिमेन्ट कम्पनीको ५०÷५० लाखको लागत साझेदारीमा ६५० मि कालोपत्रे गर्नको निर्माण कम्पनी अनुपम निर्माण सेवालाई सम्झौता गर्न आउनको लागि पत्राचार गरिएको छ ।
खानेपानी तथा सिचाई पाईप खरिद, हाते ट्याक्टर खरिद र गाडी खरिदको लागि बोलपत्रको मुल्यांकन कार्य सम्पन्न भई कार्य अगाडि बढेको छ । निर्यात कम्पनीले २८ लाख १० हजार ८ सय ६० रुपैयाँ ३१ पैसामा उक्त सामाग्रीहरू उपलब्ध गराउनेगरी टेन्डर प्रक्रियामा सहभागी भएको थियो ।
सरापकोट खानेपानी योजनाको निर्माण कार्यको लागि आयोजना सर्भे, लागत अनुमान तयार, बोलपत्र सम्बन्धि कागजात तयार गरि ठेक्काको लागि सूचना आह्वान गरिएको छ । खहरे रुप्से खेल मैदानको निर्माण कार्यको लागि आयोजना सर्भे, लागत अनुमान तयार, बोलपत्र सम्बन्धि कागजात तयार गरी ठेक्काको लागि सूचना आह्वान गरिएको इन्जिनियर यादवले बताउनुभयो ।
गाउँपालिकाले उपभोक्ता समिति मार्फत पनि योजनाहरू अगाडि बढाएको छ । उपभोक्ता समिति मार्फतका योजनाहरू समेत धमाधम संचालन भइरहेका छन् । उपभोक्ता समिति मार्फतका १ सय ७७ योजनामध्ये ४० प्रतिशत बढी योजनाहरू सम्पन्न भई अनुगमन पश्चात भुक्तानी समेत भइसकेको छ । जस अन्तरगत वडा नं. १ मा १९, २ मा २१, ३ मा २५, ४ मा २२, ५ मा १४, ६ मा १६, ७ मा ११, ८ मा ११ र खानेपानीका ३८ वटा योजना उपभोक्ता समिति मार्फत संचालन गर्ने योजनाहरू रहेका छन् ।
माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले गाउँपालिकाभित्र संचालित योजनाहरुको अनुगमन कार्यलाई महत्वका साथ हेरिएको र निरन्तरता दिइएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा योजना संचालनका क्रममा देखिएका त्रुटी वा सच्याउन पर्ने विषयहरुलाई समेत तत्कालै सम्वन्धित निर्माण ब्यवसायी, उपभोक्ता समिति र प्राविधिक कर्मचारीहरुको ध्यानाकर्षण गराउने गरिएको बताउनुभयो ।
Previous Post

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

Next Post

तीन दिने प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

palpasamachar

palpasamachar

Next Post
तीन दिने प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

तीन दिने प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

May 9, 2025
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025

Recent News

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

May 9, 2025
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version