पाल्पा । नेपाल कम्युनिष्ट पार्टी एमालेको ७६ औं स्थापना दिवसको अवसरमा बगनासकालीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले बगनासकाली गाउँ कमिटिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटि सदस्य एवम् बगनासकाली इन्चार्ज टिका बहादुर थापाले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र पालिका समेटिने गरी संगठनात्मक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले बगनासकाली भित्रको एमाले संगठनमा रही बिशिष्ष्ट योगदान पु¥याउने नेता कार्यकर्ताहरुको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्यहरु हरिप्रसाद पाठक, ढकेश्वर बस्याल, ओमप्रकाश गैरे, बिमला बस्याल, धर्मागत अधिकारी, मुक्तिराम शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम एमाले बगनासकाली गाउँ कमिटि उपाध्यक्ष गीता रेग्मीको स्वागत, सचिव प्रकाश न्यौपानेको संचालन र गाउँ कमिटि अध्यक्ष डेन्जिङ रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।