कारागारका कैदीबन्दीमा दीर्घरोगको समस्या बढ्दो

0
128

पाल्पा । पाल्पा कारागारमा जम्मा २ सय ६५ बन्दी रहेकोमा ७२ जना कैदीबन्दी दीर्घरोगी रहेका छन् ।

जसमध्ये महिलातर्फ प्रेसरका बिरामी ५ जना, सुगर १ जना, थाइराइड २ जना र मानसिक बिरामी १ जना गरी ९ जना दीर्घरोगी रहेको पाल्पा कारागारका सि.अहेव गणेशप्रसाद गैरेले बताउनुभयो ।

त्यस्तै पुरुषतर्फ ४५ जना, सुगरका बिरामी ७ जना, मानसिक बिरामी ७ जना, दमका बिरामी २ जना र हेपाटाइटिस सि का ३ जना गरी पुरुषतर्फ ६३ जना दीर्घरोगी रहेको गैरेले बताउनुभयो । दीर्घ रोगी तथा मानसिक रोगीहरुलाई चौकीदार, नाईके तथा सह नाईकेको टोली बनाई विशेष स्याहर गर्ने गरिएको गैरेले बताउनुभयो ।

कारागारमा एक जना सिअहेवको दरबन्दीको रहेको छ । हप्ताको २ पटक स्वास्थ्यकर्मीद्वारा जाच गरी आवश्यक अवस्थामा अस्पताल लैजाने गरिएको, थप पोषण आवश्यक पर्नेलाई थप पोषणको व्यवस्था गरिएको, उपचारका लागि पाल्पा अस्पताल, युनाईटेड मिसन अस्पताल तथा लुम्विनी मेडिकल कलेजमा लैजाने गरिएको, औषधोपचार खर्चका साथै नियमित औषधी सेवन गर्नेहरुलाई कारागार प्रशासनले औषधी उपलब्ध गराउने गरेको, जटिल विरामीहरुलाई आवश्यकता अनुसार काठमाण्डौ सिफारिस गर्ने गरिएको सिअहेब गैरेले बताउनुभयो ।

कारागारका जेलर भगवानभक्त अर्यालले समय समयमा बिभिन्न संघ संस्थाहरुको समन्वय र सहयोगमा कारागारमा स्वास्थ्य शिविर समेत संचालन गर्ने गरिएको बताउनुभयो । बन्दीहरुसित बन्दीका आफन्तले हप्तामा २ दिन आइतबार र बुधवार भेट्न पाउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै हप्तामा ४ दिन सोमवार, मंगलवार, बुधवार र बिहीवार टेलिफोन गर्न पाउने गरि ब्यवस्था मिलाइएको उहाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here