• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, June 24, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

जनमत साहित्य मासिकका प्रधान सम्पादक पाल्पामा सम्मानित

palpasamachar by palpasamachar
February 1, 2025
in शीर्ष समाचार
0
जनमत साहित्य मासिकका प्रधान सम्पादक पाल्पामा सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धातानन्द शर्मा गैरे । पाल्पा
पाल्पा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी साहित्यिक मासिक जनमतका प्रधान सम्पादक वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार, समाजसेवी मोहन दुवाललाई दोसल्ला तथा सम्मानपत्रबाट तथा जनमतका सम्पादक उहाँकी धर्मपत्नी भारती श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ ।

कार्यक्रमका अध्यक्ष पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी तथा विशिष्ठ अतिथि वरिष्ठ पत्रकार मेघराज शर्माले उहाँलाई संयुक्तरुपमा सम्मान गर्नुभएको हो ।

कार्यक्रमका अध्यक्ष पुष्कर अथक रेग्मीले मोहन दुवालको परिचय प्रस्तुत गर्दै उहाँको व्यक्तित्त्व, कृतित्त्वका बारेमा जानकारी गराउनुभयो । उहाँका ३३ वटा कृति प्रकाशन भएको, दुई दर्जन बढी कृतिमा सम्पादन, २ सय बढी सम्मान पुरस्कार, उहाँका कृतिमा १३ जनाले शोधपत्र लेखेको र ४० वर्षसम्म अनवरतरुपमा ३२७ वटा जनमत अंक प्रकाशन गरेको विवरण प्रस्तुत गर्नुभयो । उहाँ जस्तो व्यक्तित्त्वलाई पाल्पामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको छ भन्नुभयो ।

सम्मानित व्यक्तित्त्व प्रमुख अतिथि मोहन दुवालले पाल्पामा आफूलाई सम्मान गरेकोमा पाल्पा साहित्य समाजलाई धन्यवाद दिनुभयो । पाल्पामा पहिलो पटक साहित्यिक व्यक्तित्त्व जगतबहादुर जोशीसंग साहित्यिक भेटघाट भएको, कमलराज रेग्मी र कृष्णदेव रेग्मीलाई आफ्नो घरमा स्वागत गरेको प्रसङ्ग सुनाउनु भयो ।

उहाँले पत्रिकाको नाम जनमत राख्नुको कारण बारे सोधिएको जिज्ञासाको जवाफ दिँदै जनताको आवाजलाई सम्मान गर्ने उद्देश्यले पत्रिकाको नाम जनमत राखेको बताउनु भयो । जनमत पत्रिका स्थापना कालको इतिहासको जानकारी गराउँदै आफू पंचायतको कालो सूचीमा परेका कारण आफ्नो नाममा पत्रिका दर्ता असम्भव हुँदा उहाँकी धर्मपत्नी भारती श्रेष्ठको नाममा पत्रिका दर्ता गरेको प्रसङ्ग पनि सुनाउनुभयो ।

कठिनाई सहेर निरन्तर लडिरहे सहयोगीहरु पाइन्छ । जिल्लाजिल्लामा आफ्ना सहयोगी मित्रहरु रहेको र उहाँहरुबाट आफूलाई धेरै सहयोग मिलेको बताउँदै पुष्कर अथक रेग्मीको सहयोगप्रति धन्यवाद दिनुभयो ।

विशिष्ट अतिथि मेघराज शर्माले सम्मानित अतिथिलाई सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना दिनुभयो । चालिस वर्षसम्म अनवरत साहित्य पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएको व्यक्तिलाई राष्ट्रले सम्मान गर्न चुकेको छ भन्नुभयो ।

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिँहले कुनैबेला पाल्पामा प्रकाशन शुरुभएका श्रीनगर, तानसेन डायरी, जमर्को, मायालु जस्ता पाल्पाली साहित्यिक पत्रिकाले निरन्तरता पाउन नसकेको, निजी क्षेत्रबाट प्रकाशित जनमत चालिस वर्षसम्म निरन्तर प्रकाशित हुनु गौरवको कुरा भएको बताउनुभयो ।

पोखराथोक साहित्यसङ्गमका हरि भट्टराईले लोकतन्त्रमा शीर्षकको गद्य कविता वाचन गर्नुभयो । पत्रकार तथा साहित्यकार धातानन्द शर्मा गैरे, तानसेन गुठीका शकुन्तला बज्राचार्य र साहित्यकार सीतार।म घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पाल्पा साहित्य समाजका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत तथा सचिव सविता भट्टराईको सञ्चालनमा चलेको थियो ।

Previous Post

पाल्पाको अदुवा र सिमी युरोप पठाउने तयारी

Next Post

The Last Guardian Playstation 4 Game review

palpasamachar

palpasamachar

Next Post

The Last Guardian Playstation 4 Game review

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीका पत्रकारलाई क्षमता विकास तालिम

बगनासकालीका पत्रकारलाई क्षमता विकास तालिम

June 23, 2025
बाँदरबाट हैरान भएको किसानको गुनासो

बाँदरबाट हैरान भएको किसानको गुनासो

June 22, 2025
होमस्टेले फेरिएको जल्पा ढोलीमाराको पहिचान

होमस्टेले फेरिएको जल्पा ढोलीमाराको पहिचान

June 22, 2025
तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

June 22, 2025

Recent News

बगनासकालीका पत्रकारलाई क्षमता विकास तालिम

बगनासकालीका पत्रकारलाई क्षमता विकास तालिम

June 23, 2025
बाँदरबाट हैरान भएको किसानको गुनासो

बाँदरबाट हैरान भएको किसानको गुनासो

June 22, 2025
होमस्टेले फेरिएको जल्पा ढोलीमाराको पहिचान

होमस्टेले फेरिएको जल्पा ढोलीमाराको पहिचान

June 22, 2025
तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

June 22, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version