बराङ्दीमा महायज्ञको तयारी तीव्र

0
10

पाल्पा । बगनासकाली गाउँपालिका–८ को सिद्धबाबा मन्दिरमा यही माघ १ गतेदेखि सञ्चालन हुने श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारीलाई तीव्रता दिइएको छ ।

महायज्ञका लागि मन्दिर परिसरलाई सजावट तथा रङरोगन गर्ने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको मूल आयोजक समितिका संयोजक गणेशुप्रसाद बस्यालले बताउनुभयो ।

सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको महायज्ञको उद्देश्य धार्मिक तथा सांस्कृतिक चेतना जगाउनुका साथै सामुदायिक विकासमा योगदान पुरयाउनु रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालले बताउनुभयो । महायज्ञ आयोजक समितिका सचिव सुशील बस्यालले महायज्ञको अवधिमा धार्मिक कथा वाचन, प्रवचन, भजन, कीर्तन, सांस्कृतिक कार्यक्रमहरूका साथै सामूहिक हवन जस्ता गतिविधिहरू हुने बताउनुभयो ।

९ दिनसम्म चल्ने महायज्ञमा कथा वाचिका विदूषी गरिमा उपाध्यायले कथाप्रवचन गर्ने बताइएको छ । महायज्ञका लागि मन्दिरलाई पवित्र र व्यवस्थित बनाउन जनश्रमदानबाट काम भइरहेको छ । धार्मिक महोत्सवमा भक्तजनको ठूलो सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here