• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै,

palpasamachar by palpasamachar
April 9, 2025
in शीर्ष समाचार
0
नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै,
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । नेपाली सेनाले तेस्रो ऐतिहासिक ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । नेपाली सेना, स्थानीय तह र नागरिकको समन्वयमा यही चैत्र २८ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको दि फेमस महेन्द्र दल गणले जनाएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै पाल्पाको रामपुर यही वैशाख २ गते आइ पुग्ने र पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुने गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो । श्री २२ नंम्बर बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले लुम्बिनी प्रदेशका पाल्पा र रुपन्देही जिल्लामा तैनाथ नेपाली सेनाका युनिटहरुले तेस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्रा तथा रुपन्देहीको बुटवल स्थित जितगढीमा हुने बिजय उत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारका साथै सरोकारवाला निकायहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

बाहिनीपति सहायक रथी खड्काले यस अघि दुई पटक भइसेको पदयात्राले सैनिक नागरिक सम्बन्धलाई सुमधुर र बलियो बनाउन सहयोग पुगेको देखिएकोले यस पटक पनि हुने पदायात्राले नयाँ पुस्तालाई नेपाली सेनाको ऐतिहासिकता र सेनासँग जोडिएका महत्वपुर्ण सम्पदाको बारे थाहा पाउन सहयोग पुग्ने बताउनुभयो । यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन्। । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जित बहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गते लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ ।

नेपाल अङ्ग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन नेपाल सेना र बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको छ । पदयात्रमा नेपाली सेन, स्थानि, सम्बन्धीत पालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा पञ्चेबाजा, नेपाली सेनाको ब्यान्डमा नाच्दै गाउँदै भव्य रुपमा उत्सव गरि मनाउँदै आईएको छ । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन । नेपाली सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले सहयोग पुग्ने भएकोले पायक पर्ने ठाउँहरुमा सेनासँगै पदयात्रा कार्यक्रममा सहभागी हुन,स्थानिय नागरिक, समुदाय, टोलक विकास संस्था, विद्यालय अन्य संघसंस्थालाई आग्रह समेत गरेको छ ।

तत्काली समयमा राज्य एकिकरणको क्रमम प्रयोग भएका सम्पादहरु गण, किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा सरोकारवालले गरेका छन । आजको अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, जिल्ला स्थित नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि एवं प्रतिनिधि, जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Previous Post

नेकपा एमाले पाल्पाको प्रचार बिभाग बैठक सम्पन्न

Next Post

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

palpasamachar

palpasamachar

Next Post
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version